‘विदेश गए झन् दुःख पाइन्छ, त्यसैले सैलुन खाेल्याैँ, महिनाकाे २० हजार कमाए पुग्छ’
काठमाडाैँ । दैलेखकाे नारायण नगरपालिका–१ रातामाटेमा पुस्तौँदेखि बसोबास गर्दै आएका २६ घर दलितको आम्दानीको स्रोत भनेकै अरूकोमा काम गरेर परिवारको गर्जो टार्नु वा कामको खोजीमा कालापहाड अर्थात् (भारत) जानु बाध्यता हो ।
करिब चार दशकअघिदेखि अव्यवस्थितरूपमा भूमिहीन भएर त्यहाँ बस्दै आएका दलित परिवारमा पढे लेखेका धेरै भेटिँदैनन् । गरिबीका कारण पढ्न नपाएका त्यहाँका युवायुवती पनि मजदुरी गर्दै साँझ बिहान गाँसको जोहो गरेर दिन बिताउँछन् ।
सोही ठाउँ बस्ने १८ वर्षीया जीवन नेपालीले पनि भारतका विभिन्न ठाउँमा रोजगारीको खोजीमा भौतारिनुका साथै अहिले आएर आफ्नै ठाउँमा ज्याला मजदुरी गर्दै दिन बित्दै आएको छ । कामको खोजीमा भारतका विभिन्न ठाउँमा धेरै दुःख उठाएको बताउने उनले अहिले आफ्नै ठाउँमा हेयर कटिङ सेन्टर सञ्चालन गर्दै आएका छन् ।
पछिल्ला वर्ष कामको खोजीमा विदेशिने युवायुवतीको सङ्ख्या बढ्दै गए पनि जीवन र उनका भाइ पुरनले ‘दाजुभाइ हेयर कटिङ सेन्टर’ सञ्चालन गरी स्थानीयस्तरमै रोजगारीमा लागेका हुन् ।
बाहिरी मुलुकमा काम गर्दा पाएको दुःख सम्झँदै आफ्नै ठाउँमा हेयर कटिङ सेन्टर सञ्चालन गरिएको जीवनले बताए । ‘परिवारको खर्च धान्नलाई भारतको गुजरातस्थित एक होटेलमा काम गरेँ मालिकबाट महिनौँसम्मको पनि ठगिएँ, अनि लाग्यो आफ्नै ठाउँमा बसेर केही गर्नुपर्छ’, उनले भने ।
जीवनको ६ जनाको परिवार छ । उनको परिवारका सबैले अरूकामा काम गरेर गुजारा चलाउँदै आएका छन् । घरको जेठो छोरा भएकाले परिवारको धेरै जिम्मेवारी काँधमा बोकेर पराई मुलुकमा कामका लागि गरेको सङ्घर्षले आफ्नै ठाउँमा मेहनत गर्ने आँट पलाएको जीवनको भनाइ छ ।
उनले भने, ‘बाहिरी मुलुकमा काम गर्न जाँदा आफ्नो पीडा कसैलाई सुनाउन पाइँदैन, सुनिदिने पनि कोही हुँदैनन्, बिरामी पर्दासमेत काममै लाग्नुपर्ने बाध्यता हुन्छ, सीप सिक्यौँ भने यही रोजगारी पाइन्छ, आफैँ व्यवसायी बन्न पनि सकिन्छ ।’
स्थानीय सरकार र विभिन्न सङ्घ संस्थाको सहयोगमा हेयर कटिङ व्यवसायमा लागेका २३ वर्षीया भाइ पुरन पनि अहिले आफ्नै ठाउँमा खुसी छन् । कक्षा १० पास गरेका उनले गरिबीका कारण माथिल्लो कक्षा अध्ययन गर्न नपाएपछि ज्याला मजदुरी गर्न बाध्य हुँदै आएका थिए ।
एक वर्षअघि घाँस काट्न जाँदा रुखबाट खसेर शक्त घाइते भएका उनलाई जिन्दगी कसरी चलाउने भन्ने चिन्ताले पिरोल्ने गर्थ्याे । रुखबाट खसेर आन्द्रा फुटेपछि अन्य काम गर्नसक्ने अवस्था नभएको पुरनले बताए ।
‘डाक्टरले बाँच्दैनसम्म भनेका थिए, दुई छोरीसहित आठजना परिवारको जिम्मेवारी काँधमा थियो, स्थानीय सरकार र सङ्घसंस्थाको सहयोगमा तालिम लिएपछि हेयर कटिङ सेन्टर सञ्चालन गरेका छौँ, अब केही हुन्छ कि भन्ने आँट पलाएको छ’, उनले भने ।
महिनामा २० हजार कमाउने लक्ष्य
जीवन र पुरन हेयर कटिङ सेन्टर सञ्चालन गर्ने स्थानीय युवा हुन् । दैलेख बजारमा उनीहरूबाहेक बाहिरी जिल्लाबाट आएकाहरूले पनि कपाल काट्ने काम गर्दै आएका छन् । दैलेख बजारमा उनीहरूका साथै पाँच वटा हेयर कटिङ सेन्टर सञ्चालनमा छन् ।
पुरन र जीवनले महिनामा २० हजारसम्म कमाउने लक्ष्य लिएका छन् । बाहिरी जिल्लाबाट आएका मान्छेले मासिक हेयर कटिङ सेन्टरबाट मनग्य आम्दानी गर्दै आएका छन्, हामी स्थानीय हौँ, सबै चिने जानेकै छन्, सहकार्यमा सञ्चालन गरेको हेयर कटिङ सेन्टरबाट मासिक एक जनाले २० हजार रुपैयाँ बढी कमाउने लक्ष्य लिएका छौँ ।
हेयर कटिङ सञ्चालनका लागि वडा कार्यालयले ४० हजार र एभरेष्ट क्लब दैलेख पावर परियोजनाले ५० हजार आफ्नै २५ हजार लगानी परेको जीवनले बताए ।
सीपपछि स्थानीयस्तरमा व्यवसाय सञ्चालन गर्न चाहने युवालाई वडाले विभिन्न सहयोग गर्दै आएको वडाध्यक्ष सन्देशकुमार श्रेष्ठले बताए । उनले एक भैँसीपालक किसानलाई ५० हजार, हेयर कटिङ सेन्टर सञ्चालनका लागि दुई जनालाई ४० हजार र अन्य व्यवसाय सञ्चालनका लागि तीन जनालाई आर्थिक उपकरण सहयोग गरिएको जानकारी दिए ।
एभरेष्ट क्लब दैलेख र सेभ द चिल्ड्रेनमार्फत सञ्चालित पावर परियोजनाले रातामाटेका ती दुई युवालाई तीन सय ९० घन्टाको व्यावसायिक हेयर कटिङ तालिम दिएपछि उनीहरूलाई व्यवसाय गर्न सहज भएको एभरेष्ट क्लबका वरिष्ठ उपाध्यक्ष बालकृष्ण केसीले बताए ।
युवालाई विभिन्न सीप विकास तालिमबाट क्षमता वृद्धि गर्ने र उनीहरूको आर्थिक अवस्थामा सुधार ल्याउन परियोजनाको मुख्य उद्देश्य रहेको जनाइएको छ ।
Comments
अरु समाचार
-
जम्बो टोलीसहित बेइजिङमा ट्रम्प, पाँच मुख्य मुद्दामा हुँदैछ वार्ता
बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ८ वर्षपछि बुधबार चीन भ्रमणमा पुगेका छन्। उनको विमान बेइजिङको क्यापिटल इन्टरनेशनल एयरपोर्टमा अवतरण गरेको...
-
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने
काठमाडौं । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने भएको छ ।...
-
घरको छतसहित खसेर दुई जनाको ज्यान गयाे
बरहथवा (सर्लाही) । सर्लाहीको मलंगवामा घरको छतसहित खसेर दुईजनाको मृत्यु भएको छ । मलंगवामा नगरपालिका–१० स्थित रञ्जित यादवको चारतले पक्की...
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...












