आईसीसी विश्वकप छनोट: अमेरिकाको सामना गर्दै नेपाल
काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज (मंगलबार) अमेरिकासँग खेल्दै छ। पहिलो खेलमा जिम्बावेसँग पराजित भएको नेपाललाई सुपर सिक्समा पुग्न अमेरिकासँगको खेल जित्नै पर्ने दबाब छ।
नेपाल र अमेरिकाबीचको खेल जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबको मैदानमा हुनेछ। खेल नेपाली समयानुसार मध्याह्न १२:४५ बजेदेखि सुरु हुनेछ।
पहिलो खेलमा घरेलु टोली जिम्वाबेसँग ८ विकेटले पराजित भएको नेपालका लगि अब हुने खेलहरु निकै महत्त्वपूर्ण छन्।
प्रतियोगितामा पहिलो जित दर्ता गरी सुपर सिक्समा पुग्ने सम्भावना कायमै राख्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रनेछ। त्यसो त वेस्ट इन्डिजसँग भएको पहिलो खेलमा पराजित भएको अमेरिकालाई पनि दोस्रो खेल जित्नै पर्ने दबाब छ।
नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो। अमेरिका भने वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो।
छनोट प्रतियोगिताअन्तर्त नेपालले तेस्रो खेल असार ७ गते वेष्ट इन्डिजविरुद्ध खेल्नेछ। यस्तै समूह चरणको अन्तिम खेलअन्तर्गत असार ९ गते नेदरल्याण्डस्विरुद्ध खेल्नेछ।
विश्वकप छनोटमा सहभागी १० टोलीहरुलाई २ समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपालसहित आयोजक जिम्बावे नेदरल्यान्ड्स, अमेरिका र वेस्टइन्डिज छन्।
समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, ओमान, युएई र स्कटल्यान्ड छन्। हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन्। जसबाट सुपर सिक्समा अर्को समूहबाट आउने ३ टोलीसँग खेल्नुपर्ने हुन्छ। विश्वकप क्रिकेट यसै वर्षको अक्टोबर तथा नोभेम्बरमा भारतमा आयोजना हुँदैछ।
Comments
अरु समाचार
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...












