आजको राशिफल: २०८० साल जेठ ९ गते मंगलवार
मेष :राम्रो परिश्रम गरि काम सम्पन्न गरेपनि अपजश हरु आईलाग्न सक्नेछ । प्रेम सम्बन्ध सकारात्मक रहनेछ । विद्यार्थी वर्गका लागि पनि यो साता शुभ रहेको छ। शुक्रबार र शनिबार भने कमजोर रहेका छन । । यी दिनहरुमा कुनै पनि महत्वपुर्ण कार्यको शुरुवात नगर्नु एवं लगानी नगर्नु उत्तम हुनेछ ।
बृष: विशेष गरि सञ्चार तथा प्रविधिसँग सम्बन्धित क्षेत्रको कारोबार बाट लाभ हुनेछ । नोकरी गर्नेहरुका लागि पनि शुभ समय रहने देखिन्छ । कार्यस्थलमा तपाईको कार्यको सराहना हुनेछ । विद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । प्रेम तथा पारिवारिक जीवन पनि सुखद रहनेछ । विशेष गरि आफ्नो जीवनसाथीबाट भरपुर साथ र सहयोग हुनेछ । प्रेमीसँग सामान्य मतभेद देखिन सक्नेछ।
मिथुन: सन्तानबाट सुख प्राप्त हुनेछ । प्रशस्त धन आर्जन हुने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीभाईसँग रमाईला पलहरु व्यतित हुनेछन । सहकर्मी साथीबाट सहयोग प्राप्त हुनेछ । यो साता परिवारका सदस्य बीच एकआपसमा विवाद देखिन सक्नेछ । जीवनसाथीसँग सामान्य सम्बन्ध रहनेछ । सुमधुर सम्बन्धका लागि जिम्मेवार हुनु आवश्यक देखिन्छ । यो साता प्रेम सम्बन्ध सुमधुर रहनेछ । एक आपसमा विश्वास बढ्नेछ भने आपसी समझदारी कायम रहनेछ । विद्यार्थीका लागि अध्ययन कार्यमा मन जानेछ । तपाईको परिश्रम अनुसार नै सफलता मिल्ने योग छ ।
कर्कट: आफ्ना साथीभाईबाट महत्वपुर्ण सहयोग प्राप्त हुनेछ । विरोधीहरु पराजित हुनेछन् । नोकरी गर्ने हरुका लागि नयाँ काम सिक्न पाईने अवसर हुनेछ । आफ्नो प्रेमीको हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाईमा विभिन्न बाधा एवं समस्याहरु देखिन सक्नेछन् । चुनौतिहरु लाई पार लगाउँदै पढाईमा मन लगाउनु जरुरी छ । मंगलबार र बुधबार भने तपाईका लागि कमजोर दिन रहनेछन । यि दिनहरुमा अनावश्यक खर्च बढ्न सक्नेछ ।
सिंह : पारिवारमा सकारात्मक वातावरण हुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । सामाजिक एवं राजनीतिक क्षेत्रमा समेत तपाईको उचाई बढ्नेछ। तपाईका विरोधीहरुको मनोवल कमजोर रहने देखिन्छ । विद्यार्थीको पढाईमा मन जानेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । आफ्नो सुखदुखमा प्रेमीको साथ र सहयोग प्राप्त हुनेछ । साताका अन्त्य तिरका दिनहरु शुक्रबार र शनिबार भने अनावश्यक धन खर्च हुने एवं चिन्ता बढ्ने योग छ । यी दिनहरुमा कुनैपनि महत्वपुर्ण कार्यको शुरुवात नगर्नु उत्तम हुनेछ ।
कन्या: प्रशस्त धन आर्जन हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ हुनेछ। नोकरी गर्नेहरुका लागि साता सफल रहनेछ । कामको जिम्मेवारी बढ्न सक्नेछ । पारिवारिक जीवन सुमधुर रहनेछ । सुख दुखमा जीवनसाथीको सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाईमा प्रतिकुल समय देखिन्छ । मन चञ्चल भएर पढाईमा ध्यान केन्द्रित नहुन सक्छ । सचेत रहनुहोला । प्रेम सम्बन्ध सुमधुर रहनेछ ।
तुला :मंगलबारदेखि चन्द्रमाको गोचर भाग्य स्थानमा हुने हुनाले अवस्थामा सुधार हुनेछ । धार्मिक एवं सामाजिक कार्यमा तपाईको रुचि बढ्नेछ । तपाईको परिश्रमको उचित मुल्य प्राप्त हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ र धन आर्जन हुनेछ । शत्रु पराजित हुनेछन भने स्वास्थ्य अवस्था पनि सकारात्मक रहनेछ। परिवारमा सामान्य विवादहरु देखिन सक्नेछन । विद्यार्थी वर्गका लागि पनि यो साता उत्तम रहेको छ । तुलनात्मक रुपमा आईतबार र सोमबार भने कमजोर दिनहरु रहेका छन् ।
वृश्चिक :आफ्नो बोली र व्यवहारमा संयमता अपनाउनु होला । अन्य दिनहरु भने शुभ रहेका छन । धन लाभ हुनेछ ।सरकारी क्षेत्रबाट साथ र सहयोग मिल्न सक्नेछ । आफ्ना साथीभाईबाट सहयोग प्राप्त हुनेछ । आम्दानी बढनेछ । परिवारमा मेलमिलाप हुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । विद्यार्थीका लागि हेर्दा सकारात्मक समय रहनेछ।
धनु: साझेदारीका कार्यबाट समेत उचित मुनाफा आर्जन हुनेछ । सामाजिक कार्यमा सरिक भइनेछ । आध्यात्मिक कार्यबाट मन प्रशन्न रहनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ अध्ययन अध्यापन कार्य सफल रहनेछ । प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ । यो साता कुटुम्ब पक्षबाट समेत साथ र सहयोग प्राप्त हुन सक्नेछ । विद्यार्थीका लागि अनुकुल रहेको छ तपाईको परिश्रमको पुरा मुल्य प्राप्त हुनेछ । शुक्रबार र शनिबार भने स्वास्थ्य कमजोर हुने एवं धनखर्च बढ्न सक्नेछ ।
मकर: उच्च स्तरकमा बौद्धिक व्यक्तित्वहरु सँग सहकार्य गर्न अवसर जुट्नेछ । सामाजिक ईज्जत र प्रतिष्ठा बढ्नेछ । व्यापार व्यवसायबाट आर्थिक अवस्था मिश्रित रहने देखिन्छ । मनमा जाँगर र उत्साह कायम रहनेछ । प्रेम तथा पारिवारिक जीवनमा सामान्य समस्याहरु देखिन सक्नेछन् । जीवनसाथीबाट भने सुखदुखमा राम्रो साथ र सहयोग प्राप्त हुनेछ। विद्यार्थीको पढाईमा विभिन्न कारणले उतारचढावहरु आउन सक्नेछन् । आफ्नो पढाईमा सचेत हुनु आवश्यक छ।
कुम्भ : तपाईको रचनात्मक विचार एवं सिर्जनशीलताको प्रतिष्ठित व्यक्तित्वहरु बाट सराहना हुनेछ । धार्मिक एवं सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठामा वृद्धि हुनेछ । नोकरी गर्नेहरुका लागि पनि शुभ समय रहनेछ । प्रेम तथा पारिवारिक जीवन सुमधुर रहनेछ। विद्यार्थीको पढाई मन जानेछ । तपाईको परिश्रम अनुसार नै अंक प्राप्त हुने योग छ । आईतबार र सोमबार तपाईका लागि कमजोर दिनहरु भएकाले कुनैपनि महत्वपूर्ण कार्यको शुरुवात यी दिनहरुमा नगर्न उत्तम हुनेछ ।
मीन : व्यापार व्यवसायमा उतारचढावहरु देखिन सक्नेछन् । तर मंगलबार र बुधबार भने घरपरिवारका कारण चिन्ता बढ्न सक्नेछ । तर पनि जीवनसाथीको सहयोगले आत्मविश्वास भने कायम नै रहनेछ । नोकरी गर्ने हरुका लागि शुभ समय छ । कार्यस्थलमा तपाईको बलियो प्रभाव रहनेछ । यो साता प्रेम सम्बन्ध मिश्रित रहनेछ । विद्यार्थीको पढाईमा पनि मध्यम अवस्था रहनेछ । सहि योजनाका साथ निरन्तर परिश्रम आवश्यक देखिन्छ ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...












