यु १५ महिला साफका लागि एन्फाले खुला छनोट गर्ने
काठमाडौं । यु–१५ साफ महिला साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिम बनाउन खुल्ला खेलाडी छनोट गर्ने भएको छ ।
एन्फाले सोमबार आफूअन्तर्गत गठित ४८ जिल्ला फुटबल संघलाई छनोटका लागि १५ वर्षमुनिका खेलाडीलाई पोजिसन अनुसार छनोट गर्न आग्रह गरेको हो ।
एन्फाले सन् २००७ जनवरी एकसम्म जन्ममिति भएका खेलाडीहरुले छनोटमा सहभागी हुन पाउने उल्लेख गरेको छ ।
एन्फाले भदौ दुई गतेदेखि १० गतेसम्म जिल्लास्तरीय छनोटमार्फत सम्बन्धित जिल्लाका प्रशिक्षकहरुले सोही दिनको साँझ एन्फामा छनोट भएका खेलाडीहरुको नामावली र फारम पठाउनु पर्ने जनाएको छ ।
यस्तै, भदौ १५ गतेदेखि १९ गतेसम्म पाँच दिनको प्रदेशस्तरीय छनोट हुने र २३ गतेदेखि २८ गतेसम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा राष्ट्रियस्तरको छनोट हुने जनाएको छ ।
यसपछि भदौ ३० गते प्रारम्भिक चरणमा ४० जना खेलाडीको नामावली प्रकाशन गर्ने र ३१ गतेदेखि प्रशिक्षण हुने तालिका छ ।
असोज सात गते ४० जनाबाट २५ जना खेलाडी छनोट गर्ने, १६ गतेदेखि २२ गतेसम्म दसैं विदा र २३ गतेदेखि २० दिनको प्रशिक्षण सुरु गर्ने एन्फाले तालिका सार्वजनिक गरेको छ ।
यद्यपि, मुख्य प्रशिक्षकको विषयमा भने एन्फाले कुनै निर्णय गरेको छैन ।
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











