आजको राशिफल : २०८० साल असार १९ गते मंगलवार
मेष: आफन्तको सम्पर्कबाट टाढिनुपर्ला। गलत निर्णयले जरिवानाको स्थितिसम्म पुर्याउने समय रहेकाले सजग रहनुहोला। नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। दिउँसोदेखि काम र आम्दानीमा बाधा हुनेछ भने फजुल खर्च बढ्न सक्छ।
वृष : मध्याह्नदेखि चुनौती चिर्दै काम बनाउन सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
मिथुन : अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। बोली–व्यहारमा संयम रहनुपर्ला। दिउँसोदेखि सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ।
कर्कट : श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। दिउँसोदेखि लाभांश अरूका लागि खर्चनुपर्ने हुन सक्छ। अरूको मुख ताक्नाले काम रोकिन सक्छ।पुरुषार्थी काम प्रारम्भ हुनेछ। दिगो काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले उत्साह जगाउनेछ। मिहिनेतले सामाजिक प्रतिष्ठा दिलाउनेछ।
सिंह : दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सहयोगीहरूले फाइदा दिलाउनेछन्।अरूका काममा श्रम खर्चनुपर्ला। जिम्मेवारी भने बढिरहनेछन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। मध्याह्नदेखि भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ।
कन्या : प्रतीक्षित नतिजा सन्तोषजनक नआउन सक्छ। काममा बाधा हुनेछ। गलत निर्णयले जरिवानाको स्थितिसम्म पुर्याउने समय रहेकाले सजग रहनुहोला।काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। अरूका लागि समय खर्चनुपर्ने समय छ। दिउँसोदेखि स्थितिमा सामान्य सुधार आउनेछ।
तुला : काम बिग्रने परिस्थिति देखिएकाले शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। भेटघाट र उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। दिउँसोदेखि परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य प्रतिकूल रहनेछ।
वृश्चिक :मध्याह्नदेखि रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। मन मिल्नाले प्रेम र मित्रताको बन्धन कसिन सक्छ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्।
धनु : दिउँसोदेखि चुनौती चिर्दै काम बनाउन सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्याहारिक समस्याले योजना रोकिन सक्छ। कामको चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिने समय छ। मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ। तापनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ।
मकर: अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर मिले पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ।
कुम्भ: पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्यालु मन भएकाहरू सँग सन्तुलित व्यवहार गर्नुहोला। आफन्त र साथीभाइले भने साथ दिनेछन्। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत(साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। दिउँसोदेखि पुरानो सम्झौता तोड्नुपर्ने अवस्था आउला ।
मीन : मध्याह्नदेखि स्थितिमा सुधार आउनुका साथै विभिन्न अवसर प्राप्त हुनेछन्। प्रतीक्षित नतिजाले हौसला जगाउनेछ। पारिवारिक जमघटले आनन्दित भइनेछ।व्यवसायमा लगानी बढाउनुपर्नेछ भने अनियन्त्रित खर्चले मन पिरोलिनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। कामको लागत बढ्नेछ। तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्न सक्छ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












