प्रतिनिधिसभा : विशेष समयमा विशेष कुरा
काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री र मन्त्रीको उपस्थिति न्यून, बजेट रकमान्तर, प्रधानमन्त्रीको आगामी भारत भ्रमण, सङ्क्रमणकालीन न्याय, महिला योगदानको दस्ताबेजीकरण, मलखाद र सिँचाइलगायत समसामयिक मुद्दाले प्रवेश पाएको छ ।
प्रतिनिधिसभाको आजको विशेष समय भाग लिँदै नेपाली कांग्रेसका राजेन्द्र बजगाईंले सदनमा प्रधानमन्त्री र मन्त्रीको उपस्थित कमजोर देखिएको र सदनमा उठाइएका कतिपय महत्वपूर्ण विषय पनि सम्बोधन नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय गौरवका बूढीगण्डकीको बजेट अरू आयोजनाका लागि नपठाइयोप्, वैशाखभित्रै बूढीगण्डकीको शिलान्यास होस् र नेताहरुले चुनावका बेला गोर्खाका विभिन्न सडक कालोपत्र गर्ने भने पनि हालसम्म त्यो पूरा भएको छैन ।’
नेकपा (एमाले) का ठाकुर गैरेले प्रधानमन्त्रीको आगामी भारत भ्रमण कहिले भन्ने तय भएको छ कि छैन भनी प्रश्न गर्दै भ्रमणअघि नै कालापानीको विषयमा कुरा हुन्छ कि हुन्न स्पष्ट पार्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘देशमा आर्थिक सङ्कटको हल्ला के हो रु भ्रष्टाचार न्यूनीकरण र सुशासनका लागि के–कस्ता पहल भइरहेका छन्, सदनलाई जानकारी चाहियो ।’ आर्थिक सङ्कट समाधानका लागि समान धारणा बनाउन आवश्यक पर्ने भन्दै सांसद गैरेले सङ्क्रमणकालीन न्यायको मुद्दा अघि बढाउँदा पीडितले न्याय, पीडकले दण्ड पाउनुपर्नेमा जोड दिनुभयो ।
नेकपा (माओवादी केन्द्र) का नारायणी शर्माले विपन्न र दुर्गम क्षेत्रका जनताले सङ्घीयता र गणतन्त्रको लाभ प्राप्त गर्न नसकेसम्म उपलब्धिको रक्षा गर्न चुनौती हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रतिगमनको चिच्यावटले परिवर्तनको पाइला रोकिन्न । शान्ति–सम्झौताको सम्पूर्ण काम पूरा गरेर पीडितको घाउमा मलम लगाउनुपर्छ ।’
रास्वपाका सुमना श्रेष्ठले मुलुकको शासन व्यवस्था परिवर्तनका लागि राजनीतिका क्षेत्रमा महिलाले पु¥याएको योगदानको कुनै लेखाजोखा नै नभएको टिप्पणी गर्नुभयो । उहाँले परिवर्तनमा महिलाको ठूलो योगदान भए पनि त्यसअनुसार अवसर र जिम्मेवारी पाउन नसकेको बताउनुभयो । महिलाको योगदानबारे अनुसन्धान गरी दस्ताबेज तयार पारेर पाठ्यक्रममा समावेश गरिनुपर्ने उहाँको भनाइ थियो ।
राप्रपाका धु्रवबहादुर प्रधानले नवलपरासीमा कैयौँ नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र नपाएर दुःख, कष्ट झेल्नु परेको उल्लेख गर्नुभयो । उहाँले किसानले मलखाद र सिँचाइको समस्या भोग्नु परेकाले ती समस्या सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
जसपाका दीपक कार्कीले धनुषाधाम गुरुयोजनालाई कार्यान्वयनमा ल्याउन सके त्यस क्षेत्रका जनताको जीवनस्तर उकास्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “धनुषालगायत अन्य जिल्लामा सिँचाइ गर्न कमला सिँचाइको क्षमता कमजोर भएकाले सुनकोशी–कमला डाइभर्सन बहुउद्देश्य आयोजनालाई तत्कालै अघि बढाइयोस् ।”
नेकपा (एकीकृत समाजवादी) का राजेन्द्रप्रसाद पाण्डेले काठमाडौँ उपत्यकाका महत्वपूर्ण स्थानका फोहोर व्यवस्थापनबारे काठमाडौँ महानगरपालिकाका प्रमुखले दिएको अभिव्यक्ति संवैधानिक अधिकारभन्दा बाहिर रहेको भनी आलोचना गर्नुभयो । उहाँले भूटानमा रहेका नेपाली युवायुवतीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा कतिपय दलका नेता तथा पूर्वगृहमन्त्रीका नजिक व्यक्तिको नाम जोडिएकाले त्यसमा संलग्न जो कोहीलाई अनुसन्धान गरी कडा कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।
नेकपा (एमाले)का मुख्य सचेतक पद्म गिरीले पत्रपत्रिकाले नाम उल्लेख गर्दैमा सत्यतथ्य पत्ता नलगाईकन सदनमै रहेको अर्को सदस्यलाई अपराधीकोरूपमा दिइएको अभिव्यक्ति सच्याउन सुझाव दिनुभयो ।
Comments
अरु समाचार
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...
-
चलचित्र पत्रकार संघ सुनसरीमा नयाँ नेतृत्व, अध्यक्षमा सुवास संकल्प श्रेष्ठ र सचिवमा मनोज दाहाल चयन
धरान । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको तेस्रो अधिवेशनले चलचित्र पत्रकार सुवास संकल्प श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा...
-
प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको आधार अपनाउन वरिष्ठ अधिवक्ता भट्टराईको जोड
काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति वरिष्ठताको आधारमा हुनुपर्नेमा जोड दिएका छन्। उनले हाल वरिष्ठताको मापदण्ड...












