४० प्रतिशत माग गर्दै कोइराला समूहले कांग्रेस कार्यालयमा धर्ना
काठमाडाैं । नेपाली कांग्रेस संस्थापनइतर समूहले ४० प्रतिशत सिट माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने भएको छ ।
संस्थापनइतर शेखर कोइराला समूहको भेलाले आसन्न निर्वाचनमा आफ्नो समूहबाट ४० प्रतिशत उम्मेदवार बनाउनुपर्ने माग गरेको छ । यसका लागि आउँदो बुधबार पार्टी कार्यालयमा एक घण्टा धर्ना दिने कोइराला समूहले निर्णय गरेको छ ।
केही दिनयता निरन्तर छलफलमा रहेको कोइराला समूहको सोमबारको भेलाले आसन्न निर्वाचनमा आफ्नो समूहबाट ४० प्रतिशत उम्मेदवार बनाउनुपर्ने माग गर्दै दबाब स्वरुप बुधबार एक घण्टा पार्टी कार्यालयमा धर्ना दिने निर्णय गरेको हो ।
साथै भेलाले निर्वाचन आयोगमा बुझाइएको समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारको बन्दसूचीमा आफूहरुलाई उपेक्षा गरिएको भन्दै सच्याउन पनि माग गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारीलाई खबरदारी सभासमेत गरेको कोइराला समूहले आफूहरुको माग बेवास्ता गरिएको आगामी ४ मंसिरमा हुने निर्वाचन बहिस्कार गर्नेसम्मको चेतावनी दिँदै आएको छ ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...
-
उच्च अदालतका न्यायाधीश राजु खतिवडा बालेन्द्र सरकारका महान्यायाधिवक्ता बन्दै !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उच्च अदालतका न्यायाधीश राजु खतिवडालाई नेपाल सरकारको महान्यायाधिवक्ताको नियुक्ति गर्ने सम्भावना उच्च बनेको छ ।...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...












