सोमपालको अर्धशतकमा नेपालले पाकिस्तानलाई दियो १८० रनको लक्ष्य
काठमाडौं । नवौँ नम्बरमा ब्याटिङका लागि आएका सोमपाल कामीले अर्धशतक बनाएपछि ब्याटिङमा संघर्षरत देखिएको नेपाली टिमले एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ‘ए’ सामु १८० रनको सम्मानजनक लक्ष्य प्रस्तुत गरेको छ ।
ब्याटिङमा सोमपाल कामीबाहेक अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा श्रीलंकाको कोलम्बो क्रिकेट क्लब मैदानमा टस जितेर ब्याटिङमा आएको नेपाल ३७ ओभरमा १७९ रनमै समेटियो ।
नेपालका सोमपाल कामीले ७५ रन बनाए । सोमपालले १०१ बलमा नौ चौका र दुई छक्का प्रहार गरे । ७२–८ को नाजुक अवस्थामा रहेको नेपाली इनिङलाई सोमपालले प्रतिश जिसीसँग अर्धशतकीय साझेदारी गर्दै सम्मानजनक योगफलतर्फ अघि बढाएका थिए । सोमपालले प्रतिशसँग नवौँ विकेटका लागि ५८ रनको साझेदारी गरे ।
प्रतिशले टिमको खातामा २६ थपे । यस्तै, सोमपालले १३०–९ को अवस्थामा रहँदा ललित राजवंशीसँग ४९ रनको साझेदारी गर्दै नेपालको इनिङलाई १७९ सम्म पुर्याए। अविजित रहेका ललितले एक रन बनाए ।
सुरुआतदेखि नै धरासायी बनेको नेपाली इनिङ्समा कुनै पनि ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । नेपालका लागि अर्जुन साउद र कुशल मल्लले समान १७ रन जोडे । त्यस्तै, गुल्सन झाले १३ र ओपनर आसिफ शेखले १२ रन बनाए ।
नेपालका कप्तान रोहितकुमार पौडेलले चार, कुशल भुर्तेल र पवन सर्राफ समान एक रनमा आउट भएका थिए । भीम सार्की डकआउट भए ।
पाकिस्तानका साहनवाज दाहानीले पाँच विकेट लिए । १० ओभर बलिङ गरेका दाहानीले तीन मेडन राख्दै ३८ रन खर्चिए । मोहम्मद वसिमले समान चार र मुबासिर खानले एक विकेट लिए ।
प्रतियोगितामा नेपाल र पाकिस्तान दुवैको यो पहिलो खेल हो । नेपालले साउन १ गते भारत ‘ए’सँग दोस्रो खेल खेल्नेछ । नेपाली टिमले साउन ३ गते समूह चरणको अन्तिम खेलमा यूएई ‘ए’विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेलहरू साउन ५ र फाइनल साउन ७ गते हुनेछ ।
प्रतियोगितामा नेपालसहित एसियाका आठ टिम सहभागी छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’मा ओमान, अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह ‘बी’मा नेपाल, भारत, पाकिस्तान र युनाइटेड अरब इमिरेट्स ९यूएई० छन् ।
प्रतियोगितामा नेपालबाहेक सबै टिमले ‘ए’ टोली पठाएका छन् ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












