कुवेत जानेलाई प्रस्थान अनुमति नदिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको छ: अध्यागमन विभाग
काठमाडौं । कुवेत जान लागेका नेपाली श्रमिकहरुको अध्यागमन कार्यालयमा प्रस्थानका लागि पेश गरिएका कागजात सम्बन्धमा विभिन्न सञ्चारमाध्यमहरुमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको अध्यागमन विभागले जनाएको छ । विगत केही दिनदेखि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिइ कार्यालयमा प्रस्थानका लागि पेश गरिएका कागजातहरु शंकास्पद देखिइ प्रस्थान अनुमति नदिएको विषयमा संप्रेषित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको विभागको भनाइ छ ।
अध्यागमन ऐन २०४९, अध्यागमन नियमावली २०५१, अध्यागमन कार्याविधि २०६५ बमोजिम नेपाल बाहिर प्रस्थान गर्ने र नेपालभित्र प्रस्थान गर्ने जुनसुकै यात्रुहरुले आगमन तथा प्रस्थान अनुमति लिने सन्दर्भमा यात्रुहरुले पेश गरेका कागजातहरुको आधिकारिता जाँच गरी आगमन तथा प्रस्थान अनुमति दिने वा नदिने सम्बन्धमा निर्णय गर्नसक्ने सार्वभौम अधिकार कानुनतः अध्यागमन अधिकृतमा निहित रहने विज्ञप्तिमा उल्लेख छ ।
शंकास्पद कागजात पेश गरेको भन्ने लागेमा थप कागजात पेश गर्ने वा आधिकारिता पुष्टि गर्ने प्रमाणको भार सम्बन्धित यात्रुमा रहने र सो पुष्टि नभएसम्म आगमन वा प्रस्थान अनुमति दिन अस्वीकार गर्ने अधिकार समेत सम्बन्धित अध्यागमन अधिकृतलाई हुने विभागका निर्देशक एवं सुचना अधिकारी खिमराज भुसालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ । सोही अधिकार अन्तर्गत विदेश प्रस्थान गर्ने वा नेपाल आगमन गर्ने यात्रुका सम्बन्धमा आवश्यक निर्णय गर्ने विषय अध्यागमन प्रशासनको नियमित प्रक्रिया अन्तर्गत पर्ने पनि विज्ञप्तिमा जनाइएको छ ।
पछिल्लो केही दिनयता विदेश जान लागेका श्रमिकहरुका सम्बन्धमा निजहरुले पेश गरेका कागजातहरुको प्रारम्भिकरुपमा छानविन गर्दा केही श्रमिकहरुले पेश गरेको भिसा सम्बन्धित देशको आधिकारिक वेबसाइटमा नखुलेको जनाइएको छ । यस्तै भिसाको अवस्था वेटिङ एप्रुभल देखिई आधिकारिकताको सम्बन्धमा द्विविधा उत्पन्न भएको, भिसामा उल्लेख भएको रोजगारदाताको नाम फरक पर्न गएको लगायतका विषयहरु देखिएको हुँदा उपयुक्त विषयमा थप छानविन गरी आवश्यक निर्णयमा पुग्नका लागि छानविन समिति समेत गठन भइ कार्य प्रारम्भ समेत भइसकेको विभागको विज्ञप्तिमा उल्लेख छ ।
छानविन समितिको प्रतिवेदन प्राप्त भइ अर्को निर्णय नहुदा सम्मका लागि वैदेशिक रोजगारमा जाने सबै यात्रुहरुलाई विभिन्न नियमका आधारमा प्रशासन अनुमति दिने व्यवस्था मिलाइएको छ । अनुमतिका लागि अंग्रेजीबाहेक अन्य भाषामा भएका भिसा अनिवार्यरुपमा अंग्रेजी भाषामा अनुवाद गरी नोटरी समेत गरी पेश गर्नुपर्ने, भिसामा उल्लेख भएको रोजगारदाताको नाम र श्रम स्वीकृति,सम्झौता पत्रमा उल्लेख भएको रोजगारदाताको नाम र पेशा एउटै हुनुपर्ने, प्यारेन्ट कम्पनी, होल्डिङ कम्पनी, अन्तर्गतको कम्पनीसँग सम्झौता गरी श्रम स्वीकृति लिएको भए उक्त प्यारेन्ट कम्पनी ÷होल्डिङ कम्पनीले उक्त कम्पनी आफु मातहतको कम्पनी हो भनी लेखेको आधिकारिक पत्र पेश गर्नुपर्ने र कुवेत जाने श्रमिको इभिसाका सम्बन्धमा सम्बन्धित मेनपावर कम्पनीले सम्पूर्ण जिम्मेवारी लिई प्रतिबद्धता पेश गर्नुपर्नेलगायतका व्यवस्था मिलाइएको छ ।
श्रम एवं अन्य आवश्यक आधिकारिक कागजातहरु लिई अध्यागमन कार्यालयहरुमा आगमन तथा प्रस्थानका लागि आउने यात्रुलाई नियमित एवं पुर्ववतरुपमा आगमन तथा प्रस्थान अनुमति दिने कार्य भइरहेको पनि विभागले जनाएको छ । अध्यगमन कार्यालयको मुख्य उद्देश्य सुरक्षित आगमन एवं प्रस्थानलाई व्यवस्थित गर्ने भएको र कोही कसैलाई दुख दिने नियत नभएको पनि विज्ञप्तिमा प्रष्ट पारिएको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...











