डाबर नेपालले नौ अर्ब ६८ करोड थप लगानी गर्ने
काठमाडौं । लगानी बोर्ड र बहुराष्ट्रिय कम्पनी डाबर नेपालबीच निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधकरण परियोजना निर्माण, सञ्चालन र व्यवस्थापनका लागि पुनःलगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बोर्डको कार्यालयमा आज भएको एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको उपस्थितिमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपालका तर्फबाट ‘बिजनेश हेड’ हरकिरतसिंह वेदीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको बोर्डका उपसचिव राजुप्रसाद गुरागाईंले जानकारी दिनुभयो ।
उद्योगको क्षमता वृद्धि तथा उत्पादन विविधकरणको लागि बोर्डको ४९औँ बैठकले २०७८ माघ २५ को बैठकले लगानी स्वीकृत गरेको थियो । डाबर नेपालले पेश गरेको क्षमता वृद्धिसम्बन्धी परियोजना प्रस्तावअनुसार रु नौ अर्ब ६८ करोड थप लगानी गर्नेछ । समझदारीपत्रमा हस्ताक्षरपछि डाबर नेपालका वेदीले नेपालमा आर्जित पूँजीको केही हिस्सा उद्योगको क्षमता विस्तार र पूँजी बढाउन पाउँदा हर्षित भएको बताउनुभएको थियो ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले डाबर नेपालका तर्फबाट हुन लागेको पुनःलगानीले लगानीकर्ताको नेपालप्रतिको विश्वास र व्यवसाय विस्तारको प्रचुर स्म्भावनालाई उजागर गरेको बताउनुभयो । उद्योगमन्त्री रिजालले डाबर नेपालको पुनःलगानीले लगानीकर्ता माझ ठूलो सन्देश प्रवाहित हुने उल्लेख गर्दै नेपालमा लगानी गर्न चासो राख्ने विदेशी लगानीकर्ताले नेपालमा लगानी गरिरहेकाबाट सुन्न र यहाँ सञ्चालित व्यवसाय हेरेर निर्णय लिनसक्ने उल्लेख गर्नुभयो ।
Comments
अरु समाचार
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...












