घण्टीकी सांसद सोविताले गरिन बिहे
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले विवाह गरेकी छन् । दुई साताअघि विवाह गरेर सोविता श्रीमान गृहेन्द्र घिमिरेसँगै यतिखेर जापान घुममाममा रहेको बताइएको छ ।
प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालका नाताले भानिज गृहेन्द्र चितवनका हुन् । उनकी जेठी श्रीमती र छोरी अमेरिकाको टेक्सासमा रहेको बुझिएको छ । कतिपयले व्यापार व्यवसायमा लागेका घिमिरेका छोरा भने नेपालमै रहेको बताएका छन् ।
सोवितासँग लामो समयदेखिको प्रेम सम्बन्धका कारण गृहेन्द्रको जेठी श्रीमतीसँगको घरबार बिग्रेको भन्नेहरु पनि भेटिएका छन् । सञ्चारकर्मी तथा राजनीतिक विश्लेषक डा. प्रदीप भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आखिर रवि जस्तो,सोविता त्यस्तै । भेडा भेडासँगै,बाख्रा बाख्रासँगै भनेको यही हो ।’
ठेकेदार र व्यवसायीको रुपमा परिचित घिमिरे गृष्मा ब्रोडकास्टिङका अध्यक्ष पनि हुन् । विगतमा सोविता पनि सञ्चारकर्मी थिइन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले आफ्नो नामको अगाडिको अक्षरबाट गृष्मा कम्पनी खोलेको अनुमान लगाइएको छ ।
काठमाडौं २ निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा विजयी गौतम पार्टी कामको सिलसिलामा जापान गएकी हुन् । विवाहपछि श्रीमान गृहेन्द्र पनि उनीसँगै उतै गएको बताइन्छ ।
सांसद सोविता कानुनको विद्यार्थीसमेत हुन् ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खसेकाे आयोगको औपचारिक घोषणा
काठमाडौं । निर्वाचन आयोगले बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको जनाएको छ। आयोगका कार्यवाहक प्रमुख रामप्रसाद...
-
खाडी देशमा रहेका झन्डै १६ हजार नेपालीहरूको विवरण सङ्कलन
काठमाण्डौ । खाडी देशहरुमा चलिरहको युद्धपछि सरकारले त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे नियमित रूपमा विवरण सङ्कलनको काम गरिरहेको छ । परराष्ट्र...
-
उत्साहपूर्वक मतदान जारी, ६५ प्रतिशत मत खस्ने आयोगको अनुमान
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् । मतदान गरेपछि...
-
काठमाडौंमा मतदान गरेर हेलिकोप्टरबाट झापा गए बालेन
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा प्रस्थान गरेका छन् । त्रिभुवन विमानस्थल प्रहरी स्रोतका अनुसार उनी केहीबेरअघि...
-
प्रधानमन्त्री कार्कीले धापासी मतदान केन्द्र पुगेर गरिन् मतदान
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । बिहीबार बिहानै काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेकी...
-
प्रतिनिधिसभा निर्वाचन : छमध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान...
-
चुनाव बिथोल्ने कुनै तत्व छैन, ढुक्क भएर मतदान गर्नुस्ः निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले चुनाव बिथोल्ने कुनै तत्व नरहेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ ।निर्वाचन आयोगका...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...











