जनआस्थासँगकाे मुद्दामा विनाेद चाैधरीले पहिलो पेशीमै हात उठाए
काठमाडाैँ । देशको सारा नियम- कानुनलाई लत्याएर पाइला पाइलामा पैसाको खेलो फड्को गर्दै आएका विनोद चौधरीले आफैंले दायर गरेको मुद्दामा हार स्वीकार गरेका छन् ।
उनले आज ललितपुर जिल्ला अदालतको पहिलो पेशीमै मुद्दा हारको स्वीकारोक्ति गरेका हुन् ।
परिआए थुक र जीब्रोले पनि पैसो थुत्न माहिर भनी चिनिएका चौधरीले कानुन,नीति,नियमलाई सँधै धोती लगाउँदै आएका छन् । माननीयको लोगो भिरेर गर्दै आएका हर्कतले चौधरी कहिल्यै नसुध्रिने अचम्मको व्यक्ति भएको प्रमाणित हुन आएको छ ।
हतार र हतास मनस्थितिमा जनआस्था प्रकाशनविरुद्ध मुद्दा दायर गर्ने उनको पहिलेदेखिको बानी र लहडको निरन्तरता हो । कुपण्डोल नजिकै बखुण्डोल हाइटस्थित यसअघि समिट होटल भएको स्थानमा आलिशान अपार्टमेण्ट बनाउन लागिएको छ । सोको जग खन्ने क्रममा स्थानीय छिमेकीको घर भत्केको,कैयौंले दुःख पाएको समाचार सप्रमाण जनआस्थाले प्रकाशित गरेको थियो ।
“अस्ति शुक्रबारको भुुटानी शरणार्थी प्रकरणमा ठूला ठालुलाई समेत जेल पठाउने आदेशबाट सबै न्यायाधीश बिकाउ छैनन् भन्ने सन्देश प्रमाणित भएको छ । सबै न्यायाधीश इमान बेच्ने खालका छैनन् र स्वाभिमानी न्यायाधीशको नेपालमा कुनै कमि छैन भन्ने कुरा धनेश्वर श्रीमानको इजलासबाट आज चौधरीले पेशी हटाउन लगाएकाले पनि पुनर्पुष्टि भएको छ ।”
सोही समाचारका कारण आफ्नो गाली बेइज्जती भयो भन्ने उनको कुतर्क थियो । रविभक्त श्रेष्ठ र चौधरीको सीजी ग्रुपलगायतको साझेदारीमा समिट लक्जरियस अपार्टमेन्ट बनाउन लागिएको हो ।
केही महिनाअघि सोही अपार्टमेण्टको फाउण्डेसन वरिपरि गहिरो भागमा पर्खाल लगाउने क्रममा केही घर भत्किए । केही बस्नै नमिल्नेगरी चर्किए । उक्त अपार्टमेन्टको कारण झण्डै एक दर्जन घरधनीको बेहाल भएको छ । नियम र प्रक्रिया मिचेर उक्त भवन बनाउन लागिएको स्वयम् ललितपुर महानगरपालिकाले नै जनाइसकेको छ । चौधरीलगायतले नक्सा पास नगरेको र मापदण्ड मिचेर बनाउन लागेको सोही भवनसम्बन्धी समाचारका कारण गाली बेइज्जतीको मुद्दा बोकेर उनी अदालत गएका हुन् ।
तर ललितपुर जिल्ला अदालतमा आफैंले हालेको मुद्दाको पहिलो पेशी चौधरीले एकाएक स्थगित गरेका छन् । यसरी स्थगित गर्ने कुरा कानुन र कानुनी भाषामा आठौं आश्चर्य हो । ‘अचम्मै हो यो,यस्तो प्राय:हुँदैन,’ अदालतका एक जना अधिकृतले भने, ‘पहिलो पेशी प्रमाण मुकर्रर पेशी हो । यसमा साक्षी प्रमाण झिकाउने आदेश हुन्छ । यसरी आदेशै दिने पेशी स्थगित गर्नु नै रहस्यमय छ ।’
यसअघि उनै चौधरीले यसरी नै उच्च अदालत पाटनमा जनआस्थाविरुद्ध मुद्दा दायर गरेका थिए । ती दुई वटै मुद्दामा उनको पराजय भएको छ । जिल्लामा अझै उनले हालेका केही मुद्दा बाँकी छन् । तर,ललितपुर जिल्ला अदालतका अधिकांश श्रीमानहरुलाई पनि थाहा छ, अपार्टमेन्टको जग खन्ने क्रममा कति छिमेकीको घर भत्कियो भन्नेबारे । नक्सा पास नगरेको विषयलाई लिएर महानगरपालिकाले हस्तक्षेप गरेको विषय पनि श्रीमानहरुलाई यसअघि नै जगजाहेर भैसकेको बिषय हो ।
उनले दायर गरेको मुध्दामा जनआस्थाको मार्केटिङ डिरेक्टर लोचन खतिवडाविरुद्ध भनिएको छ । जबकि सो नाम र पदको मान्छे जनआस्थासँग न भूतो न भविश्य कहिल्यै आवद्ध छैनन् । ‘यस प्रकाशन गृहसँग हालसम्म लोचन भन्ने व्यक्ति र खतिवडा थरका कुनै कर्मचारी छैनन्,’ लेखा तथा प्रशासन प्रमुख सुरज श्रेष्ठ भन्छन्, ‘जनआस्थाको झण्डै तीन दशकको इतिहासमा लोचनको लो भन्ने मान्छे पनि जोडिएका छैनन् ।’पैसा आउने मुध्दा हुन्थ्यो भने चौधरीले किमार्थ यस्तो महाभूल गर्ने थिएनन् ।
आज धनेश्वर पौडेल श्रीमानको इजलासमा परेको र गाली बेइज्जतीसम्बन्धी आफैँले दायर गरेको मुद्दा इजलास बस्नुअगावै चौधरीले हटाएका हुन् । उनको फ्याट्ट मुध्दा दर्ता गर्ने र ‘मौका ढुकेर बस्ने, कतिबेला अनुकूल छ झ्याप्पै छोप्ने’ मारवाडी काइदाको पर्दाफास भएको छ ।
तर अस्ति शुक्रबारको भुुटानी शरणार्थी प्रकरणमा ठूला ठालुलाई समेत जेल पठाउने आदेशबाट सबै न्यायाधीश बिकाउ छैनन् भन्ने सन्देश प्रमाणित भएको छ । सबै न्यायाधीश इमान बेच्ने खालका छैनन् र स्वाभिमानी न्यायाधीशको नेपालमा कुनै कमि छैन भन्ने कुरा धनेश्वर श्रीमानको इजलासबाट आज चौधरीले पेशी हटाउन लगाएकाले पनि पुनर्पुष्टि भएको छ । ‘ललितपुर जिल्ला अदालतमा उनी अनुकूलका न्यायाधीश छैनन् भन्ने पुनः एक पटक प्रमाणित भएको छ,’ जनआस्थाका कानुनी सहयोगीहरु भन्छन्, ‘यसबाट चौधरीले शुरुमै हार स्वीकारेको देखिन्छ ।’
समाचारबाट ‘अपुरणीय क्षति पुगेको पक्ष’ ले छिटो न्याय खोज्ने कि मुद्दा हाल्दै पेशी सार्दै ढिलो गर्दै जाने ?
Comments
अरु समाचार
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...












