मुलुक विकास नहुनुको कारण राजनीतिक अस्थिरता : महासचिव पोखरेल
काठमाडौं । नेकपा(एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुक विकास नहुनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको बताउनुभएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी प्रवेश कार्यक्रममा उहाँले राजनीतिक अस्थिरता हटाउन बलियो राजनीतिक दल आवश्यक रहेको भनाइ व्यक्त गर्नुभयो ।
उहाँले मुलुकमा आर्थिक सङ्कट उत्पन्न भएकाले सरकारले यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो । महासचिव पोखरेलले एमालेलाई संविधान मान्दैन भनेर व्याख्या गर्ने कोसिस भइरहेको भनाइ राख्नुभयो । “एमाले संविधान मानेन भनेर व्याख्या गरिरहेका छन् । यो भन्दा मजाकको कुरा के हुनसक्छ”, उहाँले भन्नुभयो, “संविधान बदल्न नमिल्ने चिज पनि होइन ।”
उहाँले एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न राजनीतिक ध्रुवीकरण अपरिहार्य रहेको धारणा राख्नुभयो । “साना राजनीतिक दल अस्तित्वमा रहँदा जनमत विभाजन हुने र मुलुकमा राजनीतिक अस्थिरता सिर्जना हुनेगर्दछ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा सुदर्शन मिश्र, शालिग्राम मिश्र, राजेन्द्र थापा, ऋषिराज भेटवाल, माधव बन्जारा, कृष्ण महर्जनसहित ३९ जना एमालेमा प्रवेश गर्नुभएको थियो । उहाँहरु सबैलाई महासचिव पोखरेलले टीका लगाइ एमालेमा प्रवेश गराउनुभएको छ ।
Comments
अरु समाचार
-
लेखा समिति सभापतिकी श्रीमती अदालत उपस्थित हुनुपर्छ : नेता भट्टराई
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला अदालतमा उपस्थित हुनुपर्ने बताएका छन्...
-
एमाले केन्द्रीय सचिवालय बैठक बुधबार बस्दै
काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय...
-
राष्ट्रपति समक्ष पाँच राजदूतको शपथ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा...
-
लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूतिको सम्झौता
काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूतिको सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार...
-
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती हो । नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न...
-
रविसहितका पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु
गण्डकी: सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु...
-
बार र कानुन व्यवसायी सक्षम भए न्यायालयलाई खबरदारी हुनेछः सर्वोच्च न्यायाधीश फुयाँल
विराटनगर । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले बार र कानुन व्यवसायी सक्षम हुनु पर्नेमा जोड दिनु भएको छ । '६९...
-
कुलपतिको अग्रसरतामा त्रिविसभाको अनौपचारिक बैठक सम्पन्न
काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा त्रिभुवन विश्वविद्यालयमा देखिएका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालयसभाको अनौपचारिक बैठक...
-
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन थाल्ने र हाजिर हुन नदिने मेयर बालेनकाे तयारी
काठमाडौं। छानबिनको दायरामा रहेको काठमाडौंको पुरानो बसपार्कस्थित काठमाडौं भ्यूटावरको नक्सापास हठातमा स्वीकृत गरेपछि काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईं...