यी हुन् गतवर्ष सबैभन्दा बढीलाई वैदेशिक रोजगारीमा पठाउने २० म्यानपावर कम्पनी, कसले कति पठाए ?
काठमाडाैं । गत आर्थिक वर्ष २०७८/७९ मा ८११ वटा म्यानपावर कम्पनीले नेपालीहरुलाई वैदेशिक रोजगारीमा पठाएको पाइएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार उनीहरुले ५ लाखभन्दा बढीलाई नेपालबाट विभिन्न देशमा रोजगारीको लागि पठाएका छन् ।
विभागले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष नेपालबाट वैदेशिक रोजगारीको सिलसिलामा सबैभन्दा बढी कामदार पाराडाइज इन्टरनेसनल प्रा.लि.ले पठाएको छ । पाराडाइजले एक वर्षको अवधिमा ६ हजार ५५ जनालाई नेपालबाट वैदेशिक रोजगारीमा पठाएको छ ।
पाराडाइजलेपछि सबैभन्दा बढीलाई वैदेशिक रोजगारीमा पठाउनेमा एसओएस म्यानपावर सर्भिस प्रा.लि. रहेको छ । एसओएसले गत वर्ष ५ हजार ७२४ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ ।
वैदेशिक रोजगारीमा सबैभन्दा बढी पठाउने सूचीको तेस्रो र चौथौं नम्बरमा अक्सफोर्ड इन्टरनेसनल प्रा.लि. र लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस प्रा.लि. रहेका छन् । विभागका अनुसार अक्सफोर्डले ४ हजार १८८ र लिंक इन्टरनेसनलले ३ हजार ६७२ जनालाई विभिन्न देशमा पठाएका छन् ।
यस्तै, डिवान कन्सल्ट्यान्ट्स प्रा.लि.ले २ हजार २७१, फजल इन्टरनेसनल प्रा.लि.ले २ हजार ७६३, साउण्डलाइन्स रिक्रुटमेन्ट प्रा.लि.ले २ हजार ७४२, मोभिरा रिक्रुटमेन्ट कन्सल्टेन्सी सर्भिस प्रा.लि.ले २ हजार ५९० र लक्की एच.आर.सोलुसन प्रा.लि.ले २ हजार ४५९ जनालाई गतवर्ष वैदेशिक रोजगारीमा पठाएको छ ।
विभागको तथ्याङ्कअनुसार गतवर्ष इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.ले २ हजार ३३३, भिजन एण्ड एम्प, भ्यालु ओभरसिज प्रा.लि.ले २ हजार ३०१, एडभान्स्ड म्यानेजमेन्ट कन्सल्टेन्ट्स प्रा.लि.ले २ हजार २३१, मोन्टाज ओभरसिज प्रा.लि.ले २ हजार २१७ र ट्यालेन्ट ओभरसिज् सर्भिसेज प्रा.लि.ले २ हजार १४७ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ ।
अल शाहिद ओभरसिज प्रा.लि.ले १ हजार ९८२, सान नेपाल प्रा.लि.ले १ हजार ९४१, निल कमल ह्युमन रिर्सोस प्रा.लि.ले १ हजार ७९२, सर्पोट ह्युमन रिर्सोसेज प्रा.लि.ले १ हजार ७२९, अल कौसार ह्युमन रिसोर्स प्रा.लि.ले १ हजार ६०५ र ए.एस. इन्टरनेसनल ग्रुप प्रा.लि.ले १ हजार ५९१ जनालाई वैदेशिक रोजगारीमा पठाएको विभागले जनाएको छ ।
विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीमा जान कूल ५ लाख ६७ हजार ८३९ जनाले श्रम स्वीकृति लिएका थिए ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












