‘प्रधानमन्त्री भएर होइन ज्ञानुको बा भएर बोलेँ, सबै योगदान सकियो ?’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रितम सिंहको भनाइ कोट गर्दैमा सबै योगदान सकियो त भन्दै प्रश्न उठाएका छन् । भारतका प्रितम सिंहले आफूलाई तपाईँ प्रधानमन्त्री बन्नुपर्छ भनेको प्रसंग उठाउँदा आफ्नो राष्ट्रियताको मान्यता र कन्भिक्सनमा प्रश्न उठाइएको गुनासो गरे ।
“म दिमाग र मन दुवैले बोल्छु । कहिले मन अगाडि, कहिले दिमाग अगाडि हुन्छ,” प्रचण्डले भने, “दिमाग अगाडि हुँदा विज्ञानका विषय बोल्छु, मन अगाडि हुँदा, आवेग, भावना हुन्छ । यही हो प्रचण्ड । यो सदनका अगाडि योभन्दा बढी म के भन्न सक्छु ?”
उनले भावनाले चल्दैन भन्ने बुझ्दाबुझ्नै पनि कहिलेकाँही मनले जितेर भावनात्मक हुने गरेको बताए । उनले संसद्मा आत्मसमीक्षा गर्दै आफ्ना कमजोरी स्वीकार गरे । उनले प्रितम सिंहका विषयमा लेखिएको पुस्तकका विषयमा दिएको अभिव्यक्तिको प्रसंग यसरी सुनाएका थिए ।
“११ वर्षअघिको कुरा हो । मेरी छोरी ज्ञानु जटिल अवस्थामा पुगेर दिल्लीमा उपचारका लागि लगिएको थियो । त्यसबेला प्रितम सिंहले ठूलो सहयाोग गर्नुभएको थियो । उहाँले बेडबाट उठ्न नसक्ने भएकी छोरीलाई आफ्नो फ्ल्याटमा लगेर राख्नुभएको थियो,” छोरी ज्ञानुलाई उपचारका लागि दिल्ली लगेको प्रसंग सम्झँदै प्रधानमन्त्रीले भने, “त्यसबेला उहाँले मलाई प्रधानमन्त्री तपाईँ नै बन्नुपर्छ भन्नुभएको थियो । मैले उहाँलाई सद्भावका लागि धन्यवाद भनेको थिएँ । किनभने, त्यहाँभन्दा बढी कुरा गर्नुको कुनै औचित्य पनि थिएन ।”
उनले ११ वर्षअघि प्रितम सिंहले लगाएको गुन र भावनात्मक विषय स्मरण गर्दा त्यसको गलत अर्थ लागेको बताए ।
“राम्रा काम सम्झँदै गर्दा उहाँले त्यसबेला भनेको भावनात्मक कुरा सम्झिएँ । उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ, मसँग यसो भन्नुभएको थियो भनेर सम्झिएँ । र, त्यही कुरा मैले त्यहाँ भनेको हुँ,” उनले भने, “प्रधानमन्त्रीका रुपमा मैले त्यस्तो भाषा नबोल्नुपथ्र्यो । तर, मैले त्यो छोरी उठ्न नसक्ने भएको बेड सम्झिएँ । म प्रधानमन्त्री भएरभन्दा पनि ज्ञानुका बा भएर बोलेको थिएँ ।”
उनले आफू भावनात्मक भएर त्यस्तो बोल्न पुगेको र भावनात्मक हुने कुरा आफ्नो वास्तविकता भएको बताए । “म अलिक भावनात्मक छु, सेन्टिमेन्टल पनि छु । नहुुनुपथ्र्यो, तर, के गर्नुहुन्छ, प्रचण्ड भनेकै यस्तै छु त !,” प्रचण्डले भने ।
Comments
अरु समाचार
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...












