आईपीएल: लखनउले हैदरावादलाई ५ विकेटले हरायो
काठमाडौं । इन्डियन प्रिमियर लिग प्रतियोगितामा लखनउ सुपरजायन्ट्सले हैदरावादलाई पराजित गरेको छ । केएल राहुलको कप्तानीमा रहेको टोली लखनउले हैदरावादलाई ५ विकेटले पराजित गरेको हो । जितपछि लखनउ अंक तालिकाको पहिलो नम्बरमा पुगेको छ । टोलीको तीन खेलपछि ४ अङ्क छ । लखनउको इकाना क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएको थियो । लखनउले १६ ओभरमा ५ विकेट गुमाएर १२२ रनको लक्ष्य पुरा गरेको थियो ।
लखनउको जितका लागि कृणाल पाण्ड्याले दोहोरो प्रदर्शन गरे । पाण्ड्याले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए । उनले बलिङमा हैदरावादको टप अर्डरको कमर तोडे भने कप्तान केएल राहुलले जिम्मेवारीपूर्ण इनिङ्स खेलेर टिमलाई जित दिलाए । राहुल ओपन गर्न आए र कठिन पिचमा आफ्नो संयम कायम राखे । उनले ३१ बलमा ३५ रन बनाए । लखनउका स्पिनर अमित मिश्रा र रवि बिश्नोईले पनि उत्कृष्ट बलिङ गरे। अमितले चार ओभरमा २३ रनमा २ विकेट लिए भने रवि बिश्नोईले चार ओभरमा सबैभन्दा कम १६ रन खर्चेर एक विकेट पनि लिए ।
आईपीएलको यो दशौं खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्सलाई जितका लागि १ सय २२ रनको लक्ष्य दिएको थियो । हैदराबादका लागि राहुल त्रिपाठीले सर्वाधिक ३४ रन बनाए । त्यस्तै अनमोलप्रित सिंहले ३१ रन बनाए भने अब्दुल समद अन्तिम ओभरमा १० बलमा २१ रन बनाएर अपराजित रहे । सनराइजर्स हैदरावादले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपनि कुणाल पाण्ड्या र अमित मिश्राको स्पिन बलिङका अगाडि ब्याट्सम्यानहरु टिक्न सकेनन् ।
लखनउको अटल बिहारी वाजपेयी स्टेडियममा लखनऊ सुपर जाइन्ट्स र सनराइजर्स हैदरावादबीचको खेल यो रंगशालामा आईपीएलको पहिलो खेल थियो भने यो सिजनमा लखनऊ सुपर जायन्ट्सको तेस्रो खेल थियो । पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गरेको लखनउ दोस्रो खेलमा चेन्नई सुपर किंग्ससँग १२ रनले पराजित भएको थियो । अर्कातर्फ, सनराइजर्स हैदरावादका लागि यो सिजनको दोस्रो खेल थियो ।
सनराइजर्स हैदरावाद आफ्नो पहिलो खेलमा राजस्थान रोयल्ससँग ७२ रनले पराजित भएको थियो । लखनउको टिमको कमाण्ड लोकेश राहुलका लागि हातमा थियो भने हैदरावाद पहिलो पटक एडेन मार्करामको कप्तानीमा मैदानमा ओर्लिएको थियो ।
Comments
अरु समाचार
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...











