एसीसी यू-१६ इस्ट जोन कपः नरेनको शतकमा मलेसियालाई २५३ रनको लक्ष्य
काठमाडौँ । नरेन भट्टले सानदार शतक बनाएपछि नेपालले एसीसी यू१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा मलेसियाविरुद्ध मजबुत स्कोर बनाएको छ ।
नरेनले ८२ बलमै १ सय रन पूरा गरेपछि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरको खेलमा ८ विकेट गुमाई २ सय ५२ रन बनाएको छ ।
मलेसियामा भइरहेको प्रतियोगितामा नरेन १ सय १२ रन बनाई अविजित रहे । उनले ८९ बल खेल्दै १० चौका र २ छक्का प्रहार गरे । नरेन र सन्तोष यादवले पाँचौं विकेटमा शतकीय साझेदारी गरेपछि नेपाल विशाल स्कोर बनाउन सफल भयो । सन्तोष २६ रनमा आउट भएपछि १ सय ४ रनको यो साझेदारि टुटेको थियो । उनले २९ बल खेल्दै २ चौका प्रहार गरे ।
नेपालले समूहचरणमै पनि मलेसियालाई ८४ रनले पराजित गरेको थियो । तल्लोक्रममा अशोक धामीले ३६ बल खेली ३ चौका र ५ छक्का प्रहार गरेपछि नेपाल ३३।४ ओभरमा १ सय ८३ रनमा अलआउट भएको थियो । जबाफमा आएको मलेसियालाई नेपालले ३०।५ ओभरमा ९९ रनमा अलआउट गरेको गरेको थियो ।
बायुमास ओभल मैदानमा नेपालीले यही उच्च प्रदर्शनलाई निरन्तरता दिएको थियो । यसअघि निरज यादव र सुर्यांशु कोइरालाले पुनः एकपटक नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । यी दुईले आठौं ओभरमा ४१ रन जोडेका थिए । सुर्यांशु दुइ चौका प्रहार गरि २३ बलमा १८ रन बनाई आउट भए । नरेनसँग दोस्रो विकेटमा ५५ रन जोडेका निरज अर्धशतक बनाउन चुके । निरजले ४९ बल खेली ६ चौकासहित ४७ रन बनाए ।
दीप भुजेल ५ र प्रतीक भट्टराई १ रनमा रनआउट भएपछि नेपाल केहि समय दबाबमा परेको थियो । यहीँबाट नरेन र सन्तोषले नेपाली इनिङ्स उकासेका थिए । आफूले सामना गरेको पहिलो बलमै चौका प्रहार गरेका अविषेक तिवारी अर्को बलमा बोल्ड भए । अशोक धामी एक छक्का प्रहार गर्दै ७ बलमा ११ रन बनाई आउट भए । आशिष लोहार २ रनमा बोल्ड भए ।
Comments
अरु समाचार
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...












