कुवेत जानेलाई प्रस्थान अनुमति नदिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको छ: अध्यागमन विभाग
काठमाडौं । कुवेत जान लागेका नेपाली श्रमिकहरुको अध्यागमन कार्यालयमा प्रस्थानका लागि पेश गरिएका कागजात सम्बन्धमा विभिन्न सञ्चारमाध्यमहरुमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको अध्यागमन विभागले जनाएको छ । विगत केही दिनदेखि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिइ कार्यालयमा प्रस्थानका लागि पेश गरिएका कागजातहरु शंकास्पद देखिइ प्रस्थान अनुमति नदिएको विषयमा संप्रेषित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको विभागको भनाइ छ ।
अध्यागमन ऐन २०४९, अध्यागमन नियमावली २०५१, अध्यागमन कार्याविधि २०६५ बमोजिम नेपाल बाहिर प्रस्थान गर्ने र नेपालभित्र प्रस्थान गर्ने जुनसुकै यात्रुहरुले आगमन तथा प्रस्थान अनुमति लिने सन्दर्भमा यात्रुहरुले पेश गरेका कागजातहरुको आधिकारिता जाँच गरी आगमन तथा प्रस्थान अनुमति दिने वा नदिने सम्बन्धमा निर्णय गर्नसक्ने सार्वभौम अधिकार कानुनतः अध्यागमन अधिकृतमा निहित रहने विज्ञप्तिमा उल्लेख छ ।
शंकास्पद कागजात पेश गरेको भन्ने लागेमा थप कागजात पेश गर्ने वा आधिकारिता पुष्टि गर्ने प्रमाणको भार सम्बन्धित यात्रुमा रहने र सो पुष्टि नभएसम्म आगमन वा प्रस्थान अनुमति दिन अस्वीकार गर्ने अधिकार समेत सम्बन्धित अध्यागमन अधिकृतलाई हुने विभागका निर्देशक एवं सुचना अधिकारी खिमराज भुसालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ । सोही अधिकार अन्तर्गत विदेश प्रस्थान गर्ने वा नेपाल आगमन गर्ने यात्रुका सम्बन्धमा आवश्यक निर्णय गर्ने विषय अध्यागमन प्रशासनको नियमित प्रक्रिया अन्तर्गत पर्ने पनि विज्ञप्तिमा जनाइएको छ ।
पछिल्लो केही दिनयता विदेश जान लागेका श्रमिकहरुका सम्बन्धमा निजहरुले पेश गरेका कागजातहरुको प्रारम्भिकरुपमा छानविन गर्दा केही श्रमिकहरुले पेश गरेको भिसा सम्बन्धित देशको आधिकारिक वेबसाइटमा नखुलेको जनाइएको छ । यस्तै भिसाको अवस्था वेटिङ एप्रुभल देखिई आधिकारिकताको सम्बन्धमा द्विविधा उत्पन्न भएको, भिसामा उल्लेख भएको रोजगारदाताको नाम फरक पर्न गएको लगायतका विषयहरु देखिएको हुँदा उपयुक्त विषयमा थप छानविन गरी आवश्यक निर्णयमा पुग्नका लागि छानविन समिति समेत गठन भइ कार्य प्रारम्भ समेत भइसकेको विभागको विज्ञप्तिमा उल्लेख छ ।
छानविन समितिको प्रतिवेदन प्राप्त भइ अर्को निर्णय नहुदा सम्मका लागि वैदेशिक रोजगारमा जाने सबै यात्रुहरुलाई विभिन्न नियमका आधारमा प्रशासन अनुमति दिने व्यवस्था मिलाइएको छ । अनुमतिका लागि अंग्रेजीबाहेक अन्य भाषामा भएका भिसा अनिवार्यरुपमा अंग्रेजी भाषामा अनुवाद गरी नोटरी समेत गरी पेश गर्नुपर्ने, भिसामा उल्लेख भएको रोजगारदाताको नाम र श्रम स्वीकृति,सम्झौता पत्रमा उल्लेख भएको रोजगारदाताको नाम र पेशा एउटै हुनुपर्ने, प्यारेन्ट कम्पनी, होल्डिङ कम्पनी, अन्तर्गतको कम्पनीसँग सम्झौता गरी श्रम स्वीकृति लिएको भए उक्त प्यारेन्ट कम्पनी ÷होल्डिङ कम्पनीले उक्त कम्पनी आफु मातहतको कम्पनी हो भनी लेखेको आधिकारिक पत्र पेश गर्नुपर्ने र कुवेत जाने श्रमिको इभिसाका सम्बन्धमा सम्बन्धित मेनपावर कम्पनीले सम्पूर्ण जिम्मेवारी लिई प्रतिबद्धता पेश गर्नुपर्नेलगायतका व्यवस्था मिलाइएको छ ।
श्रम एवं अन्य आवश्यक आधिकारिक कागजातहरु लिई अध्यागमन कार्यालयहरुमा आगमन तथा प्रस्थानका लागि आउने यात्रुलाई नियमित एवं पुर्ववतरुपमा आगमन तथा प्रस्थान अनुमति दिने कार्य भइरहेको पनि विभागले जनाएको छ । अध्यगमन कार्यालयको मुख्य उद्देश्य सुरक्षित आगमन एवं प्रस्थानलाई व्यवस्थित गर्ने भएको र कोही कसैलाई दुख दिने नियत नभएको पनि विज्ञप्तिमा प्रष्ट पारिएको छ ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...











