इटहरी गोल्डकप : उपाधिका लागि चर्च ब्वाइज र सगरमाथा युथ भिड्दै
इटहरी । इटहरीमा जारी १३ औँ अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको शनिबार (आज() फाइनल खेल हुँदैछ । उपाधिका लागि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ र साबिक बिजेता सगरमाथा युथ क्लब मोरङबीच प्रतिष्पर्धा हुँदैछ ।
शुक्रबार ‘प्रि म्याच कन्फ्रेन्स’मा बोल्दै दुवै टिमले आँफूहरूले प्रतियोगिता जित्नेमा विश्वस्त रहेको जनाएका छन् । दुवै टिमले विपक्षी टिम बलियो रहेको र आँफूहरूले खेल जित्नेगरी तयारी गरेको जनाएका हुन् । साबिक बिजेता सगरमाथा युथ क्लब मोरङका टिम प्रशिक्षक याम गुरुङले सौहार्दपूर्ण रूपमा प्रतियोगिता हुने बताए ।
‘हामी गत वर्षको पनि बिजेता भएका कारण यसवर्ष पनि ट्रफी उचाल्नेगरी खेल खेल्नेछौँ,’ उनले भने, ‘चर्च ब्वाइज क्लब पनि अब्बल टिम भएका कारण हामीलाई चुनौती नै छ, तरपनि हरेक खेलाडीको उदेश्य जित्ने नै हुन्छ ।’ सगरमाथाका कप्तान महेन्द्र कार्कीले दुवै टिम परिचित भएका कारण खेलमा सौहार्दपूर्ण प्रतिष्पर्धा हुने बताए ।
‘क्लबको प्रतिष्ठाका लागि पनि फाइनलको उपाधि जित्नेगरी हामीले खेल्ने रणनीति बनाएका छौँ,’ उनले भने, ‘हामीले गत वर्षपनि जितेको र यो वर्षपनि फाइनलका लागि पुग्दा खुशी छौँ, यस वर्ष पनि ट्रफी उचाल्ने लक्ष्य छ ।’चर्च व्बाइज युनाइटेड क्लबका प्रशिक्षक प्रदीप हुमागाईँले फाइनल खेल भएकाले खेल स्वभाविक रूपमै प्रतिस्पर्धात्मक हुने बताए ।
टिमका सबै खेलाडीको मिहेनतले फाइन पुगेको बताउदै हुमागाईँले सबै खेलाडी फिट रहेकाले उपाधी जित्नेमा ढुक्क रहेको बताए । उनले भने, ‘पूर्वेली दर्शकसँग रम्न पाएका छौँ, यहाँ फुटबलको क्रेज समेत देखिएकाले हामीले उपाधि जित्नेमा आशावादी छौँ ।’ उनले आँफूहरूको टार्गेट लिग रहेकाले पनि मोफसलमा भइरहेको यो प्रतियोगिता जित्नैपर्ने दबाबमा समेत रहेको बताए ।
चर्च ब्वाइजमा कप्तान मिलन राईले भने आँफूहरू च्याम्पियन नै हुने भनेर खेल खेल्ने बताए । ‘हरेक खेलाडीले च्याम्पियन नै हुन्छौँ नै भनेर खेलिएको हुन्छ, हाम्रो उदेश्य पनि त्यही नै हो,’ उनले भने ।यसअघि सगरमाथाले क्वाटरफाइनल खेलमा एभिनियर फुटबल क्लब क्यामरुनलाई पराजित गर्दै सेमिफाइनलमा ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबमाथि जीत हात पारेको थियो ।
यस्तै, चर्च ब्वाइजले क्वाटरफाइनल खेलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई पराजित गर्दै सेमिफाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबमाथि जीत हात पारेको थियो । राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरी रंगशालामा भइरहेको प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपबिजेता टिमले नगद ५ लाख रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ ।
गोल्डकपलाई कन्ट्रोल लुब्रिकेटले प्रायोजन गरेको छ । इटहरी उपमहानगरपालिकाको संयोजन रहने प्रतियोगिताका लागि खेलकुद विकास बोर्ड कोसी प्रदेशले १४ लाख र राष्ट्रिय खेलकुद परिषद्ले १० लाख रुपैयाँ सहयोग गरेका छन् ।
Comments
अरु समाचार
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...












