धार्चेको पर्यटकीय पदमार्गमा सूचना बोर्ड
काठमाडौं । पर्यटकलाई आफू पुग्ने गन्तव्यका बारेमा पूर्वजानकारी दिन गोरखाको धार्चे गाउँपालिकाको पर्यटकीय पदमार्गमा सूचना बोर्ड राखिएको छ । नेपाल पर्यटन बोर्ड गडण्की प्रदेश र धार्चे गाउँपािलकाको संयुक्त साझेदारीमा पर्यटकीय पदमार्गमा सूचना बोर्ड राखिएको धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले जानकारी दिनुभयो ।
पदमार्गमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई पर्यटकीय स्थानको उचाइ, पर्यटकीय गन्तव्य पुग्न लाग्ने समय, एक ठाउँदेखि अर्को ठाउँसम्मको दूरीलगायतका विषय सूचना बोर्डमा जानकारी दिइएको उहाँले बताउनुभयो ।
‘सूचना बोर्डमा पदर्मागमा पर्ने खोलानाला, ताल, पुलका साथै ती क्षेत्रमा पाइने जङ्गली जनावरका बारेमा पनि जानकारी दिइएको छ’, उहाँले भन्नुभयो, ‘यसले पर्टयकलाई पर्यटकीय गन्तव्यका बारेमा बाटोमा नै पूर्वजानकारी प्राप्त हुने हुँदा पदयात्रमाा थप सजिलो हुने विश्वास गरिएको छ ।’
धार्चे मनास्लु पर्यटन विकास समितिले पर्यटकीय पदमार्गको विभिन्न पाँच स्थानमा सूचना बोर्ड राखेको उहाँले बताउनुभयो । ‘अहिले यामगाउँ, काशीगाउँ, धार्चेडाँडा, माछीखोला र यारुबगरमा सूचना बोर्ड राखिएको छ’, अध्यक्ष गुरुङले भन्नुभयो, ‘बोर्ड राख्नका लागि नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशबाट पाँच लाख र गाउँपालिकाबाट एक लाख बजेट प्राप्त भएको थियो ।’
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
निरन्तर हिमपात : अन्नपूर्ण आधार शिविरबाट ७२ जना पर्यटकको उद्धार
म्याग्दी । हिमपातका कारण समस्यामा परेका १७ जना विदेशी सहित ७२ जना पर्यटकहरुलाई सुरक्षाकर्मीहरुको टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट उद्धार...
-
नुम्बुर हिमालको चुचुराेमा पहिलाे पटक मानव पाइला !
काठमाडाैं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ । प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड...
-
रामेछाप-काठमाडौँ सातामा तीन दिन उडान हुने
काठमाडाैं । बुधबारदेखि रामेछाप–काठमाडौँ रुटमा हवाई उडान हुने भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा आजदेखि...
-
टिकटको मिति हेरफेर गर्दा शुल्क लाग्दैनः हिमालय एयरलाइन्स
काठमाडौं । हिमालय एयरलाइन्सले प्रतिकूल मौसमका कारण प्रभावित यात्रुहरूको टिकटको मिति हेरफेर गर्दा शुल्क नलिने भएको छ । एयरलाइसन्ले सोमबार...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिए, २२ प्रतिशतले आगमनमा वृद्धि
काठमाडौं । सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको...
-
बाैद्वमा २५ र २६ गते गाई-राेपाई जात्रा भव्य रूपमा मनाइने, विभिन्न विधाका प्रतियाेगिलाई पुरस्कार समेतकाे व्यवस्था
काठमाडौं । श्री बाैद्वनाथ स्तुपा परिसर बाैद्व क्षेत्रमा यही साउन २५ र २६ गते श्री बाैद्व तामाङ गुठीकाे आयाेजनामा गाईजात्रा...
-
नेपालमा बाघको संख्या ३५५ पुग्यो
काठमाडाैं । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१०...











