नेकपा एकीकृत समाजवादी सर्लाहीका केन्द्रीय परिषद् सदस्यसहित २५ जना एमालेमै फर्किए
सर्लाही । नेकपा एकीकृत समाजवादी सर्लाहीका उपाध्यक्षसहित २५ जना जिल्ला कमिटी सदस्य नेकपा एमालेमा फर्किएका छन् ।
शुक्रबार केन्द्रीय परिषद् सदस्यसहित २५ जना जिल्ला कार्य समिति र अन्य जनवर्गीय संगठनका पदाधिकारी नेकपा एमालेमा फर्किएको एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष देवेन्द्र रायले बताए । नेकपा एमालेको पार्टी कार्यालय मलंगवामा आयोजित कार्यक्रममार्फत केन्द्रीय परिषद् सदस्य रूपनारायण सिंङसहित पाँच सयको हाराहारीमा नेता कार्यकर्ता पुरानै पार्टीमा फर्किएका विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा बोल्दै जिल्ला कमिटी उपाध्यक्ष देवेन्द्र रायले आफूहरू पुरानै पार्टी एमालेमा फर्किएको घोषणा गरे । सचिव गोविन्द अधिकारी, उपसचिव लिला देवी कोइराला, प्रचार विभाग प्रमुख तथा हरिवन नगर कमिटी अध्यक्ष चूडामणि वाग्ले, ईश्वरपुर नगर कमिटी मेनकुमार गौतम, हरिपुर नगर कमिटी अध्यक्ष चूडामणि धामीलगायत एमालेमा फर्किएका उनको दाबी थियो ।
जिल्ला सचिवालयसहित जनवर्गीय संगठनका पदाधिकारी गरी पाँच सय बढी नेता कार्यकर्ता एमालेमा समाहित भएका नेकपा एमाले जिल्ला समितिले जनाएको छ । उनीहरूलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कमला देवी महतो, केन्द्रीय सदस्य तथा सहइन्चार्ज बद्री न्यौपाने, संविधान सभा सदस्य हरि उप्रेती, प्रदेश कमिटी सदस्य रेवती पन्तलगायतले स्वागत गरे ।
केन्द्रमा पार्टीले आगामी मंसिर हुनलागेको प्रदेश र प्रतिनिधि चुनावमा पार्टीले माहोवादीको चुनाव चिन्हमा चुनाव लड्ने, घोषणा पत्र एउटै बनाउने, पार्टी माओवादी केन्द्रमा विलय गराउने जस्ता निर्णयको तिन बुँदे सम्झौता गरेकोले आफूहरू पुरानै पार्टीमा फर्किएको उनीहरूको भनाई थियो । पार्टीका नेता माधव कुमार नेपाल लगायतले पार्टी फुटको औचित्य प्रस्ट पार्न नसकेको उनीहरूको आरोप छ ।
फुटको राजनीतिले जनतामा पार्टी प्रतिको वितृष्णा पैदा भएको आफूहरू बिनासर्त मूलघरमा फर्किएको समाजवादीका नेता वाग्लेले दाबी गरे ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












