दसैंका बेला घर छाडेर भागाभाग
बागलुङ नगरपालिका वडा नम्बर ११ को तल्लो रामतोलामा पहिरो खसेको एक महिना भयो।
महिना दिनदेखि निरन्तर बगेको पहिरोका कारण यहाँका दर्जनौं घरपरिवारले दसैंको टीकासमेत आफ्नो घरमा बसेर लगाउन पाएनन्।
भदौको १९ गतेदेखि जमिन चिरा परेको र २१ गते अविरल वर्षापछि जमिन बग्न थालेको थियो। निरन्तर बगिरहेको जमिनमा दसैंका बेला भइरहेको भारी वर्षाले झन् असर गरेको छ। जमिन बग्दा सडक, ठूला पीपलका रूखसमेत बगेका छन्।
पहिरो खस्न थालेपछि स्थानीय किसानले लगाएका सुन्तलाको बगान, कुखुरा फार्म लगायत सबै पुरिएका छन्। कतिपय घर चिरा परेका छन् भने केही किसानका घर र गोठ भत्केका छन्।
‘पहिला एउटा पाटोमा मात्रै ठूलो पहिरो थियो, अहिले अर्को पाटो पनि बग्यो,’ वडाध्यक्ष ज्ञानेन्द्र गौतमले भने, ‘सुरक्षित छन् भनेका घर र यहाँ रहेका पशुपक्षीको फार्मसमेत पुरिने अवस्थामा पुगे।’
भारी वर्षा र पहिरोसँगै खसेको भेल गाउँ पसेको छ।
‘आफ्नो घर छ, तर पहिरोले राज गरेको छ। अर्कैको घरमा दसैं मनाउनुपर्यो। बासबिनाको दसैं खल्लो भयो,’ स्थानीय कुलराज शर्माले भने, ‘छिमेकीका घर पनि चिरा परेका छन्। जुनसुकै बेला खस्छन्। हाम्रो दसैं भागाभागमै बित्यो।’
यो बस्तीका खानेपानीको ट्यांकसमेत बगेपछि स्थानीयवासी चिन्तामा छन्।
उक्त पहिराले दर्जन बढी घरपरिवार विस्थापित भइसकेका छन्। केही घरपरिवार सुरक्षित ठाउँको खोजीमा रहेको अर्का स्थानीयवासी विष्णु पौडेलले जानकारी दिए।
जमिन चिरा परेको स्थान हेर्दा थप सयौं रोपनी जमिन, घर तथा सडक बग्ने अवस्थामा रहेको देखिएको उनले बताए। पहिरोले यहाँको तमाखुवारी भन्ने अर्को बस्तीमा पनि जोखिम बढेको छ।
‘यो संकेत हेर्दा यहाँको बस्ती नै जोखिममा भयो। पहिलाभन्दा अब धेरै घर विस्थापित हुने भए,’ पौडेलले भने, ‘अर्बौं खर्चेर पनि रोकथाम हुने अवस्था छैन।’
बगेको पहिरोले जैमिनी नगरपालिका वडा नम्बर १ को ओडार भन्ने स्थानमा पनि दर्जन घर विस्थापित भएका छन्। उनीहरूले पनि यो वर्षको दसैं आफ्नो घर छोडेर अर्कैको घरमा मनाए। रामतोलादेखि तल्लो खण्ड जैमिनी नगरपालिका–१ मा पर्छ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...












