घट्यो नेप्से
काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि नेप्से घटेको छ । अघिल्लो दिन झण्डै ४० अंकले घटेको नेप्से आज बिहिबार भने शुन्य दशमलव शुन्य छ अंकले घटेर दुई हजार ४९ दशमलव ३८ अंकमा झरेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५८ अंकले घटेर तीन सय ८२ दशमलव १६ अंकमा झरेको छ । नेप्सेमा आज दुई सय ८० वटा कम्पनीहरुको ६९ हजार छ सय ५५ पटकको कारोबारमा ९७ लाख ५१ हजार नौं सय ८५ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम तीन अर्ब सात करोड ७४ लाख ९८ हजार तीन सय १५ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा छ वटा समुहहरुको सूचक बढेर बाँकी समुहहरुको सूचक घटेका छन् । जसमध्ये बाणिज्य बैंक समुहको सूचक तीन दशमलव ६१ अंकले घटेर १२ सय दशमलव ८७ अंकमा झरेको छ भने फाईनान्स समुहको सूचक एक दशमलव ४९ अंकले घटेर १८ सय ५८ अंकमा झरेको छ ।
निर्जिवन बीमा समुहको सूचक पनि २२ दशमलव ८८ अंकले घटेर १० हजार नौं सय ८४ दशमलव ४४ अंकमा झरेकोमा लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहहरुको सूचकमा पनि क्रमशः शुन्य दशमलव ५६, सात दशमलव ८९, शुन्य दशमलव शुन्य पाँच र पाँच दशमलव ५५ अंकले घटेका छन् ।
बिकास बैंक समुहको सूचक भने आठ दशमलव शुन्य पाँच अंकले बढेर तीन हजार सात सय २० दशमलव ९६ अंकमा चढेकोमा जलबिद्युत समुहको सूचक पनि २१ दशमलव ७७ अंकले बढेर २३ सय ८६ दशमलव ६७ अंकमा चढेको छ ।
यसैगरी जीवन बीमा समुहको सूचक पनि १० दशमलव ९४ अंकले बढेर ११ हजार नौं सय ७१ दशमलव ४२ अंकमा चढेकोमा होटल तथा पर्यटन, उत्पादनमुलक र ट्रडिङ समुहहरुको सूचक पनि क्रमशः ८० दशमलव ५०, ३१ दशमलव ७८ र शुन्य दशमलव १४ अंकले बढेका छन् ।
नेप्सेमा आज सिटी होटल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९९ प्रतिशतले बढेर छ सय ७७ रुपैंयाँ १० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा मोदी इर्नर्जी लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले घटेर दुई सय ५३ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
शिवम सिमेन्टको भने आज पाँच सय ९७ रुपैंयाँ अन्तिम मुल्यमा १८ करोड ५६ लाख ४२ हजार एक सय २१ रुपैंयाँ ४० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












