विश्व कप छनाेट: जिम्बावेले नेपाललाई आठ विकेटले हरायो
काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट–२०२३ अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल टेष्ट मान्यता प्राप्त राष्ट्र जिम्बावेसँग पराजित भएको छ । जिम्बावेको हरारे स्पोर्टस क्लबमा भएको खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको हो ।
नेपालले दिएको दुई सय ९१ रनको लक्ष्यलाई जिम्बावेले ४४ दशमलव १ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । जिम्बावेको जितमा क्रेग इर्विनले सर्वाधिक १२१ रनको योगदान दिए । उनले १ सय २८ बलमा १५ चौका र १ छक्कासहित १ सय २१ रनमा अविजित रहेका हुन् ।
त्यस्तै, सेन विलियम्स ७० बलमा १३ चौका र १ छक्कासहित १०२ रनमा अविजित रहे । यसैगरी, जोयलोर्ड गुम्बीले २५ रन बनाए भने वेस्ली माधिवेरीले ३२ रन बनाए । बलितर्फ नेपालका गुलशन झा र सोमपाल कामीले एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९० रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ९९ रनको योगदानन दिए । उनी शतक पूरा गर्नबाट १ रनले चुके । जिम्बावेका वेलिङटन मसाकाट्जाले कुशललाई ९९ रनमा आउट गराए । ९५ बल खेलेका उनले १३ चौका र २ छक्काको मद्दतमा ९९ रनको योगदान गरेका हुन् ।
त्यस्तै, पहिलो विकेटका लागि कुशलले आसिफ शेखसँग १७१ रनको उत्कृष्ट साझेदारी गरे । कुशल र आशिफले ३१ दशमलव ५ ओभरमा १७१ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका हुन् । एकदिवसीय नेपालको खेलमा यो हालसम्मकै उच्च अङ्कको साझेदारी हो । यसअघि गत फेब्रुअरीमा भएको नामिबियाविरुद्धको खेलमा ज्ञानेन्द्र मल्ल र आसिफ शेखले दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए ।
आसिफले ६६ रन बनाए । उनले एक सय बल खेल्दै सात चौकाको मद्दतमा ६६ रन जोडेका हुन् । यसैगरी, कुशल मल्लले ४१ रन जोडे । ४२ बल खेलका उनले तीन छक्का र दुई चौकाको मद्दतमा ४१ रन बनाएका हुन् । आरिफ शेखले १० रन बनाउँदा गुल्सन झाले १३ तथा दीपेन्द्र सिंह ऐरीले ६ रन जोडे । त्यस्तै, करण केसी २ रनमा अविजित रहे ।
बलिङतर्फ जिम्बावेका रिचार्ड नगर्भाले चार विकेट लिए भने विलिङ्टन मासाकाट्जाले दुई विकेट झारे । त्यस्तै, ब्लेसिङ् मुजवानी र टेन्डाई चताराले समान एकरएक विकेट लिए । नेपालले अब आफनो दोस्रो खेल यही असार ५ गते अमेरिकासँग खेल्नेछ ।
एकदिवसीय विश्वकप छनोटमा नेपालसहित विश्वका १० राष्ट्रको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा जिम्बावे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् । त्यस्तै, समूह ‘बी’ मा श्रीलङ्का, आयरल्यान्ड, ओमान, संयुक्त अरब इमिरेट्स ९युएई० र स्कटल्यान्ड छन् ।
सहभागी दुई समूहको लिग खेलपछि सुपर सिक्स हुनेछ । सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टोलीले स्थान बनाउनेछन् । सुपर सिक्सबाट शीर्ष दुई स्थानभित्र रहने टोलीले फाइनल खेल्दै आगामी अक्टोबर–नोभेम्बरमा भारतमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।
Comments
अरु समाचार
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...












