नागरिकता विधेयक पास गरेर माओवादी केन्द्रले प्रतिबद्धता पूरा गर्याे: अध्यक्ष प्रचण्ड
काठमाडाैं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नागरिकता विधेयक पास गरेर आफ्नो प्रतिबद्धता पूरा गरेको बताएका छन् ।
पार्टीले सर्लाहीमा शनिवार आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न बागमती आइपुगेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
माओवादी केन्द्रले मधेश प्रदेशमै आएर गरेको नागरिकतासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता पूरा गरेको उनकाे भनाइ थियो ।
‘हामीले अबको सदनमा नागरिकतासम्बन्धी विधेयक पास हुन्छ भनेका थियौँ ।’ उनले भने, ‘हिजोबाट मधेश र पहाडका गरी सात लाखको हाराहारीमा नागरिकताबाट पीडित युवाको समस्या समाधान गर्ने निर्णय गरिसकेका छौं । नागरिकता नपाएर पीडित बनेका युवा र सम्पूर्णमा बधाई भन्न चाहान्छु ।’ उनले भने, ‘यसबाट फेरी एक पटक आमजनताको पार्टी भनेको माओवादी केन्द्र हो भन्ने पुष्टि भएको छ ।’ नागरिकताकै कारण अब कोही नेपाली अनागरlक बन्नु पर्ने दिन नआउने उनले बताए ।
Comments
अरु समाचार
-
मङ्सिर २४ देखि २७ सम्म ‘मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै
काठमाडौं । नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘लाइनअप’ सार्वजनिक गरिएको छ । बाह्रौँ संस्करणको महोत्सव यही मङ्सिर २४ देखि २७...
-
नेपालमा पहिलो पटक ‘आर्टिफिसियल इन्टेलिजेन्स’ सम्मेलन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवासङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन सुरु भएको छ ।...
-
देशभर मौसम बदली, ५६ जिल्ला उच्च जोखिममा
काठमाडौँ । नेपालमा आज (बिहीबार) देखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग,...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
दुर्लभ कीर्तिमानी कायम गदै पूर्जा, ८ हजार मिटरभन्दा अग्ला १३ हिमाल बिना अक्सिजन आरोहण
काठमाडौं । पर्वतारोहणको क्षेत्रमा एकपछि अर्को दुर्लभ कीर्तिमानी कायम गदै आएका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)ले ८ हजार मिटरभन्दा अग्ला संसारका...
-
एमडीएमएस घोटालाका डिजाइनर मल्ल र सेल्सबेरीका प्रधानाङ्गद्वारा अनुसन्धान गर्ने निकायमाथि ‘मिडिया ट्रायल’
(सजिव कालाखेती) काठमाडौं । दूरसञ्चार क्षेत्रको भीओआईपीदेखि एमडीएमएस घोटालासम्म जोडिएका चर्चित र विवादित पात्र हुन् मनिन्द्र मल्ल। कल बाइपास 'भीओआईपी'...
-
सेलवेज क्यास एण्ड क्यारीले करोडौं रुपैयाँ राजस्व छली गरेको खुलासा
काठमाडौं । 'गुणस्तरीय सामान, उचित मूल्य तथा उत्कृष्ट ग्राहक सेवा' लाई आफ्नो मूलमन्त्र बनाएको दाबी गर्दै विगत तीस बर्षदेखि चेन...
-
आफ्नो गल्ती सच्याइदिन तर मनोबल नघटाउन चन्द्रकला सखीको आग्रह
काठमाडौं । पशुपतिमा आयोजित कोटिहोममा श्रीरामकथा वाचन गरिरहेकी चन्द्रकला सखी सामाजिक सञ्जालमा भइरहेको ट्रोललाई लिएर चिन्तित देखिएकी छन् । शुक्रबार ...
-
प्रधानको नाम संसदीय समितिद्वारा अस्वीकृत
काठमाडाैं । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने निर्णय गरेको छ । निर्वाचन आयुक्तमा सिफारिस भएका...