इमर्जिङ कपका लागि नेपाली क्रिकेट टोलीकाे विदाई
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले श्रीलंका भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।
सोमबार काठमाडौंमा युवा तथा खेलकुदमन्त्री डिग बहादुर लिम्बु र क्यान अध्यक्ष चतुरबहादुर चन्द लगायतकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेका हुन् ।
नेपाली टाेलीले श्रीलंकामा आयोजना हुन लागेको एसीसी इमर्जिङ टिम्स एसिया कप २०२३ खेल्नेछ । नेपाली क्रिकेट टोलीले टाेली आजै श्रीलंका प्रस्थान गर्नेछ ।
टाेलीले केही दिन अघि मात्रै विश्वकप छनाैट खेल खेलेर स्वदेश फर्किएकाे थियाे । क्यानले आजै नेपालले आरिफ शेखको स्थानमा अलराउन्डर पवन सर्राफलाई समावेश गरेको छ ।
नेपाली टोलीमा रोहित पौडेल, आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, देव खनाल, गुल्सन झा र सोमपाल कामी रहेका छन् ।
प्रतियोगिताका लागि भीम सार्की, श्याम ढकाल, प्रतिस जिसी, ललित राजबंशी, किशोर महतो, सन्दीप जोरा र सुर्य तामाङ पनि अँटाएका छन् । ज्ञानेन्द्र मल्ल नेपाली टोलीबाट बाहिरिएका छन् भने सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी क्यानडामा आयोजना हुने ग्लोबल टी(२० का कारण राष्ट्रिय टोली बाहिर रहेका छन् ।
जुलाई १३ देखि २३ तारिखसम्म सन्चालन हुने प्रतियोगिताको पहिलो चरणमा नेपालले भारत ए, पाकिस्तान ए र यूएईसँग खेल्ने छ ।
Comments
अरु समाचार
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...












