सङ्खुवासभामा गठबन्धका खड्का भन्दा एमालेका गौतमको पकड बलियो
सङ्खुवासभा । सत्ता गठबन्धनका दीपक खड्का र नेकपा एमालेका राजेन्द्र गौतमबीच कडा प्रतिष्पर्धा हुने भएको छ । नेपाली कांग्रेसबाट गठबन्धनका उम्मेदवार खड्का भन्दा एमालेका गाैतमले पकड बलियो बनाउदै लगेका छन् ।
संखुवासभाका अधिकांश मतदाताले गाैतमलाई नै मन पराउने भएका कारण उनी निर्वाचित हुनेमा एमाले संखुवासभाको नेतृत्व आश्वस्त बन्दै गएको छ । गाैतमलाई एमालेका नेता कार्यकर्ताकोमात्रै साथ नभएर विपक्षी दलका नेता कार्यकार्ताको रोजाईमा परेका कारण चुनाव जित्ने आधार बलियो बन्दै गएको हो ।
सङ्खुवासभाबाट यो पटक प्रतिनिधि सभाका लागि १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमा १० जना राजनीतिक दलका र २ जना स्वतन्त्र छन् । यी मध्ये गौतम र खड्काको तेस्रो भिडन्त हो । पहिलो पटक हार बेहोरेका गौतमले अघिल्लो निर्वाचनमा जीत हासिल गरे । त्यसपछि जनताको मन जित्न सफल भएका गौतम फेरी पनि बलियो पकटका साथ निर्वाचन जित्ने तयारीमा जुटेको बताउँछन् ।
विगतको चुनावको नतिजा र स्थानीय तह चुनावमा पाएको मतलाई आधार मान्दा यो पटक पनि नेपाली काँग्रेसका खड्का र नेकपा एमालेका गौतमबिच नै प्रतिस्पर्धा देखिन्छ । २०७० को चुनावमा सङ्खुवासभाको तत्कालीन क्षेत्र नम्बर २ मा खड्काले गौतमलाई हराएका थिए । गौतमले त्यसको बदला २०७४ को चुनावमा लिए ।
०७० को निर्वाचनमा खड्का ११ हजार ५५२ मत ल्याएर निर्वाचित भएका थिए । त्यति बेला एमालेका गौतमले १० हजार ९ सय ७३ तथा माओवादीका राजेन्द्र किरातीले ४ हजार २९३ मत पाएका थिए । एउटा मात्र निर्वाचन क्षेत्र कायम भएपछि २०७४ को चुनावमा भने नतिजा उल्टियो, माओवादीको समेत साथ लिएर वाम गठबन्धनबाट उम्मेदवार बनेका गौतम विजयी भए । उनले ३२ हजार ७६९ मत ल्याए । एक्लै लडेका काँग्रेसका खड्काले ३१ हजार ६३९ मत ल्याए । २०७४ मा गौतमलाई साथ दिएको माओवादी यस पटक काँग्रेसका खड्काको सहयोगी बनेको छ, उनलाई एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादीको पनि साथ छ । तर गौतम एक्लै फिल्डमा उत्रिए पनि गठबन्धनकै नेताहरूको साथ र मतदाताको रोजाइका कारण उनले निर्वाचन जित्ने सङ्खुवासभावासीको भनाई छ ।
गत वैशाखमा भएको स्थानीय तह चुनावमा वडाध्यक्षमा पाएको मतलाई आधार मान्दा सङ्खुवासभामा एमाले अघि छ । एमालेले वडाध्यक्षमा ३२ हजार ९११ मत पाएको थियो ।
तर गठबन्धनमा आबद्ध दलको मत जोड्ने हो भने काँग्रेस अघि देखिन्छ । काँग्रेसको ३० हजार ८४९, माओवादीको ७ हजार १२२ र एकीकृत समाजवादीको १ हजार १०१ मत छ । यो सबै मत जोड्दा गठबन्धनको पक्षमा ३९ हजार ७२ मत हुन्छ ।
प्रदेशसभातर्फ सङ्खुवासभा १ मा एक स्वतन्त्रसहित ८ जनाले मनोनयन दर्ता गराएका छन् । तर गठबन्धन दलबाट माओवादी केन्द्रका राजेन्द्र कार्की र नेकपा एमालेका भविश्वर गुरुङ बीचनै मुख्य प्रतिस्पर्धा देखिएको छ । यी दुवै नयाँ अनुहार हुन् ।
माओवादीका कार्कीलाई काँग्रेस, नेकपा एकीकृत समाजवादीको साथ छ । कार्की माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सङ्खुवासभा इन्चार्जको जिम्मेवारीमा छन् भने गुरुङ एमालेका प्रदेश कमिटी सदस्य हुन् ।
सङ्खुवासभाको प्रदेशसभा २ मा ३ स्वतन्त्रसहित १० जनाले मनोनयन दर्ता गरेका छन् । तर गठबन्धन दलका तर्फबाट नेकपा एकीकृत समाजवादीकी सरिता थापा खड्का र एमालेका विदुरकुमार लिङ्थेपबीच प्रतिस्पर्धा छ । प्रदेश सभा २ मा प्रतिस्पर्धामा रहेका यी दुवै उम्मेदवार पनि नयाँ अनुहार हुन् ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











