नेप्सेमा ‘स्विङ’, परिसूचक बढ्यो कारोबार रकम घट्यो
काठमाडाैँ । मंगलबार घटेको नेप्से परिसूचक बुधबार भने बढेको छ।
बुधबार ९.२५ प्रतिशतले नेप्से बढेर २०८६.८४ विन्दुमा पुगेको हो।
तीव्र उतारचढावमा देखिएको बजार अन्तिम समयमा बढेको हो। कारोबारको मध्यसम्म २०६२ विन्दुसम्म पुगेको नेप्से त्यसपछि पटक-पटक फर्किने प्रयासमा भने देखियो।
यसदिन कारोबार रकम घटेको छ। मंगलबार एक अर्ब ९२ करोड रुपैयाँको सेयर कारोबार भएको बजारमा बुधबार भने एक अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको हो।
कारोबारमा आएको २ सय ६९ सेयरमध्ये १ सय ३४ वटाको मूल्य बढेको छ भने १ सय ४ वटाको मूल्य घटेको छ।
आज कारोबारमा आएकामध्ये जलविद्युत, लघुवित्त र व्यापारमुलक समूहको परिसूचक घटेको छ।
यसदिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य ४ प्रतिशतसम्म बढेको छ। कारोबार रकमका आधारमा शिवम् सिमेन्टको सबैभन्दा धेरै ११ करोड १९ लाख रूपैयाँको सेयर किनबेच भएको छ।
यसदिन बजारको आकार ३० खर्ब ६७ अर्ब बराबरको भएको छ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खसेकाे आयोगको औपचारिक घोषणा
काठमाडौं । निर्वाचन आयोगले बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको जनाएको छ। आयोगका कार्यवाहक प्रमुख रामप्रसाद...
-
खाडी देशमा रहेका झन्डै १६ हजार नेपालीहरूको विवरण सङ्कलन
काठमाण्डौ । खाडी देशहरुमा चलिरहको युद्धपछि सरकारले त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे नियमित रूपमा विवरण सङ्कलनको काम गरिरहेको छ । परराष्ट्र...
-
उत्साहपूर्वक मतदान जारी, ६५ प्रतिशत मत खस्ने आयोगको अनुमान
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् । मतदान गरेपछि...
-
काठमाडौंमा मतदान गरेर हेलिकोप्टरबाट झापा गए बालेन
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा प्रस्थान गरेका छन् । त्रिभुवन विमानस्थल प्रहरी स्रोतका अनुसार उनी केहीबेरअघि...
-
प्रधानमन्त्री कार्कीले धापासी मतदान केन्द्र पुगेर गरिन् मतदान
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । बिहीबार बिहानै काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेकी...
-
प्रतिनिधिसभा निर्वाचन : छमध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान...
-
चुनाव बिथोल्ने कुनै तत्व छैन, ढुक्क भएर मतदान गर्नुस्ः निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले चुनाव बिथोल्ने कुनै तत्व नरहेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ ।निर्वाचन आयोगका...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...











