विश्वका ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा
न्यूयोर्क । विश्वका ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीले सङ्क्रामक रोगसँग जुध्नका लागि ६४ करोड अमेरिकी डलर माग गरेको तर युद्धलाई तीव्रता दिन जति लामो समय लाग्छ, स्थिति त्यति नै खराब हुँदै जाने बताएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले खोप अभियान नराम्ररी प्रभावित भएको जनाएको छ ।’डब्लुएचओका अनुसार ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा छन्,’ डब्लुएचओका कार्यक्रम व्यवस्थापक हेनरी ग्रेले भन्नुभयो । यस वर्ष अहिलेसम्म २४ देशमा हैजाको प्रकोप देखिएको छ भने गत वर्षको मे महिनामा १५ देशमा हैजाको प्रकोप देखिएको थियो ।
पछिल्लो समय हैजाबाट सामान्यतया प्रभावित नभएका देशहरू प्रभावित भइरहेका छन् र मृत्युदर १०० भन्दा धेरै बढी छ । गरिबी, द्वन्द्व, जलवायु परिवर्तन र त्यसले निम्त्याएको जनसङ्ख्या विस्थापनका कारण सङ्क्रमण बढेको ग्रेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हैजाबाट प्रभावित देशहरूको सङ्ख्या बढ्दै जाँदा, रोकथाम र प्रतिकार्यका लागि उपलब्ध स्रोतहरू अझ कम फैलिएका छन् ।ओरल हैजाको भ्याक्सिन एउटा उदाहरण हो । यस वर्ष एक करोड ८० लाखभन्दा बढी डोज माग गरिएको छ तर ८० लाख मात्र उपलब्ध गराइएको छ र त्यसैले रोकथामका अभियानहरू रोकिएका छन् ।’ ग्रेले भन्नुभयो,’पूर्ण दुई डोजको साटो पहिलो खोप सबैलाई दिने र हैजाको प्रभावलाई नियन्त्रण गर्ने प्रयास गरिएको छ ।’ ‘यो दृष्टिकोण अन्धकारमय छ,’ उहाँले भन्नुभयो ।
डब्लुएचओले आगामी १२ महिनामा ४० भन्दा बढी देशका लागि १६ करोड अमेरिकी डलर उपलब्ध गराउने लक्ष्य राखेको छ । यसले संयुक्त राष्ट्र सङ्घीय बाल निकाय युनिसेफसँग समन्वय गरेर काम गरिरहेको डब्लुएचओले हैजाको समस्यालाई नियन्त्रण गर्न ४८ करोड अमेरिकी डलर आवश्यक रहेको जनाएको छ ।
युनिसेफका जनस्वास्थ्य आपतकालीन एकाइका प्रमुख जेरोम फाफम्यान जाम्ब्रुनीले गत नोभेम्बरमा युनिसेफले हैजा नियन्त्रणका लागि १५ करोड अमेरिकी डलर मागेको उल्लेख गर्नुभयो ।जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘यो सावधानीको लागि सूचना हो ।’
उहाँले थप्नुभयो, ‘महामारीले हाम्रो अगाडि गरिबको ज्यान लिइरहेको छ र यसलाई कसरी रोक्ने भन्ने हामीलाई ठ्याक्कै थाहा छ तर हामीलाई विश्व समुदायबाट थप सहयोग र कम जडता को आवश्यकता छ । यदि हामीले अहिले नै कदम चालेनौं भने यो अझ खराब हुनेछ ।’ हैजा सामान्यतया दूषित खाना वा पानीको माध्यमबाट सर्ने एक रोग हो । विशेष गरी साना बच्चाहरूको लागि जोखिम निम्त्याउने यो रोगका कारण झाडापखाला र उल्टी हुने गर्छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...











