आजको राशिफल: २०८० साल वैशाख ३० गते शनिवार
काठमाडौं । आज २०८० साल वैशाख ३० गते शनिवार, ज्योतिष शास्त्रमा चन्द्रमाअनुसार दैनिक फलादेश हुने ज्योतिषविद्ले जनाएका छन् । चन्द्रमाअनुसार उनीहरूको दैनिकीका विषयमा भविष्यवाणी गरिन्छ।
मेष: विद्या तथा प्रतिस्पर्धामा अरुनै हावी हुनाले चाहेको सफलता प्राप्त गर्न कठिन हुनेछ । राज्यसँग नजिक रहेर गरीने कुनै पनि काम गर्दा ख्याल गर्नुहोला । व्यापार व्यवसायमा समय लगानी गरेअनुसार प्रतिफल प्राप्त गर्न केहि समय कुर्नु पर्नेछ ।
वृष : आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा धर्म तथा सस्कृतिसँग सम्वन्धित सामानको कारोबार फस्टाएर जानेछ । अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ ।
मिथुन: स्वास्थ्य सबल हुनाले उपलब्धिमुलक कामहरु गरेर दैनिक जीवन फेरिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा गरिएको लगानीबाट भनजस्तो नतिजा आउने हुदा मन प्रसन्न हुनेछ । अध्ययनअध्यापनमा प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने दिदी बहिनीको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जाने तथा आकस्मिक धन प्राप्ति योग रहेकोछ ।
कर्कट : यात्राका क्रममा उपलब्धिमुलक काम गर्न सकिनेछ । औषधि व्यापारमा लगानी गर्नेहरुले मनग्गे आम्दानी गर्न सकिने तथा आर्थिक रुपमा सम्पन्न हुने समय रहेको छ । पढाइलेखाइ बिभिन्न कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पती तथा सवार साधन प्राप्तिको गतिलो योग रहेको छ ।
सिंह : खानपानमा ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या भएर उपचार खर्च बढ्ने योग छ । अध्ययन अध्यापनमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । प्रेम सम्बन्धमा चिसोपन बढ्नेछ ध्यान दिनुहोला । विवादित विषयमा सहभागी नहुनु होला समय मध्ययम रहेको छ । आफन्तसँग मनमुटाव सिर्जना हुनेछ ।
कन्या :आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेको छ भने सेयर बजार तथा सट्टाको व्यवसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइलेखाइमा सुधार भएर जानेछ । शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे धन लाभ हुनेछ । भौतिक सम्पति तथा विलासी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न हुनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा मायामा सामिप्यता बढेर जानेछ ।
तुलाः प्रयत्न गर्दा महत्पपूर्ण कामहरु सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने व्यापार व्यवसाय सुरु गर्न सकिनेछ । आम्दानी बढ्ने हुदा लगानी गर्ने अवसर जुर्नेछ । आफन्त तथा साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
वृश्चिक: वादविवाद तथा मुद्दा मामिलामा सहभागी नहुनु होला । नकरात्मक नतिजा आउनेछ । सकसपूर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यवसायमा सन्तोषजनक प्रगति हुनेछ । सामान्य स्वास्थ्यसम्वन्धी समस्याले सताउने हुँदा काम गर्न असजिलो हुनेछ ।
धनु: समाजमा बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै थेरै कामहरु गर्न सकिनेछ । व्यापारमा वढोत्तरिको योग रहेकोछ । नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउन सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
मकर: कामगरी अरुलाई प्रभावित पार्न सकिनेछ भने समाजमा मानसम्मानमा बृद्धि भएर जानेछ । अध्ययनमा प्रगति हुनेछ भने अरुलाई पछी पार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति गर्नेहरुले राज्यबाट पद पाउने समय रहेकोछ । विलासी वस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउन सकिनेछ । आम्दानीका नयाँ स्रोतहरु फेला पार्न सकिने तथा व्यापार व्यावसायमा लगानी गरी यथेष्ट लाभ लिन सकिनेछ ।
कुम्भः बिदेशबाट सञ्चालित सस्थामा काम पाउने तथा पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । स्वास्थ्य सबल हुनेहुँदा परिणाममुखी काम गरी समाजमा नाम कमाउन सकिनेछ । पढाइलेखाइमा सुधार भएर जानेछ भने प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
मीन : व्यवसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । चाहनाहरु पूरा हुने हुनाले मन चङगा हुनेछ । भुमि,बाहन तथा पैत्रिक सम्पतीको उपयोग गरी थप फइदा लिन सकिनेछ । दाजु तथा अग्रजको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । अध्ययनअध्यापनमा मन जाने हुनाले नयाँ कुराको खोजमा समय बित्नेछ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...











