मंसिर ४ मा एकैचरण निर्वाचन गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले मंसिर ४ गते देशैभर एकैचरणमा निर्वाचन गर्ने गरी आम निर्वाचनको मिति घोषणा गरेको छ । प्रतिनिधीसभा र प्रदेशसभाको एकैचरणमा चुनाव गर्ने गरी सरकारले आज बसेको मन्त्रिपरिषद्को बैठकबाट निर्वाचन मिति घोषणा गरेको हो
निर्वाचन मिति घोषणा अगाडी सत्तासिन दलहरुको गठबन्धनको बैठक बसेको थियो । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंसिर ४ मा निर्वाचन घोषणा गर्ने विषयमा गठबन्धन दलहरुका वीचमा सहमति जुटाएको थियो । सोही सहमतिका आधारमा सरकारले विहिबार (आज) आम चुनावको मिति घोषणा गरेको हो ।
निर्वाचन आयोगले गत असारमै सरकारलाई मंसिर २ गते निर्वाचन गर्ने गरी मिति प्रस्ताव गरेको थियो । निर्वाचन तयारीका लागि आफुहरुलाई कम्तीमा १२० दिन आवश्यक पर्ने भन्दै आयोगले गत असार २२ मै प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटेर मंसिर २ को चुनावको मिति प्रस्ताव गरेको थियो । तर सरकारले आयोगलाई तयारीका लागि १०९ दिन दिँदै मंसिर ४ गतेका लागि आम चुनावको मिति घोषणा गरेको हो ।
‘अब चुनाव कहिले हुने भन्ने अन्योल हटेको छ । मंसिर ४ को मिति घोषणा भएको छ’ सरकारका एक मन्त्रीले भने,-‘अब दलहरुलाई चुनाव औपचारिक रुपमा नै लागेको छ ।’
निर्वाचन मिति घोषणासँगै सरकारले संसद भने विघटन गरेको छैन । संसद विघटन गर्ने प्रावधान संविधानमा नरहेको कारण चुनावको मिति घोषणा गर्दा पनि सरकारले संसद भने चुनावसम्मै राख्ने गरी संसद विघटनको घोषणा नगरेको हो । अब चुनावका उम्मेदवारहरुको उम्मेदवार मनोनयनका दिनसम्मै अहिलेको संसद भने कायमै रहने गरी चुनावको मिति घोषणा सरकारले गरेको छ ।
तर संसदको कार्यकाल चुनावसम्मै राख्ने र चुनावको मिति घोषणा गर्ने विषयमा सत्तारुढ दलले विपक्षी दलका नेताहरुसँग भने परामर्श गरेका थिएनन । एमालेले मंसिरमा चुनाव जसरी पनि गर्नुपर्ने र सरकार उक्त मितिमा चुनाव नगराउने षडायन्त्रका साथ अगाडी वढिरहेको आरोप लगाँउदैं आएको थियो । सोहीकारण पनि सरकारले प्रतिपक्षी दलसँग चुनावको मितिका बारेमा औपचारिक छलफल आवश्यक नठानेको सरकारका मन्त्रीहरुको भनाई छ ।
Comments
अरु समाचार
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...












