राष्ट्रियसभाको बैठक स्थगित
काठमाडौं । राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ । नेकपा (एमाले)को अवरोधपछि आजको बैठक स्थगित गरिएको हो । राष्ट्रियसभाको अर्को बैठक यही साउन २२ गते सोमबार अपहन्न १ बजेर १ मिनेटमा बस्नेछ ।
आजको बैठक प्रारम्भ हुने वित्तिकै नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै विरोध जनाउनुभयो । ‘सुन तस्कारी प्रकरणबारेमा सत्यतथ्य छानबिन गरी यर्थाथ बाहिर ल्याउनुपर्छ’, उहाँले भन्नुभयो, ‘दोषीलाई छानबिन गरी कानुनी दायरामा नल्याएसम्म संसद् चल्न सक्दैन, सरकारलाई सत्यतथ्य बाहिर ल्याउन आग्रह छ ।’ उहाँले यही साउन ३ गते एक टनभन्दा बढी सुन नेपाल भित्रिएको विषयलाई हलुकारुपमा हेर्न नहुने बताउनुभयो ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सुन तस्कारीका विषयमा संसद्को गम्भीर ध्यानाकर्षण भएको र उक्त विषय छलफल र संवादबाट समाधान गर्न पटक–पटक आग्रह गर्नुभयो । उहाँले जनतासमक्ष आफ्ना कुरा राख्नका लागि शून्य समय, विशेष समय भएको र त्यसमार्फत भनाइ राखेर संसद् सञ्चालन हुन दिन आग्रह गर्नुभएको थियो । अध्यक्ष तिमिस्लिनाको आग्रहपछि पनि एमालेले अवरोध जारी राखेपछि आजको बैठक स्थगित भएको हो ।
Comments
अरु समाचार
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...












