राशिफल : २०८० साल साउन ५ गते आज शुक्रवार
मेष : गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ। सन्तान वा अनुयायीको सल्लाह, सहयोगले लाभ दिलाउनेछ।परिस्थिति सामान्य अनुकूलै रहे पनि अस्वस्थताले काममा बाधा पुग्न सक्छ। घर–व्यवहारले पनि अल्मल्याउन सक्छ। नयाँ काम थाल्न समय पर्खनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। तापनि मिहिनेतले सफलता दिलाउनेछ।
वृष: सामाजिक क्षेत्रमा भने केही अवसर प्राप्त हुनेछन्। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, मिहिनेतले काम सम्पादन हुनेछ। तर आलस्य गर्ने बानीले पछि परिनेछ।बेसुरमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। बिनाकारण आफन्तसँग असमझदारी बढ्नेछ भने घरेलु समस्याले पनि निराश तुल्याउन सक्छ।
मिथुन: करकापमा परी काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। सोख पूरा गर्न सञ्चित रकम खर्च हुने देखिन्छ। अग्रजहरूको सहयोगले दिगो काम प्रारम्भ गर्न सकिनेछ।मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने शुभचिन्तक तथा सहयोगीहरू कमै भेटिनेछन्।
कर्कट: सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने समय छ।सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम बन्नेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ।
सिंह: तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। पहिलेको सफलताले पनि काममा विशेष अवसर दिलाउन सक्छ।
कन्या: खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर(छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ने समय छ। खर्च लागे पनि दिगो काम फेला पर्नेछ। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ।
तुला: मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाटै मनग्य नाफा उठाउन सकिनेछ। परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा लाभ हुनेछ। सामाजिक प्रभाव बढ्नेछ। मिहिनेत गर्दा अनुमानभन्दा बढी फाइदा उठाउन सकिनेछ।
वृश्चिक: आफ्ना काममा अरूको मुख ताक्नाले पछि परिनेछ। उचित मूल्यांकन भए पनि मिहिनेतको प्रतिफल हातपार्न केही समय लाग्नेछ। महत्त्वाकांक्षा पूरा नहुनाले मन खिन्न रहनेछ। मिहिनेतले राम्रो परिणाम दिलाए पनि प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।
धनु :अस्वस्थताले काममा जुट्न नसकिए पनि बाध्यात्मक परिस्थितिबाट मुक्त भइनेछ। काममा श्रम परे पनि राम्रो मूल्य प्राप्त हुनेछ। तर आफ्नो कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्लान्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। काममा दोहोर्याएर प्रयत्न गर्दा फल प्राप्त हुनेछ।
मकर: चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। आफ्ना सूचना बाहिरिनाले समस्या पर्नेछ। सामान्य काममा धेरै धन र श्रम खर्चनुपर्ला। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। काममा व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ।
कुम्भ :राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ। रमाइलो यात्रा र सम्मान खानपानको आनन्द प्राप्त हुनेछ।
मीन: गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। काममा व्यस्तता बढे पनि अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ।वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ। रोग वा शत्रुबाधा देखापर्ने हुँदा काम रोकिन सक्छ। मिहिनेतले राम्रो उपलब्धि दिलाउनेछ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। स्रोत: नेपाली पात्रो
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












