विश्वकप क्वालिफायर तयारीका लागि सन्दिपको अफ्रिका यात्रा अन्यौलमा
काठमाडौं । जिम्बावेमा हुने विश्वकप क्वालिफायरको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टीम मंगलबार बेलुकी दक्षिण अफ्रिकातर्फ प्रस्थान गर्दैछ । तर, टीमका प्रमुख खेलाडी सन्दीप लामिछाने दक्षिण अफ्रिका जाने वा नजाने अझै टुंगो लाग्न सकेको छैन । जिल्ला अदालतमा विचाराधीन मुद्दामा एकपछि अर्को सुनवाई स्थगित हुँदा सन्दीपको दक्षिण अफ्रिका र जिम्वावे भ्रमण अन्योलमा परेको हो । फैसलाको चरणमा पुगे पनि जिल्ला अदालतका न्यायाधीशहरुले विभिन्न बहानामा लगातार पेशी सारिरहेका छन् ।
पछिल्लोपटक गत आइतबारका लागि तोकिएको पेशीमा न्यायाधीसले पहिले आइसकेका कागजातहरु फेरि दोहोर्याएर पेश गर्न आदेश दिँदै सुनवाई स्थगित गरे । अर्को पेशी आगामी मंगलबारलाई तोकिएको छ । अदालतमा मुद्दाको सुनवाई र फैसलामा अनावश्यक बिलम्ब हुँदा सन्दीप निराश बन्दै गएको निकटस्थ स्रोतले बतायो । मंगलबारको सुनवाई समेत स्थगित भएको खण्डमा उनी दक्षिण अफ्रिका नजाने मनस्थितिमा रहेको स्रोतको दाबी छ । हिजो नेपाल क्रिकेट संघ ९क्यान० का पदाधिकारीसँग भएको छलफलमा पनि उनले आफ्नो गुनासो राखेका थिए ।
‘मुद्दा किनारा नलाग्दा निरन्तर मानसिक दवाव र तनावका बीच मैदानमा पफर्मेन्स गर्न गाह्रो हुन्छ,’ सन्दीपको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । क्यानले भने सन्दीपलाई जसरी पनि दक्षिण अफ्रिका लैजानका लागि प्रयास गरिरहेको छ । क्यानका प्रवक्ता दुर्गाराज पाठकले सन्दीप नेपाली टिमको अत्यन्त महत्वपूर्ण खेलाडी भएकाले उनलाई टिममा छुटाउँदा महंगो पर्न सक्ने बताए ।
‘हाम्रोतर्फबाट सबै पहलहरू भइरहेका छन्, आशा छ कि उनी दक्षिण अफ्रिका र जिम्बाबेको भ्रमणमा जाने टिममा हुनेछन्,’ उनले भने । तर, धेरै कुरा मंगलबारको पेशीमा निर्भर रहने देखिएको छ । यदि त्यस दिन सुनवाई अघि बढ्यो भने सन्दीप नेपाली टीममा उपलब्ध हुनेछन् । भएन भने उनलाई दक्षिण अफ्रिका नजान कानूनी टीमले पनि सल्लाह दिएको छ ।
फौजदारी मुद्दामा पेशीको २१ दिनभित्र अदालतमा आरोपी आफैं उपस्थित भएर तारेख बुझ्नुपर्ने हुन्छ । अन्यथा अदालतमा राखेको धरौटी जफत हुने प्रावधान छ । सन्दीप २० लाख रुपैयाँ धरौटी राखेर छुटेका हुन् । दक्षिण अफ्रिका र जिम्बाबेको भ्रमण झण्डै डेढ महिनाको छ । डेढ महिनासम्म अदालतमा उपस्थित नहुँदा २० लाख धरौटी जफत हुने भएकाले प्राविधिक कठिनाइ भएको हो ।
सन्दीपका तर्फबाट बहस गरिरहेका अधिवक्ता सरोज घिमिरेले सन्दीपको दक्षिण अफ्रिका जाने वा नजानेबारे मंगलबार नै निधो हुने बताए । ‘मंगलबार पनि सुनवाई भएन भने हामीले दक्षिण अफ्रिका नजान उहाँलाई सुझाव दिएका छौं,’ उनले भने, ‘विदेशबाट २१–२१ दिनमा नेपाल फर्किएर अदालत हाजिर हुने कुरा अव्यवहारिक हुनुका साथै यसले अनावश्यक मानसिक दवाव मात्रै थपिन्छ ।’ दोस्रो विकल्प भनेको सन्दीप दक्षिण अफ्रिका नगएर सिधै जिम्बाबे जाने हो । जिम्बाबेमा हुने विश्वकपको ग्लोबल क्वालिफायरमा नेपालको पहिलो अभ्यास खेल ३० जेठमा छ ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












