वीर अस्पतालले स्वास्थ्योपचारका क्षेत्रमा पुर्याएको योगदान अतुलनीय छः प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वीर अस्पतालले स्थापनाकालदेखि हालसम्म मुलुकमा स्वास्थ्योपचारको क्षेत्रमा पुर्याएको योगदान अतुलनीय रहेको बताएका छन् ।
वीर अस्पतालको १३३औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उनले आम सर्वसाधारणलाई गुणस्तरीय आधुनिक स्वास्थ्योपचार सेवा प्रदान गरी यस अस्पतालले आम जनताको विश्वास जित्न सकेको उल्लेख गरे ।
प्रधानमन्त्री देउवाले चिकित्सा उपचारको क्षेत्रमा आम सर्वसाधारणको भरोसाको केन्द्रविन्दुको रूपमा रहेको यस अस्पतालको स्तरोन्नतिका लागि सरकार प्रतिबद्ध रहेको बताए ।
उनले भने, “दक्ष, अनुभवी र कर्तव्यनिष्ठ स्वास्थ्यकर्मी, चिकित्सक तथा अन्य सक्षम जनशक्तिका कारण मुलुककै केन्द्रीय रिफरल अस्पतालको रूपमा रहेको यस अस्पताललाई आगामी दिनमा थप गुणस्तरीय उपचारात्मक सेवा प्रवाहका लागि शुभकामना व्यक्त गर्दछु ।”
विसं २०७२ को गोरखा भूकम्पमा होस् वा कोभिड–१९ जस्तो महामारीको कठिन परिस्थितिमा यस अस्पतालका स्वास्थ्यकर्मी, चिकित्सकलगायत अन्य जनशक्तिले बिरामीको स्वास्थ्योपचारका लागि गर्नुभएको अमूल्य सेवा र सहयोगका लागि उहाँले धन्यवाद व्यक्त गरे ।
प्रधानमन्त्री देउवाले अस्पतालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नै एउटा छुट्टै पहिचान बनाइ बिरामीको सुविधाका लागि ९६० शय्यासम्मको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्ने वातावरण सिर्जना गर्न सकेकोमा बधाई दिए ।
“भक्तपुरको दुवाकोटमा बनाउने भनिएको अस्पतालको निर्माण हालसम्म सुरु हुन नसकेको कुरामा मेरो ध्यानाकर्षण भएको छ । यसलाई प्राथमिकता साथ अघि बढाउन म सम्बन्धित मन्त्रालयलाई निर्देशन दिन चाहन्छु” उनले भने । आम सर्वसाधारणले प्रयोग गर्ने यस अस्पतालमा (आइसियू) सघन उपचार कक्ष र भेन्टिलेटर लगायतका चिकित्सा उपकरण आवश्यक सङ्ख्यामा व्यवस्था गर्न पर्याप्त बजेट छुट्याउन उहाँले सम्बन्धित निकायलाई निर्देशन दिए । साथै उनले अस्पतालमा पर्याप्त जनशक्तिको व्यवस्था गर्न र कार्यरत जनशक्तिको मनोबल उच्च राख्न सहयोग पुर्याएको कार्यक्रम कार्यान्वयनमा ल्याउन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीलाई आग्रह गरे ।
प्रधानमन्त्री देउवाले स्वास्थ्य क्षेत्रको विकासका लागि सरकारले प्राथमिकताका साथ बजेट छुट्याई यस क्षेत्रमा भौतिक संरचनाको निर्माण तथा मानवीय जनशक्तिको विकास लगायतका कार्यका लागि विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी गराए ।
जनतालाई गुणस्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउँदै दिगो विकास अन्तर्गतको स्वास्थ्यसम्बन्धी लक्ष्य हासिल गर्न तथा आम सर्वसाधारणलाई सहज तवरमा स्वास्थ्योपचार सेवा पुर्याउन सरकार प्रयत्नशील रहेको उनको भनाइ थियो । स्वास्थ्य सेवालाई सम्भव भएसम्म सस्तो र सर्वसुलभ बनाइ सबैको पहुँचमा पुर्याउन सबैले मिलेर कार्य गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले वीर अस्पतालले गरिब, निमुखा र विपन्न वर्गका बिरामीलाई सहुलियतपूर्ण ढङ्गले स्वास्थ्यसेवा उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गरे ।
वीर अस्पतालले समयानुकूल विभिन्न सेवा र प्रविधि थप गरी आफ्नो सेवालाई नागरिकको आवश्यकता अनुसार विस्तार गर्दै लगेकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्री देउवाले केही समययता मत्थर भएको कोभिड–१९ महामारी पुनः विस्तारै फैलिँदै जाने खतरा देखिएको बताए ।
उनले भने,“ कोभिड–१९ महामारीलाई पूर्ण रूपमा नियन्त्रण गर्दै भविष्यमा आउनसक्ने अन्य विविध किसिमका महामारीसँग समेत जुध्ने सामथ्र्य विकास गर्नुपर्छ । क्यान्सर जस्तो घातक रोगका बिरामीलाइसमेत सहज उपचार पाउने गरी आवश्यक व्यवस्था मिलाउन अस्पताल व्यवस्थापनले ध्यान दिने मैले विश्वास लिएको छु । ”
प्रधानमन्त्री देउवाले भविष्यमा विश्वको प्रमुख स्वास्थ्य समस्या भनेको सर्नेभन्दा पनि नसर्ने रोग हुन्छन् भनेर विश्व स्वास्थ्य सङ्गठनले पूर्वानुमान गरेको सन्दर्भमा हामीले पनि नसर्ने रोगका बिरामीको स्वास्थ्योपचारका लागि क्षमता विकास गर्दै जानुपर्ने आवश्यकता औल्याए । यस सन्दर्भमा स्वास्थ्य क्षेत्रमा विभिन्न उपयोगी कार्यक्रमलाई प्रभावकारी रूपमा लागू गरेर देशमा स्वस्थ नागरिकको सङ्ख्या वृद्धि गर्न र उपचार खर्च घटाउन ध्यान दिन जरुरी रहेको उनको भनाइ थियो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












