डलर अर्बपति चौधरीले टिकट हत्याउन खोजेपछि काँग्रेसमा द्वन्द्व
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ बाट उद्योगपति विनोद चौधरीले दाबी गरेपछि नेपाली काँग्रेसभित्र आन्तरिक द्वन्द्व चर्किएको छ ।
यसअघि २०७४ सालको निर्वाचनमा काँग्रेसका विष्णुकुमार कार्की पराजित भएका थिए । अहिलेको निर्वाचनका लागि चार वर्ष कसरत गरेका कार्कीको ठाउँमा चौधरीले टिकट हत्याउन खोजेपछि स्थानीय कार्यकर्ता आक्रोशित भएका छन् ।
नवलपरासीपूर्व प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का चौधरीले २ नम्बर क्षेत्रमा टिकट दाबी गरेका हुन् । आफ्नो क्षेत्रबाट कांग्रेस नेता डा. सशांक कोइरालाले ठाउँ नछाडेपछि क्षेत्र नम्बर २ मा टिकट हत्याउन अर्बपति चौधरी लागि परेको प्रदेशसभा कार्यसमिति–२ ख का सचिव सतिश राईले बताए । यसपटक पनि कार्कीलाई नै टिकट दिनुपर्ने स्थानीय काँग्रेस कार्यकर्ताको माग छ । उनीहरुले कार्कीलाई नै टिकट दिनुपर्ने माग गर्दै बालुवाटारदेखि चाक्सीबारीसम्म धाइरहेका छन् ।
काँग्रेस महासमिति सदस्य कार्की २०७४ सालको निर्वाचनमा झिनो मत अन्तरले एमालेसँग पराजित भएका थिए । नवलपुर २ बाट अघिल्लो निर्वाचनमा नेकपा एमालेका तिलबहादुर महत क्षेत्री (तिलक महत) ३९ हजार ५३ मत प्राप्त गरी विजयी हुँदा कार्कीले ३७ हजार ७ सय २० मत ल्याएका थिए ।
मतदातालाई मात्र होइन, जिल्लाका सक्रिय नेता कार्यकर्तालाई समेत नचिन्ने चौधरीले जित्न नसक्ने भन्दै उनीहरुले कार्कीलाई नै टिकट दिन पार्टी शीर्ष नेताहरुको ध्यानाकर्षण गराएका छन् । आफ्नो क्षेत्रमा पाइला नटेकेको चौधरी हावी हुन खोजेपछि स्थानीय नेता कार्यकर्ता आक्रोशित बनेका छन् ।
काँग्रेस महासमिति सदस्य तथा जनजाती महासङ्घ केन्द्रीय अध्यक्ष ओमबहादुर थापाको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा समक्ष कार्कीलाई टिकट दिनुपर्ने एक सुत्रीय माग राख्दै आएका छन् ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...












