लिग सकिने बेलामा एन्फाले पायो मुख्य प्रायोजक
काठमाडौँ। सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगको अन्तिम १० खेल बाँकी छँदा आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रायोजक पाएको छ ।
कतार एयरवेजले जारी सिजन तथा आगामी सिजनका लागि पनि ‘ए’ डिभिजन लिगका लागि एन्फासँग सम्झौता गरेको हो ।
एन्फाका प्रवक्ता सुरेश शाहले जारी सिजनको लिगका लागि कतार एयरवेजले ५० हजार अमेरिकी डलरको प्रयोजन गरेको बताए । उनका अनुसार आगामी सिजनका लागि भने कतार एयरवेजले १ लाख ५० हजार अमेरिकी डलर प्रदान गर्नेछ ।
‘हामीले सुरुवातबाटै १ लाख ५० हजार डलरको सम्झौताका लागि प्रयास गरेका थियौँ तर उनीहरुको कानूनी प्रकृयाका कारण त्यो सम्भव भएन । तर अन्तिम समयमा जति आयो त्यति लिने भनेर निर्णय गरेका हौँ,’ प्रवक्ता शाहले बताए ।
उनले जारी सिजनको लिगका लागि १२ करोड अनुमानित बजेट रहेको छ र मुख्य प्रायोजकबाट आएको रकम लिगमै खर्च हुुने बताए ।
जारी सिजनको लिग भने एक खेलअगावै चर्च ब्वाइज युनाइटेड फुटबल क्लबले जितिसकेको छ ।
Comments
अरु समाचार
-
मनिष झाभन्दा धेरै मतकाे अन्तरमा पछाडि परे विमलेन्द्र निधि
जनकपुर । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झाले अग्रता बढाउँदै लगेका छन्।...
-
निर्वाचनका दिन देशबाट एक हजारभन्दा बढी यात्रु बाहिरिएकाे तथ्यांक
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनका दिन देशबाट एक हजारभन्दा बढी यात्रु बाहिरिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहीबार मतदानका...
-
अधिकांश क्षेत्रमा रास्वपाकाे अग्रता, कांग्रेस र एमाले धेरै पछाडि
काठमाडौं । देशभर जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अधिकांश क्षेत्रमा अग्रता लिएको छ। यो समाचार तयार...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खसेकाे आयोगको औपचारिक घोषणा
काठमाडौं । निर्वाचन आयोगले बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको जनाएको छ। आयोगका कार्यवाहक प्रमुख रामप्रसाद...
-
खाडी देशमा रहेका झन्डै १६ हजार नेपालीहरूको विवरण सङ्कलन
काठमाण्डौ । खाडी देशहरुमा चलिरहको युद्धपछि सरकारले त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे नियमित रूपमा विवरण सङ्कलनको काम गरिरहेको छ । परराष्ट्र...
-
उत्साहपूर्वक मतदान जारी, ६५ प्रतिशत मत खस्ने आयोगको अनुमान
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् । मतदान गरेपछि...
-
काठमाडौंमा मतदान गरेर हेलिकोप्टरबाट झापा गए बालेन
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा प्रस्थान गरेका छन् । त्रिभुवन विमानस्थल प्रहरी स्रोतका अनुसार उनी केहीबेरअघि...
-
प्रधानमन्त्री कार्कीले धापासी मतदान केन्द्र पुगेर गरिन् मतदान
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । बिहीबार बिहानै काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेकी...











