नेप्सेमा दोहोरो अकंकाे गिरावट
काठमाडौं । यो साता कारोबारको पहिलो दिन आइतबार ५० अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा दोस्रो दिन आज भने दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १७ दशमलव ३८ अकंले घटेर एक हजार नौ सय ०१ दशमलव ९९ अकंमा कायम भएको हो ।
आज दुई सय ७७ कम्पनीको ५६ लाख २० हजार तीन सय ८१ कित्ता शेयर ३६ हजार पाँच सय ६८ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ९७ करोड ३४ लाख ९१ हजार एक सय सात बराबरको कारोबार भएको छ ।
आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह एक सय २४ दशमलव १४ र उत्पादन तथा प्रशोधन समूह एक सय २१ दशमभलव ३० अकंले घटेको छ । बैंकिङ समूह नौ दशमलव १६, विकास बैंक ५० दशमलव ९५, वित्त १७ दशमलव ३९, होटल तथा पर्यटन ३२ दशमलव ०१, जलविद्युत् ११ दशमलव ५१ र लगानी समूह शून्य दशमलव ५४ अङ्कले घटेको छ ।
त्यसैगरी, लघुवित्त समूह १८ दशमलव ६४, म्युचुअल फन्ड शून्य दशमलव ०३, निर्जीवन बीमा समूह ५७ दशमलव ०६, व्यापार समूह ३६ दशमलव ९४ र अन्य समूह २० दशमलव ६३ अकंले घटेको छ ।
ग्लोबल आइएमइ ब्यालेन्स्ड फन्ड–१ को शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव ०२ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने शिवम् सिमेन्ट लिमिटेडको शेयर मूल्य चार दशमलव ५० प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज शिवम् सिमेन्ट लिमिटेडको रू १९ करोड ८९ लाख ५६ हजार तीन सय ५३ बराबरको चार लाख १४ हजार छ सय १६ कित्ता शेयर किनबेच भएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












