५३ अंकले घट्दा पाँच अर्ब आठ करोडको सेयर किनबेच
काठमाडौं ।आज आईतबार नेप्सेमा भिषण पहिरो गएको छ । नेप्से आज ५३ दशमलव ७० अंकले घटेर दुई हजार ९७ दशमलव २९ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव २३ अंकले घटेर तीन सय ९० दशमलव ५२ अंकमा झरेको छ ।
नेप्सेमा आज दुई सय ८६ वटा कम्पनीहरुको ७४ हजार चार सय ४१ पटकको कारोबारमा एक करोड १३ लाख २३ हजार एक सय ८३ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब आठ करोड १९ लाख ७६ हजार एक सय ७९ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २९ दशमलव ८८ अंकले घटेर १२ सय २६ दशमलव ९६ अंकमा झरेको छ भने विकास बैंक समुहको सुचक एक सय ३६ दशमलव २१ अंकले घटेर तीन हजार सात सय ७८ दशमलव चार अंकमा झरेको छ ।
फाईनान्स समुहको सुचक पनि ३८ दशमलव १७ अंकले घटेर १८ सय ५३ दशमलव ९६ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ७९ दशमलव ६८ अंकले घटेर २४ सय ५० दशमलव ७८ अंकमा झरेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि एक सय ५१ दशमलव ३१ अंकले घटेर १२ हजार पाँच सय ६९ दशमलव ९२ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय १३ दशमलव ३२ अंकले घटेर ११ हजार तीन सय २६ दशमलव ५९ अंकमा झरेको छ ।
यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः एक सय ५४ दशमलव ६३, एक दशमलव शुन्य एक, एक सय २९ दशमलव १२, एक सय ९८ दशमलव २५, शुन्य दशमलव १३, ३७ दशमलव ४१ र ६० दशमलव ४४ अंकले घटेका छन् ।
नेप्सेमा आज बिपी डब्लु लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर १४ सय १३ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सिर्जनशील लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ३२ प्रतिशतले घटेर ११ सय २९ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीको भने आज प्रतिकित्ता पाँच सय ४९ रुपैंयाँ अन्तिम मुल्यमा ४२ करोड ५६ लाख ५४ हजार सात सय सात रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...
-
आजदेखि बजेट अधिवेशन, आजै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको...
-
बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित सरकारले ‘सुझाव सङ्कलन पोर्टल’...
-
बजार सुशासनका लागि आजदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने...
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...












