नेप्से परिसूचक पाँच अङ्कले उकालो लाग्यो
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच अङ्कले उकालो लागेर दुई हजार ४२ दशमलव शून्य सातमा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३० अङ्कले ओरालो लागेर तीन सय ८३ दशमलव ३९ अङ्कमा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूह मध्ये छ उपसमूहको शेयर मूल्य उकालो लाग्दा सात उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ । कूल ७८ लाख ९६ हजार चार सय ७८ कित्ता शेयर रू तीन अर्ब १६ करोड २८ लाख १० हजार आठ सय ४३ मूल्यमा कारोबार भएको छ ।
नेप्सेका अनुसार कारोबार आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । उक्त कम्पनीको रू १७ करोड ९३ लाख ४६ हजार बराबरको कारोबार भएको छ । यस्तै, सोल्टी होटल रू १६ करोड चार लाख दुई हजार आठ सय ८१, नेपाल लाइफ इन्स्योरेन्स रू १४ करोड ९१ लाख १७ हजार एक सय ६१, आइजीआई पुडेन्सियल इन्स्योरेन्स रू ११ करोड ६१ लाख ८७ हजार तीन सय एक र हिमालयन डिस्टिलरी रू नौ कराड ३४ लाख ९४ हजार चार सय ८९ बराबरको कारोबार भइ शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
सिटी होटल नौ दशमलव ९७, अभियान लघुवित्त नौ दशमलव २०, बिपीडब्ल्यू लघुवित्त आठ दशमलव २०, कालिका लघुवित्त आठ दशमलव शून्य छ र सोल्टी होटलका लगानीकर्ताले छ दशमलव ८२ प्रतिशतले कमाएका छन् ।
भूगोल इनर्जी पाँच दशमलव ८६, मल्टप्रपोज फाइनान्स कम्पनी तीन दशमलव ८८, मिर्मिरे लघुवित्त तीन दशमलव ८१, साधना लघुवित्त तीन दशमलव ८१, एनएमबी माइक्रोफाइनान्सका लगानीकर्ताले तीन दशमलव ४१ प्रतिशतले गुमाएका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












