मेस्सी किन सार्वकालिक महान् फुटबल खेलाडी हुन् ?
दोहा । कतारको लुसैल रंगशालामा आइतवार राति लियोनेल मेस्सी सबैको आकर्षणको केन्द्रमा थिए। आफ्नो लोभलाग्दो खेलजीवनमा पाउन नसकिरहेको एउटा उपाधि अन्ततः उनले त्यहाँ हात पारे । परम्परागत अरबी पहिरनमा यी ३५ वर्षीय आर्जेन्टिनी नायकले आफ्नो खेलजीवनमा निकै प्रतीक्षा गरिएको विश्वकप उचाल्नुअघि आफ्ना हत्केला रगडे ।
आतसबाजी भइरहेको बेला उनले विश्वकप उचालेर हर्षोल्लास मनाए । मेस्सीले आफ्नो सपना पूरा गरे। धेरैले विश्वकप इतिहासमै हालसम्मकै उत्कृष्ट भनिरहेको फाइनलमा उनले कपहरूको सङ्कलनमा रहेको अभावलाई पूर्ति गरे । सातवटा बलोन डी’ओर, चारवटा च्याम्पीअन्स लीग, एउटा कोपा अमेरिका, स्पेनी क्लब बार्सिनोलाबाट १० वटा ला लिगा र पीएसजीबाट फ्रान्सेली लीगको उपाधिसँगै विश्वकप पनि उनको उपलब्धिको सूचीमा थपिएको छ।
यो उपाधिलाई मेस्सीका करोडौँ समर्थकहरूले उनी फुटबलका सर्वकालिक महान् खेलाडी हुन्न भन्ने प्रमाणका रूपमा प्रस्तुत गर्नेछन् । विश्वकपको पन्ध्र इन्च अग्लो स्वर्ण ट्रफीका कारण धेरैले मेस्सी महान् रहेको बताउनेछन् । अनि त्यस तर्कमा विमति राख्नेहरूलाई आफ्नो तर्क पेस गर्न कठिन हुनेछ। अब मेस्सीलाई पेले र आइतवार लुसैल रंगशालामा धेरै आर्जेन्टिनीहरूले बोकेको ब्यानरमा देखिएका अर्का खेलाडीकै पङ्क्तिमा राखिनेछ भन्नेमा कोही असहमत हुन सक्नेछैन ।
म्याराडोनासँग तुलना
प्रसिद्ध खेलाडी तथा उनका पूर्ववर्ती डिएगो म्याराडोनालाई उत्कृष्ट खेलाडीको श्रेणीमा एउटा स्वाभाविक बलियो पात्रका रूपमा हेरिन्छ। आइतवारअघिसम्म उनीहरू दुईबीच एउटा भिन्नता थियो । म्याराडोनाले ३६ वर्षअघि मेक्सिकोमा विश्वकप हात पारेका थिए तर मेस्सीले त्यसो गर्न सकेका थिएनन् । सर्वकालिन महान् खेलाडीबारेको कुराकानीमा मेस्सी सधैँ रहनेछन् । विश्वभरि खेलिने यो खेलको उच्च सम्मान हात पारेकाले यसबारेको बहसमा अब मेस्सीको उनको खेलकौशल जत्तिकै बलियो चर्चा हुनेछ।-बीबीसी
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












