नवौं राष्ट्रिय खेलकुदको उद्घाटन आज: उदघाटनमा नै ३ करोड खर्च !
पोखरा । गण्डकी प्रदेशमा नेपाली खेलकुदको कुम्भमेला आज (शुक्रबार)बाट सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ भएसँगै उपराष्ट्रपति नन्दकिशोर पुनले नवौं सुरु भएको घोषणा गर्नेछन् ।
कास्कीको पोखरा रंगशालाबाट नवौं बृहत राष्ट्रिय खेलकुद महोत्सव औपचारिक रूपमा सुरु हुँदा कुल ६ हजार १ सय २ खेलाडीले ३६ खेलका इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । प्रतिस्पर्धामा ३ सय ९३ स्वर्ण, ३ सय ९३ रजत र ६ सय कांस्य पदकको छिनोफानो हुनेछ ।
सात प्रदेशका साथै तीन विभागीय टोलीहरु नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब तथा सशस्त्र प्रहरी बलको एपिएफसँगै अघिल्लो संस्करणदेखि थपिएको गैह्र आवासीय नेपाली संघ (एनआरएनए)को टोली गरि ११ टोलीले नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाएका छन् ।
पोखरामा दोस्रो पटक आयोजना हुने लागेको राष्ट्रिय खेलकुदलाई नेपाल सरकारले ८० करोड बजेट छुट्टाएको छ । उद्घाटन समारोहमा मात्रै तीन करोड खर्च हुने बताइएको छ । उद्घाटन सत्रमा सबै प्रदेशको संस्कृति झल्किने प्रस्तुति गर्ने बताएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै स्थानीय १९ विद्यालयका विद्यार्र्थीले व्यावसायिक कलाकारलाई प्रस्तुतिमा साथ दिनेछन् । शिव परियार, रचना रिमाल, आनन्द कार्की र कुन्ती मोक्तानलगायतका लोकप्रिय कलाकारले गीत गाउने कार्यक्रम रहेको छ ।
२०७६ सालमा नेपालगञ्जमा आठौं राष्ट्रिय खेलकुदको समापनका अवसरमा २०७८ सालमा गण्डकी प्रदेशमा नवौं संस्करण गर्ने घोषणाका साथ झण्डा हस्तान्तरण गरिएको थियो । तर, विभिन्न बाहना बन्दा प्रतियोगिता निर्धारित समयमा हुन सकेन ।
बृहत राष्ट्रिय खेलकुदमा प्रदर्शनी सहित ३८ खेल हुँदै गर्दा पुरुष क्रिकेट अघिल्लो महिना नै काठमाडौंमा सकिसकेको छ । यसैगरी महिला क्रिकेट, फुटबल, हक्की, ह्यान्डबल, बुद्धिचाल र फेन्सिङका खेलहरु सुरु भइसकेका छन् ।
¥याफ्टिङ एन्ड कनोइङ, मुवाथाई, पेनकेक सिलात, हाप्किडोलगायतका खेललाई प्रदर्शनी खेलका रुपमा नवौं राष्ट्रिय खेलकुदमा समावेश गरिएको छ । पूर्वाधार अभावका कारण सुटिङको प्रतियोगिता काठमाडौंमा हुनेछ । यसैगरी आर्चरी, एथ्लेटिक्स, ब्याड्मिन्टन, पुरुष बास्केटबल, बक्सिङ, महिला क्रिकेट, फेन्सिङ, पुरुष फुटबल, जिम्न्यास्टिक, ह्यान्डबल, खो खो, लन टेनिस, सफ्ट टेनिस, स्क्वास, पुरुष भलिबल र उसु पोरख रंगशालामा हुनेछन् । पुरुष फुटबलका सुरुआति केही खेल भने पोखराकै गोस्टेघाटमा हुनेछन् । यसपछि पोखरा रंगशालामै हुने बताइएको छ ।
यसैगरी महिला फुटबल स्याङजाको वालिङ, महिला भलिबल र तेक्वान्दो म्याग्दी, महिला बास्केटबल तनहुँ, फुलकन्ट्याक्ट कराँते र जुडो पोखराको प्रदर्शनी हल, शारीरिक सुगठन पोखरा सभागृह, बुद्धिचाल गोर्खा, पौडी पोखराको फिस्टेल एकेडेमी, टेबल टेनिस पोखराकै कोल्मा बाहकोट समाज हल, सेपाक ताक्रो र कुस्ती नवलपुर, महिला हक्की पोखरा लामाचौर, पुरुष हक्की ह्याम्जा, भारोत्तोलन पोखरा उद्योग वाणिज्य संघ, गल्फ पोखराको हिमालयन गल्फ कोर्स, साइक्लिङ पोखराको रानीबन, ट्रायथलन पोखरा लेकसाइड, प्याराग्लाइडिङ पोखरा साराङकोट, रग्बी भण्डारढिक पोखरा, कबड्डी पोखरा माटेपानी, कराँते पर्वत, आइटिएफ तेक्वान्दो बाग्लुङमा हुनेछन् ।
Comments
अरु समाचार
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...












