‘भ्रष्टाचारमा मुछिएका र पञ्चायतका प्रेतहरु एमालेलाई आक्षेप लगाइरहेका छन’: प्रचार विभाग प्रमुख गाैतम
कैलाली । नेकपा एमाले स्थायी कमिटि सदस्य एवम् केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमले भ्रष्टाचारको छानबिन र अनुसन्धानको सुरुवात एमालेले गरेको बताएका छन् ।
नेकपा एमाले सुदूरप्रश्चिम प्रदेश स्तरीय प्रचार योजना तर्जुमा विस्तारित बैठकलाई संम्बोधन गर्दै गौतममले एमालेले भष्ट्राचारको अनुसन्धान सुरु गरेको तर, अहिले भ्रष्टाचारीहरुबाटै एमालेमाथि औंला ठड्याउने काम भइरहेको बताए ।
उनले भने, ‘ललिता निवासको जग्गाको बिषयमा अनुसन्धान सुरु एमाले नेतृत्वको सरकारले गरेको हो, हिजो ललिता निवासको छानविनमा अवरोध गर्नेहरु नै आज हामीमाथि प्रश्न उठाउने काम गरिरहेका छन, भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकार नै एमालेमाथि दोष देखाउने काम गरिरहेको छ। ’
उनले एमाले भ्रष्टाचार निर्मुल पार्न हिँडेको पार्टी रहेको र जनतालाई पनि त्यस बिषयमा जानकारी रहेको प्रष्ट पारे । उनले एमाले नेतृत्वमाथि हिलो छ्याप्दै पशुपतिको जलहरी काण्ड उछालेको तर सत्तापक्ष नै माफी माग्न बाध्य हुनुपरेको घटाना स्मरण गरे ।
‘भ्रष्टाचारमा मुछिएका र पञ्चायतका प्रेतहरु एमालेलाई आक्षेप लगाइरहेका छन, सत्तामा बसेर भ्रष्टाचार गर्नेहरु एमालेमाथि खनिएका छन, एमालेले राष्ट्रको हितमा गरेको कामबाट अताल्लिएकाहरु पनि हिलो छ्यापी रहेका छन, म प्रष्ट भाषामा भन्न चाहन्छु, एमालेलाई जिस्क्याउने काम नहोस, गौतमले भने ।
उनले भ्रष्टाचारमा संलग्न भएकाहरु आफै कानुनी रुपमा सफाइ नपाएसम्म एमालेमा सक्रिय हुन नसक्ने पनि प्रष्ट पारे ।
नेता गौतमले अहिले देशमा समाजवादी मोर्चाको नाममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता जोगाउने अश्त्र बनाएको पनि बताए । बैठकमा नेकपा एमाले केन्द्रीय कमिटीबाट खटाइएका सुदुरपश्चिममा प्रचार संयोजक कमला बोहरा र केन्द्रीय प्रचार बिभाग सचिव गगन बिष्टले कार्यपत्र प्रस्तुत गरेका थिए ।
बिभाग प्रमुख राजेन्द्र गौतमदेखि पोलिटब्यूरो सदस्य राजेन्द्र रावल, केन्द्रीय सदस्यभैरब सिंह, सन्तोष शर्मा, केन्द्रीय सल्लाहकार डिल्लीराज भट्ट, अनुशासन आयोग सदस्य पबित्रा तिमिल्सिना, प्रदेश अध्यक्ष दामोदर भण्डारी र प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले आजको चुनौतीको सामना र तथ्यको आधारमा सत्य स्थापित गर्न अवलम्बन गर्नुपर्ने शैलीबारे सुझाव राखेका थिए । बैठकले सुदुरपश्चिम प्रदेशको प्रचार बिभागलाई पूर्णता दिएको छ ।
प्रेस चौतारी नेपालका केन्द्रीय सचिव तथा सुदुरपश्चिम इञ्चाजै लोग्शरी कुँवरले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा ९ वटै जिल्लाका नेकपा एमालेका प्रचार बिभाग प्रमुख र प्रेस चौतारीका सुदुरपश्चिम अध्यक्ष कृष्ण वलीले प्रतिवेदन गरेका थिए । भने एमाले प्रदेश सचिव धर्मराज पाठकले स्वागत गरेका थिए ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












