मोरक्कोका फुटबल प्रशिक्षक वालिदले इतिहास रचे
काठमाडौं । मोरक्कोका फुटबल प्रशिक्षक वालिद रेग्रागुईले आफ्नो जीवन कालको नयाँ इतिहास रचेका छन् । आफ्नो टिमलाई फिफा विश्वकपको क्वाटरफाइनलमा पुर्याएर योगदान दिँदै इतिहास रचेका हु्न् ।
कतारमा जारी विश्वकप २०२२ मा पूर्वविजेता स्पेनलाई पराजित गर्दै मोरक्को पहिलो पटक विश्वकप क्वाटरफाइनलमा पुगेको छ । जारी खेलबाट विश्वकपमा आफ्नो देशको टिमलाई क्वाटरफाइनल पुर्याउने उनी पहिलो अफ्रिकन प्रशिक्षक बनेका हुन् ।
यसअघि क्यामरुन, सेनेगल र घाना विश्वकप क्वाटरफाइनल पुग्दा सबैमा युरोपियन प्रशिक्षक थिए । तर यस पटक भने कतारमा विश्वकप खेलेका पाँचवटै अफ्रिकन टिममा प्रशिक्षक आ–आफ्नै देशका थिए । त्यसमा वालिद सफल रहे ।
अन्तिम १६ मा स्पेनलाई पेनाल्टीसुटआउटमा ३–० ले पराजित गर्दै मोरक्को क्वाटरफाइनल पुगेको छ। वालिद मोरक्कोको प्रशिक्षक बन्नुमा पनि संयोग जोडिएको छ । गत अगष्ट अन्तिममा मुख्य प्रशिक्षक भाहिद हालिहोडिचलाई बर्खास्त गर्दै मोरक्को फुटबल संघले पूर्व खेलाडी वालिदलाई प्रशिक्षक नियुक्त गरेको थियो । उनले सेप्टेम्बर २१ मा मदागास्कर विरुद्ध १–० को जितबाट मोरक्कोको प्रशिक्षकका रुपमा डेब्यु गरेका थिए । त्यसयता उनी अपराजित रहेका छन् ।
Comments
अरु समाचार
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...












