नेकपा एकीकृत समाजवादी सर्लाहीका केन्द्रीय परिषद् सदस्यसहित २५ जना एमालेमै फर्किए
सर्लाही । नेकपा एकीकृत समाजवादी सर्लाहीका उपाध्यक्षसहित २५ जना जिल्ला कमिटी सदस्य नेकपा एमालेमा फर्किएका छन् ।
शुक्रबार केन्द्रीय परिषद् सदस्यसहित २५ जना जिल्ला कार्य समिति र अन्य जनवर्गीय संगठनका पदाधिकारी नेकपा एमालेमा फर्किएको एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष देवेन्द्र रायले बताए । नेकपा एमालेको पार्टी कार्यालय मलंगवामा आयोजित कार्यक्रममार्फत केन्द्रीय परिषद् सदस्य रूपनारायण सिंङसहित पाँच सयको हाराहारीमा नेता कार्यकर्ता पुरानै पार्टीमा फर्किएका विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा बोल्दै जिल्ला कमिटी उपाध्यक्ष देवेन्द्र रायले आफूहरू पुरानै पार्टी एमालेमा फर्किएको घोषणा गरे । सचिव गोविन्द अधिकारी, उपसचिव लिला देवी कोइराला, प्रचार विभाग प्रमुख तथा हरिवन नगर कमिटी अध्यक्ष चूडामणि वाग्ले, ईश्वरपुर नगर कमिटी मेनकुमार गौतम, हरिपुर नगर कमिटी अध्यक्ष चूडामणि धामीलगायत एमालेमा फर्किएका उनको दाबी थियो ।
जिल्ला सचिवालयसहित जनवर्गीय संगठनका पदाधिकारी गरी पाँच सय बढी नेता कार्यकर्ता एमालेमा समाहित भएका नेकपा एमाले जिल्ला समितिले जनाएको छ । उनीहरूलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कमला देवी महतो, केन्द्रीय सदस्य तथा सहइन्चार्ज बद्री न्यौपाने, संविधान सभा सदस्य हरि उप्रेती, प्रदेश कमिटी सदस्य रेवती पन्तलगायतले स्वागत गरे ।
केन्द्रमा पार्टीले आगामी मंसिर हुनलागेको प्रदेश र प्रतिनिधि चुनावमा पार्टीले माहोवादीको चुनाव चिन्हमा चुनाव लड्ने, घोषणा पत्र एउटै बनाउने, पार्टी माओवादी केन्द्रमा विलय गराउने जस्ता निर्णयको तिन बुँदे सम्झौता गरेकोले आफूहरू पुरानै पार्टीमा फर्किएको उनीहरूको भनाई थियो । पार्टीका नेता माधव कुमार नेपाल लगायतले पार्टी फुटको औचित्य प्रस्ट पार्न नसकेको उनीहरूको आरोप छ ।
फुटको राजनीतिले जनतामा पार्टी प्रतिको वितृष्णा पैदा भएको आफूहरू बिनासर्त मूलघरमा फर्किएको समाजवादीका नेता वाग्लेले दाबी गरे ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












