‘भ्रष्टाचारमा मुछिएका र पञ्चायतका प्रेतहरु एमालेलाई आक्षेप लगाइरहेका छन’: प्रचार विभाग प्रमुख गाैतम
कैलाली । नेकपा एमाले स्थायी कमिटि सदस्य एवम् केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमले भ्रष्टाचारको छानबिन र अनुसन्धानको सुरुवात एमालेले गरेको बताएका छन् ।
नेकपा एमाले सुदूरप्रश्चिम प्रदेश स्तरीय प्रचार योजना तर्जुमा विस्तारित बैठकलाई संम्बोधन गर्दै गौतममले एमालेले भष्ट्राचारको अनुसन्धान सुरु गरेको तर, अहिले भ्रष्टाचारीहरुबाटै एमालेमाथि औंला ठड्याउने काम भइरहेको बताए ।
उनले भने, ‘ललिता निवासको जग्गाको बिषयमा अनुसन्धान सुरु एमाले नेतृत्वको सरकारले गरेको हो, हिजो ललिता निवासको छानविनमा अवरोध गर्नेहरु नै आज हामीमाथि प्रश्न उठाउने काम गरिरहेका छन, भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकार नै एमालेमाथि दोष देखाउने काम गरिरहेको छ। ’
उनले एमाले भ्रष्टाचार निर्मुल पार्न हिँडेको पार्टी रहेको र जनतालाई पनि त्यस बिषयमा जानकारी रहेको प्रष्ट पारे । उनले एमाले नेतृत्वमाथि हिलो छ्याप्दै पशुपतिको जलहरी काण्ड उछालेको तर सत्तापक्ष नै माफी माग्न बाध्य हुनुपरेको घटाना स्मरण गरे ।
‘भ्रष्टाचारमा मुछिएका र पञ्चायतका प्रेतहरु एमालेलाई आक्षेप लगाइरहेका छन, सत्तामा बसेर भ्रष्टाचार गर्नेहरु एमालेमाथि खनिएका छन, एमालेले राष्ट्रको हितमा गरेको कामबाट अताल्लिएकाहरु पनि हिलो छ्यापी रहेका छन, म प्रष्ट भाषामा भन्न चाहन्छु, एमालेलाई जिस्क्याउने काम नहोस, गौतमले भने ।
उनले भ्रष्टाचारमा संलग्न भएकाहरु आफै कानुनी रुपमा सफाइ नपाएसम्म एमालेमा सक्रिय हुन नसक्ने पनि प्रष्ट पारे ।
नेता गौतमले अहिले देशमा समाजवादी मोर्चाको नाममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता जोगाउने अश्त्र बनाएको पनि बताए । बैठकमा नेकपा एमाले केन्द्रीय कमिटीबाट खटाइएका सुदुरपश्चिममा प्रचार संयोजक कमला बोहरा र केन्द्रीय प्रचार बिभाग सचिव गगन बिष्टले कार्यपत्र प्रस्तुत गरेका थिए ।
बिभाग प्रमुख राजेन्द्र गौतमदेखि पोलिटब्यूरो सदस्य राजेन्द्र रावल, केन्द्रीय सदस्यभैरब सिंह, सन्तोष शर्मा, केन्द्रीय सल्लाहकार डिल्लीराज भट्ट, अनुशासन आयोग सदस्य पबित्रा तिमिल्सिना, प्रदेश अध्यक्ष दामोदर भण्डारी र प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले आजको चुनौतीको सामना र तथ्यको आधारमा सत्य स्थापित गर्न अवलम्बन गर्नुपर्ने शैलीबारे सुझाव राखेका थिए । बैठकले सुदुरपश्चिम प्रदेशको प्रचार बिभागलाई पूर्णता दिएको छ ।
प्रेस चौतारी नेपालका केन्द्रीय सचिव तथा सुदुरपश्चिम इञ्चाजै लोग्शरी कुँवरले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा ९ वटै जिल्लाका नेकपा एमालेका प्रचार बिभाग प्रमुख र प्रेस चौतारीका सुदुरपश्चिम अध्यक्ष कृष्ण वलीले प्रतिवेदन गरेका थिए । भने एमाले प्रदेश सचिव धर्मराज पाठकले स्वागत गरेका थिए ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...











