भ्रमणले प्रधानमन्त्री तहमा विश्वासको वातावरण बढाएको छ– परराष्ट्रमन्त्री साउद (अन्तर्वार्ता )
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किनु भएको छ । प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता भएर नेपाल र भारतबीच विभिन्न द्विपक्षीय सम्झौता एवं समझदारी भएका छन् । यो उच्चस्तरीय भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्याउने नेपाल सरकारको विश्वास छ । प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित रहेर राष्ट्रिय समाचार समिति ९रासस०का विशेष समाचारदाता रमेश लम्सालले भारतको मध्यप्रदेश इन्दौरमा पराष्ट्रमन्त्री एनपी साउदसँग गर्नुभएको अन्तर्वार्ताको सम्पादित अंशः
–प्रधानमन्त्रीको भारत भ्रमणलाई यहाँले कसरी लिनुभएको छ र ?
सम्मानीय प्रधानमन्त्रीज्यूको भारत भ्रमण सम्पन्न भएको छ । दुई देशका बीचको पुरानो, घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई यो भ्रमणले अगाडि बढाएको छ । यो भ्रमणका क्रममा विभिन्न समझदारी र सम्झौता भएका छन् । यसले नेपाल–भारत पारस्पारिक विकासका लागि राम्रो दृष्टान्त दिएको छ । ऊर्जाको विकास र व्यापारका सम्बन्धमा पनि भारतसँग ऐतिहासिक सहमति भएको छ । यो सहमतिले नेपालभित्र भारतीय र अन्य लगानी आउने विश्वास बढाएको छ । नेपालमा उत्पादन भएको विद्युत् बङ्गलादेशमा पनि पठाउन सक्नेछौँ । त्यसले नेपालको बृहत् आर्थिक विकासमा योगदान पु¥याउनुका साथै भारतसँगको व्यापार घाटालाई पनि न्यूनीकरण गर्नेछ । सबै विषय सकारात्मक छन् । पारवहन सम्झौता नवीकरण भएको छ । पारवहनबाहेक अन्य ‘इन्ट्री प्वाइन्ट’हरुको कुरा, चेक प्वाइन्टको कुरा छ । यसलाई हामीले सकारात्मकरुपमा लिएका छौँ ।
–विद्युत् व्यापारसम्बन्धी सम्झौताले वैदेशिक लगानीकर्तालाई अब नेपालमा लगानीका लागि अवसर छ भन्ने सन्देश प्रवाह गरेको हो ?
विद्युत्मा अर्बौं लगानी गर्नुपर्ने हुन्छ । कुनै पनि लगानीकर्ताले उसको बजार सुनिश्चित नहुँदासम्म लगानी गर्न सक्दैन । सिद्धान्ततः भारतले नेपालको विद्युत् किन्न स्वीकार गरेको छ । आउँदो १० वर्षभित्र १० हजार मेगावाट बिजुली किन्ने लक्ष्य राखेको छ । उहाँहरूले २५ वर्षसम्म किन्ने प्रत्याभूति दिनुभएको छ । आवश्यकताअनुसार आउने १० वर्षमा बढ्दै जाने सहमति भएको छ । दोस्रो भारतीय ग्रीडलाई प्रयोग गरेर हाम्रो विद्युत् बङ्गलादेशसम्म पु¥याउन भारत सहमत भएको छ । त्यसमा हामीले बङ्गलादेशसँग पनि कुरा गरेका छौँ । बङ्गलादेश पनि नेपालका लागि भारतजस्तै महत्वपूर्ण विद्युत् बजार हो । त्यो फाइदा पनि नेपालले लिनसक्ने अवस्था देखिएको छ ।
–नेपाल र भारतबीचको सीमा समस्याका सम्बन्धमा पनि छलफल गरौँ भन्ने विषयमा दुवै देशका प्रधानमन्त्रीबीच कुरा भएको बाहिर आएको छ । त्यसमा के प्रगति भएको हो ?
सीमाको सम्बन्धमा दुवै देशबीचमा लामो समयदेखि सीमासम्बन्धी संयन्त्रले काम गर्दै आएको छ । त्यसमा नक्साको काम पनि भइरहेको छ । सहमति हुन नसकेको स्थानमा कूटनीतिक एवं राजनीतिक तहमा आवश्यक निर्णयमा पुग्नुपर्ने देखिन्छ । यतिञ्जेलसम्म सीमा समस्याका बारेमा नेपालले नै अली बढी आवाज उठाइरहेको देखिन्थ्यो र त्यो स्वाभाविक पनि थियो । अहिले स्वयं भारतका प्रधानमन्त्रीले पनि नेपालसँगको सीमा र अन्य समस्याका विषयमा भारत समाधान गर्ने दिशामा अगाडि बढ्नेछ भन्नुभएकाले यसले नेपालसँगको सम्बन्धलाई भारतले नयाँ सिराबाट हेर्न खोजेको देखिन्छ । हाम्राबीचमा भएका विवादलाई टुङ्याएर दुई देशको मैत्रीपूर्ण सम्बन्धलाई अरु अगाडि बढाउन खोजेको स्पष्ट देखिन्छ ।
–भ्रमणअघि नेपालमा प्रबुद्ध व्यक्तिहरुको समूह ९इपिजी० को प्रतिवेदनको विषयलाई लिएर अनेक खालका टिप्पणी भइरहेको थियो, द्विपक्षीय भेटवार्तामा त्यस विषयले प्राथमिकता पायो कि पाएन र ?
इपिजी प्रतिवेदन दुवै देशका सरकारबाट गठित प्रबुद्ध व्यक्तिहरुको समितिले तयार गरेको हो । त्यो प्रतिवेदनप्रति हाम्रो नैतिक जवाफदेही हुन सक्दछ । तर त्यसको कार्यान्वयनको कुरा दुवै देश सहमत नहुँदासम्म सम्भव छैन । त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा नेपाल सकारात्मक छ । हामीले त्यो प्रतिवेदन पढिसकेका छैनौँ । तर त्यसमा जिम्मेवार बौद्धिक व्यक्तित्वहरु हुनुहुन्छ, त्यसका कारण उहाँहरुले सहमति दिएका कुरामा हामीलाई विश्वास छ । सँगसँगै भारतले त्यसलाई बुझिसकेको अवस्था छैन । भारतले किन बुझेन, कसरी बुझेन भन्ने कुराकाबारेमा पटकपटक नेपालको राजकीय तहमा कुरा भएको छ । उनीहरुले त्यसका बारेमा जवाफ दिनुपथ्र्यो । विगतका सरकार जो बहुमत, दुई तिहाइका सरकार थिए उनीहरुले भारतसँग त्यो बेलामा भएको कुराकानीका बारेमा ‘मेमोरी’ हस्तान्तरण भएको छैन । तर यसपटक हामीले इपिजी प्रतिवेदनका सम्बन्धमा भारतको दृष्टिकोण आफैँ आओस् भन्ने सोच लिएर विवादका लागि विवाद मात्रै गर्ने गरेर मुद्दा उठाएनौँ ।
–सीमा समस्यालाई नयाँ ढङ्गबाट अगाडि बढाआँै भन्ने भारतीय प्रतिबद्धता आएको छ, यसलाई कसरी लिने र र?
इपिजी प्रतिवेदन कुनै विवाद होइन, त्यो नैतिक जिम्मेवारीको दस्तावेज हो । दुई वटा देशको सरकारले चाहेर समूह गठन भयो, उनीहरुले प्रतिवेदन दिए, त्यसलाई हामीले पढ्नुपर्छ, पढिसकेपछि जस्ताको तस्तै लागू हुन्छ कि, पुनरावलोकन गर्नुपर्छ त्यसका बारेमा छलफल हुन सक्दछ । तर हाम्रातर्फबाट सकारात्मक छौँ, भारतले त्यसलाई बुझेको छैन, अब इपिजी प्रतिवेदन र सीमाका विषय फरक हुन् । सीमाका विषय संवेदनशील हुन्, नेपालको पनि त्यसमा सरोकार छ । यससम्बन्धमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वयं सकारात्मक जवाफ दिनुभएको छ । यो समस्या धेरै लामो समयसम्म थाँती राख्नुभन्दा पनि समस्या समाधान गर्ने बाटोमा हामी जानुपर्दछ ।
–कञ्चनपुरको चाँदनी–दोधारामा एकीकृत जाँचचौकी निर्माण गर्ने, महाकालीमा पक्की पुल निर्माण गर्ने विषयमा पनि सहमति भएको छ । तपाईं त्यहीको जनप्रतिनिधि हुनुहुन्छ, यसलाई कसरी लिनुहुन्छ ?
दोधरामा सुख्खा बन्दगाहा र एकीकृत जाँचचौकी निर्माण गर्ने कुरामा सहमति भएको छ । डडेल्धुराको पर्शुराम क्षेत्र र दार्चुलाको झुलाघाटमा पक्की पुल बनाउने कुरा भएको छ । केही ठाउँमा तुइन विस्थापित गरेर महाकालीमा झोलुङ्गे पुल बनाउने कुरा गरेका छौँ । त्यसका लागि खर्चको हकमा हामी आफैँ दिन तयार छौँ भनेर स्पष्ट पारेका छौँ ।
–समग्रमा यसपटकको भारत भ्रमण कस्तो रह्यो
धरै हिसाबले यो भ्रमण ऐतिहासक नै छ । पारवहन सन्धिको नवीकरण गरिएको छ । ऊर्जासम्बन्धी सहमतिमा पुगेका छौँ । केही हप्ताभित्रै भारतको ‘क्याबिनेट’ बसेर त्यसलाई अनुमोदन गर्ने विश्वास दिलाउनुभएको छ । विभिन्न सात वटा समझदारीमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री तहमा विश्वासको वातावरण बढाएको छ ।
–पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको सम्बन्धमा ठोस् सहमति हुन सकेन भन्छन् नि ?
पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाका विषयमा केही मुद्दा छन् भन्ने सबैलाई थाहा छ । हामी महाकाली सन्धिअन्तर्गत पञ्चेश्वर परियोजना अघि बढोस् भन्ने चाहन्छौँ । त्यसका लागि सबैभन्दा पहिले विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० बनाउन जरुरी छ । तीन महिनामित्र डिपिआर बनाउने र त्यसपछि पानी बाँडफाँटका विषयलाई समाधान गर्दै जाने भन्ने विषयमा छलफल भएको छ ।
Comments
अरु समाचार
-
Shaping Tomorrow’s Media: Jonathan Ranger Highlights Lessons from China–Nepal Academic Exchange
In this special feature, Editor-in-Chief Sajib Kalakheti sits down with Mr. Jonathan Ranger, a journalism student who recently participated in...
-
एमाले सचिव योगेश भट्टराईले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेकाे लिखित प्रस्तावकाे पूर्णपाठ !
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी र देश गम्भीर संकटमा फसेको निष्कर्षसहित केन्द्रीय कमिटी बैठकमा लिखित धारणा पेश...
-
Nepal-China relations built on trust and peaceful coexistence, says Consul General Niroula
Lhasa, Tibet: On the auspicious occasion marking the 70th anniversary of the establishment of diplomatic relations between Nepal and the...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाकै व्यक्ति केन्द्रित बहस, महान्यायाधिवक्ताको तर्क बलियो बन्दा जवाफमा लाञ्छना
काठमाडाैं । जब मानिसमा तर्कमा बल पुग्दैन, तत्पश्चात् उसले कुतर्क गर्दछ, कतिपय अवस्थामा त मुढे बल प्रयोग गर्दछ । यदाकदा...
-
संवैधानिक अंगका पदाधिकारी नियुक्ति संविधान र कानूनसम्मत भएको वरिष्ठ अधिवक्ताहरूको तर्क हाबी
काठमाडाैं । चर्चित संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्तिविरुद्धको चार वर्षअघिको रिटमा प्रत्यर्थी (संवैधानिक अंगका पदाधिकारी)हरूका कानून व्यवसायीले ओजिलो, तर्कशील र तथ्यपरक...
-
सम्पत्ति शुद्धिकरण विभाग रेकर्ड ब्रेकको योजनामा, तथ्याङ्कले के देखाउँछ ?
काठमाडाैं । सम्पत्ति शुद्धिकरण विभागको स्थापनाकालदेखि अहिलेसम्म ४ हजार ३३ उजुरी दर्ता भएका छन् । विभागमा दर्जा उजुरीमध्ये ८० प्रतिशत...












