सिट बाँडफाँटको झमेलाले सुर्खेत आएनन् प्रचण्ड
सुर्खेत । पूर्व निर्धारित कार्यक्रम अनुसार कर्णाली प्रदेशको बैठकमा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत आउने कार्यक्रम स्थगित भएको छ ।
सिट बाँडफाँटमा कार्यदलले निष्कर्ष निकाल्न नसकेपछि बिहीबार प्रचण्डलाई नै सहभागी गराएर सहमतिको प्रयास गर्ने कांग्रेसको अडानका कारण प्रचण्ड सुर्खेत आउने कार्यक्रम स्थगित भएको हो । शुक्रबार एक घण्टाको समय भए पनि समय मिलाएर सुर्खेत आउने विषयमा कुरा भएका नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।
कर्णाली प्रदेशको बैठक भने निरन्तर हुने मल्लले जानकारी दिए । १० जिल्लाका जनप्रतिनिधि, केन्द्रीय सदस्य , जनवर्गीय संगठनका केन्द्रीय सदस्य, प्रदेश सदस्य लगायतलाई सुर्खेतमा बिहीबार हुने बैठकमा सहभागी हुन सकुलर गरिएको थियो । उक्त कार्यक्रममा उपहासचिव शक्तिबहादुर बस्नेत , जनार्दन शर्मा भने सहभागी हुनेछन् ।
बिहीबारको बैठकमा कर्णालीमा माओवादीले चुनावमा गरेको भित्री आंकलनदेखि १० जिल्लाको रिर्पोटिङ गर्ने कार्यक्रम रहेको छ । चुनावको मुखैमा मन्त्री फेरबदलले माओवादी वृत्तमा ठूलो हचचल ल्याएको छ । श्रीमतीलाई मन्त्री बनाउने चर्चादेखि टिकट वितरणमा आफन्तवाद लागू हुन सक्नेसम्मको चर्चा बढिरहेको छ ।
बुधबार मात्र नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल सुर्खेत आएर पार्टीको प्रशिक्षणमा भाग लिएका थिए । चुनाव नजिकिँदै गर्दा कर्णाालीमा राजनीतिक सरगर्मी बढिरहेको छ ।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











