त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्टिय रंगशाला बनाउने सरकारको तयारी
काठमाडौं । सरकारले कीर्तिपुस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानलाई अन्तरराष्ट्रियस्तरको रङ्गशालाका रुपमा विकास गर्ने भएको छ । अर्थमन्त्री डा. रामशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै त्रिवि क्रिकेट मैदानमा आगामी आर्थिक वर्षभित्र फल्ड लाइट राख्ने काम सम्पन्न गर्ने घोषणा गरेका छन् । उनले निर्माणाधीन मूलपानी क्रिकेट रङ्गशाला निर्माण सम्पन्न गर्न बजेटको व्यवस्था गरेको बताए ।
अर्थमन्त्री महतले काठमाडौँको सुवर्णशम्शेर रङ्गशाला, कैलालीको फाप्ला क्रिकेट रङ्गशाला, बैतडीको दशरथचन्द क्रिकेट रङ्गशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको निर्माण कार्य अगाडि बढाउन बजेट छुट्याएको बताए ।उनले सार्वजनिक निजी साझेदारीमा प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, अल्ट्रा म्याराथन लगायतका साहसिक खेलकुदका खेल पूर्वाधार निर्माणको व्यवस्था गरिने बताए ।
अर्थमन्त्री महतले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोषमार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था मिलाएको बताए । उनले नेपाल क्रिकेट सङ्घ ९क्यान०, नेपाल ओलम्पिक कमिटी, अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० लगायतका विभिन्न खेलकुद सङ्घको क्षमता विकास गरी खेलकुद प्रतियोगिता सञ्चालनका लागि प्रोत्साहन गर्ने बताए । सरकारले १९औँ एसियाली खेलकुद प्रतियोगिता र दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि बजेट छुट्याएको छ भने निर्माणाधीन धनगढी, पोखरा, इटहरी र नेपालगगञ्जको प्रदेश रङ्गशाला र कभर्डहलको निर्माण सम्पन्नका लागि बजेटको व्यवस्था गरिएको छ ।
Comments
अरु समाचार
-
अधिकांश क्षेत्रमा रास्वपाकाे अग्रता, कांग्रेस र एमाले धेरै पछाडि
काठमाडौं । देशभर जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अधिकांश क्षेत्रमा अग्रता लिएको छ। यो समाचार तयार...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खसेकाे आयोगको औपचारिक घोषणा
काठमाडौं । निर्वाचन आयोगले बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको जनाएको छ। आयोगका कार्यवाहक प्रमुख रामप्रसाद...
-
खाडी देशमा रहेका झन्डै १६ हजार नेपालीहरूको विवरण सङ्कलन
काठमाण्डौ । खाडी देशहरुमा चलिरहको युद्धपछि सरकारले त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे नियमित रूपमा विवरण सङ्कलनको काम गरिरहेको छ । परराष्ट्र...
-
उत्साहपूर्वक मतदान जारी, ६५ प्रतिशत मत खस्ने आयोगको अनुमान
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् । मतदान गरेपछि...
-
काठमाडौंमा मतदान गरेर हेलिकोप्टरबाट झापा गए बालेन
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा प्रस्थान गरेका छन् । त्रिभुवन विमानस्थल प्रहरी स्रोतका अनुसार उनी केहीबेरअघि...
-
प्रधानमन्त्री कार्कीले धापासी मतदान केन्द्र पुगेर गरिन् मतदान
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । बिहीबार बिहानै काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेकी...
-
प्रतिनिधिसभा निर्वाचन : छमध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान...
-
चुनाव बिथोल्ने कुनै तत्व छैन, ढुक्क भएर मतदान गर्नुस्ः निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले चुनाव बिथोल्ने कुनै तत्व नरहेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ ।निर्वाचन आयोगका...











