हालसम्मका विश्वकपमा वर्चस्व कायम गर्न सफल ६ खेलाडी
दोहा । विश्वकप प्रतियोगिताको आइतवार हुने अन्तिम खेलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ। यी देशलाई फाइनलसम्म पुर्याउन लियोनेल मेस्सी र किलियान एम्बाप्पेले महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
हालसम्मका विश्वकपमा वर्चस्व कायम गर्न सफल ६ खेलाडी को को हुन् ?
पेले, ब्राजिल – सन् १९५८
सन् १९५८ मा पहिलो पटक विश्वकप जित्ने लक्ष्यसहित ब्राजिलको फुटबल टोली स्वीडन पुग्दा पेले १७ वर्षका थिए । उनले प्रतियोगिताको पहिलो दुई खेल खेल्न पाएनन् । आफ्नो खेल जीवनमा उनले तीन पटक विश्वकप जिते। सन् १९६२को विश्वकपमा घाइते भएका कारण उनले सुरुको दुई खेल मात्रै खेलेका थिए । त्यसपछि सन् १९७०को विश्वकपमा उनले निकै राम्रो प्रदर्शन गरे।
प्रतियोगितामा चार पटक गोल गरेका उनले इटलीसँगको फाइनल खेलमा निकै राम्रो सुरुवाती गोल गरेका थिए । त्यो खेल ब्राजिलले ४-१ अन्तरले जित्यो ।
म्यारीओ क्यामपेज, आर्जेन्टिना – सन् १९७८
आर्जेन्टिनाले दुई पटक विश्वकप जितेको छ र यी दुवै जीतमा एकजना खेलाडीले उल्लेख्य भूमिका निर्वाह गरेका छन् । घरेलु मैदानमा भएको सन् १९७८ को प्रतियोगिताका ती एक खेलाडी म्यारीओ क्यामपेज हुन् । ला लीगामा भ्यालेन्सिया क्लबबाट खेल्ने उनी उक्त लिगमा लगातार दुईवटा ‘सिजन’मा सर्वाधिक गोलकर्ताका हुँदै प्रतियोगितामा सहभागी हुन आएका थिए । र, आर्जेन्टिनी टोलीमा उनी मात्रै यस्ता खेलाडी थिए जसले आफ्नै देशमा बसेर फुटबल खेलेका थिएनन् । समूहगत चरणका खेलहरूमा उनले गोल गर्न सकेनन् । तर त्यसपछिको चरणमा पोल्यान्डसँग २-० अन्तरले जित्दा दुवै गोल उनले गरे भने पेरुसँग ६-० अन्तरको जितमा आर्जेन्टिनाका लागि पहिलो अनि तेस्रो गोल उनले गरे । यो जितले आर्जेन्टिनालाई फाइनलमा पुर्यायो ।
बुइनोस आइरिसमा नेदरल्यान्डससँग भएको खेलमा उनले दुई गोल गरे । ३-१ अन्तरले आर्जेन्टिनाले विश्वकप जित्यो । उनले पहिलो पटक आर्जेन्टिनालाई विश्वकप मात्रै जिताएनन् प्रतियोगिताका सर्वाधिक गोलकर्ता अनि उत्कृष्ट खेलाडी पनि बन्न सफल भए । अग्रपङ्क्तिमा खेल्ने पेलेले त्यसपछि भएको तत्कालीन सोभियत सङ्घसँगको खेलमा भने ब्राजिललाई २-० अन्तरले जिताए ।
त्यसपछि क्वाटर फाइनलमा वेल्ससँगको खेलमा एक मात्र गोल गर्न उनी सफल भए जसको आधारमा ब्राजिलले खेल जित्यो । त्यसपछि पेलेले पछाडि फर्केर हेर्नुपरेन। सेमिफाइनलमा फ्रान्सलाई ५-२ अन्तरले हराउँदा पेलेले ‘ह्याट्रिक’ गरेका थिए भने फाइनलमा स्वीडनलाई ५-२ अन्तरले नै हराउँदा उनले दुई गोल गरे ।
पाउलो रोसी, इटली – सन् १९८२
सन् १९८२ मा स्पेनमा भएको विश्वकपमा सहभागीता जनाउन इटलीका अग्रपङ्क्तिका खेलाडी पाउलो रोसी मैदानमा फर्किए । सिरी-ए लिग फुटबलमा ‘म्याच फिक्सिङ्’ गरेको आरोपमा उनी दुई वर्ष प्रतिबन्धमा परेका थिए । उनलाई विश्वकप खेल्ने टोलीमा समावेश गरेकोमा इटलीका प्रशिक्षकको त्यहाँका सञ्चारमाध्यमले आलोचना गरेका थिए ।
तर खराब सुरुवातपश्चात् सेमिफाइनलमा पुग्नका लागि ब्राजिलसँग भएको खेलमा उनले ‘ह्याट्रिक’ गरे । त्यसपछि पोल्यान्डसँग भएको खेलमा इटलीले २-० गोल अन्तरले जित्दा दुवै गोल उनले नै गरेका थिए भने फाइनलमा जर्मनीलाई ३-१ अन्तरले हराउँदा पहिलो गोल उनले गरे । छ गोलका साथ उनी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बने र ‘गोल्डेन बुट’ जिते । प्रतियोगिताका ‘बेस्ट प्लेअर’ का रूपमा उनले ‘गोल्डेन बल’ पनि जिते।
डिएगो म्याराडोना, आर्जेन्टिना – सन् १९८६
सन् १९८६ मा मेक्सिकोमा आर्जेन्टिनाले दोस्रो पटक विश्वकप उचाल्दा कप्तान डिएगो म्याराडोनाले उदाहरणीय नेतृत्व गरेका थिए । समूह चरणमा इटलीसँग १-१ को बराबरी भएसँगै आर्जेन्टिना समूह विजेता बनेको थियो। आर्जेन्टिनाका लागि गोल गर्ने म्याराडोना थिए । क्वाटर फाइनल खेलमा उनले दुई गोल गरे र २-१ अन्तरले इङग्लयान्डलाई हराए। पहिलो गोल चर्चित ‘ह्यान्ड अफ गड’ गोल थियो जुन म्याराडोनाले ‘मुठ्ठीले बललाई गोल पोस्टमा छिराएका थिए’।
तर दोस्रो गोल भने विश्वकपमा सबैभन्दा गज्जबको गोल मध्ये एक मानिन्छ । बेल्जियमविरुद्ध सेमिफाइनल खेलमा उनले दुई गोल गरे र आर्जेन्टिनाले २-० ले खेल जित्यो। त्यसपछि पश्चिम जर्मनीसँगको नाटकीय खेलमा आर्जेन्टिनाले ३-२ अन्तरले जित्दै गर्दा उनले उल्लेख्य भूमिका निर्वाह गरे । पाँच गोल अनि गोलका लागि पाँच वटा पास दिएका कारण म्याराडोनाले प्रतियोगिताका सबैभन्दा कुशल खेलाडीका रूपमा ‘गोल्डेन बल’ जिते ।
जिनेदिन जिदान, फ्रान्स – सन् १९९८
फ्रान्समा सन् १९९८ मा विश्वकप आयोजना हुँदा कुशल सिप भएका मध्यपङ्क्तिका खेलाडी जिनेदिन जिदान उसका मुख्य खेलाडी थिए । प्रतियोगितामा फ्रान्सले गरेको पहिलो गोलका लागि उनले पास दिएका थिए । साउदी अरेबियासँगको खेलमा पनि उनको भूमिका उल्लेख्य थियो । चार-शून्य अन्तरले फ्रान्सले जितेको खेलमा उनलाई रेफ्रिले मैदान बाहिर पठाए । त्यसपछि उनले डेनमार्कसँगको तेस्रो खेल अनि नकआउट चरणमा पराग्वेसँगको खेल खेल्न पाएनन् ।
तर क्वाटर फाइनलमा इटलीसँग भएको खेलमा उनी फर्किए र ‘पेनाल्टी शुट’ गोलमा परिणत गर्दै इटलीलाई घर फर्काए । सेमीफाइनलमा क्रोएशिया विरुद्ध २-१ गोल अन्तरले जित्न उनले सहयोगी भूमिका निर्वाह गरे । ब्राजिलसँगको फाइनल खेल फ्रान्सले ३-० अन्तरले जित्दै गर्दा उनले दुई पटक टाउकोले गोल हाने । दुई वर्षपछि भएको सन् २०००को युरोमा उनी ‘बेस्ट प्लेअर’ घोषित भए र त्यस वर्षको युरो कपको उपाधि पनि फ्रान्सले जित्न सफल भयो ।
रोनाल्डो, ब्राजिल – सन् २००२
सन् १९९८ को विश्वकप प्रतियोगिताको फाइनल खेल ब्राजिलको अग्रपङ्क्तिका खेलाडी रोनाल्डोका लागि सबैभन्दा ठूलो मौका हुने अपेक्षा गरिएको थियो । तर खेल सुरु हुन अगावै उनी मिर्गीको सिकार भए । खेल सुरु हुन अघि उनको नाम ब्राजिलको टोलीमा समावेश थिएन। तर उनी मैदानमा उत्रिए । फ्रान्ससँग ३-० को अन्तरले हार्दा रोनाल्डोले प्रभाव पार्नै सकेनन् । सन् १९९९ मा उनको घुँडामा गम्भीर चोट लाग्यो र उनको खेलजीवन समाप्त हुने जोखिम समेत देखा पर्यो । तर त्यसपछि उनी गजब्ब रूपमा खेलजीवनमा फर्किए ।
सन् २००२ मा जापान अनि दक्षिण कोरियामा संयुक्त रूपमा भएको विश्वकपमा रोनाल्डको प्रदर्शन उत्कृष्ट रह्यो । सात खेलमा उनले आठ गोल गरे । समूह चरणका तीन खेलमा उनले चार गोल गरे । त्यसमध्ये एक गोल टर्कीसँगको २-१ अन्तरको खेलमा, अर्को चीनसँगको ४-० अन्तरको खेलमा अनि दुई गोल कोस्टारीकासँगको ५-२ अन्तरको खेलमा उनले गरेका थिए । त्यसपछि बेल्जयमलाई नकआउट चरणमा २-० अन्तरले हराउँदा उनले एक गोल गरे, सेमिफाइनलमा टर्कीलाई घर फर्काउन आवश्यक एक मात्र गोल गरे अनि फाइनलमा जर्मनीलाई २-० अन्तरले ब्राजिलले हराउँदा दुवै गोल रोनाल्डोले गरे । रोनाल्डो आठ गोल सहित सर्वाधिक गोलकर्ता बने र त्यसयता कुनै पनि खेलाडीले उक्त सङ्ख्यामा गोल हान्न सकेका छैन । यसपालि मेस्सी र एम्बाप्पे सर्वाधिक गोलकर्ता बन्ने दौडमा छन् । -बीबीसी
Comments
अरु समाचार
-
फिफा विश्वकप: सर्वाधिक गोलको रेकर्ड मेस्सीको नाममा, अष्ट्रियालाई हराउन दुई गोल निर्णायक
काठमाडौं । अर्जेन्टिनाका कप्तान Lionel Messi ले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा दर्ज गरेका...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...











