पार्टीलाई ‘सेल्फ करेक्सन’ गर्न देउवा नेतृत्व
अहिले नेपाली कांग्रेसमा नीतिभन्दा नेता हावी भएको, वास्तविक कार्यकर्ता भन्दा भनसुन र चाकडीले प्रश्चय पाउने गरेको भनिन्छ । तर, झण्डै ३० वर्ष पार्टीका विभिन्न तह÷तप्कामा काम गरिसकेका आङ गेलु शेर्पाले त्यस्तो महसुस कहिले गरेका छैनन् । २०४१ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियू सह–सचिवबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका उनले नेविसंघ (२०४६), शिक्षक संघ (०४७), कांग्रेस महासमिति सदस्य (०५३) हुँदै तीनपल्ट (०५८,०६२, ०६७) सम्म सोलुखुम्बु जिल्लापार्टी सभापति भएर कुशल ढंगले कार्य गरिसकेका छन् । १३ औं महाधिवेशनमा वरिष्ठ नेता शेरवहादुर देउवा प्यानलको जनजाति तर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका शेर्पा आफ्नो प्यानलको जित सुनिश्चित भएको दाबी गर्छन् । पार्टीलाई स्पष्ट र सक्षम नेतृत्वदिने उम्मेदवार देउवामात्र भएको उनले बताए । समावेशीका नाममा नेतृत्व ‘होल्ड’ गर्न नहुने उनको घारणा छ । शेर्पासँग न्यूज–नेपालले गरेको कुराकानीः
१३ औं महाधिवेशनमा तपाईको चुनावी एजेण्डा के हो ?
- मैले १३ औं अधिवेशनमा वरिष्ठ नेता शेरवहादुर देउवा प्यानबाट केन्द्रिय सदस्य (समावेशी) मा उम्मेदवारी घोषणा गरिसकेको छु । चुनावमा मेरो व्यक्तिगत ऐजेण्डा भन्दा पनि समग्रपार्टी र प्यानल र कार्यकर्ताको मुद्दालाई स्थापित गर्ने मुख्य सवाल हुन्छ । त्यसलाई पुरा गर्न म प्रतिवद्ध छु । साथीहरु चुनाव जित्नका लागि कटिवद्ध भएर खटिएका छन् । लोकतन्त्रका मुल्यमान्यतालाई स्थापित गर्न लडेको पार्टीको ऐजेण्डा नै लोकतन्त्र हो । अहिले नेपाली कांग्रेस पार्टी मध्यम वर्गीय सहरिया पार्टी बनेको आरोप छ । कार्यकर्ता सबै सहरमा बस्ने गाँउमा चुनाव लड्नमात्र पुग्ने गरेको भन्ने साथीहरुले महसुस गरेका छन् । लामो समय स्थानीय तहमै काम गरेको मेरो अनुभवले पनि त्यही भन्छ । त्यसैले पार्टीलाई सक्रिय र व्यवस्थित एवम् पारदर्शी ढंगले सञ्चालन गर्नु नै अहिलेको मुख्य प्रश्न हो । त्यसकालागि देउवा पक्षीय प्यानल सक्षम र सवल छ । लामो समयसम्म पार्टीका भातृसंगठनको चुनाव नहुनु, विभागहरुमा नियुक्ति नगरिनुले पार्टी मृत्युतुल्य अवस्थामा थियो । त्यो अवस्था अब आउनु हुदैँन् । त्यसैकारण अहिले क्षमता र २१ औं शताब्दी सुहाउँदो नेतृत्व जरुरी छ । कर्मकाण्डी पाराले अबको कांग्रेस चल्दैन् । अबको नेतृत्वले पार्टीको नीतिगत निर्णयलाई चुस्त/दुरुस्त बनाइ यसलाई गाँउ/नगर/जिल्लातहसम्म व्यवस्थापन गर्ने र पार्टीलाई जीवन्त बनाउन सक्नुपर्छ ।
पार्टीमा विभिन्न गुट/उपगुटका कारण नेतृत्वले सक्रिय भूमिका खेल्न नसकेको भनिन्छ, यो अधिवेशनमा पनि त्यो तुस देखिन्छ । अनि कसरी पार्टीको सक्रियता बढछ ?
- मान्छेको समूहमा गुट/उपगुट त हुन्छन नै । त्यसमा पनि यत्रो ठूलो र ऐतिहासिक पार्टीमा गुट छैन भन्ने त होइन् । सवाल के भने गुट निर्माण गरेर एउटा व्यक्तिको परिकर्मा र परिभ्रमण गर्ने भन्ने होइन् । व्यक्तिवादी बन्ने र भक्तिभावमा रनभूल्ल हुने होइन् । पार्टीको नीति/विधि एवम् कार्यक्रमलाई जनता समक्ष लगेर कार्यकर्ताको मन जित्ने हो । अहिले राजनीति गर्ने भनेको फेसन हो र ? यो त जनताको सेवा गर्ने कार्य हो । हाम्रा कतिपय साथीहरु नेतृत्वको चाकडी र विपी कोइरालाको समाजवादको रटानकै भरमा राजनीतिमा सफल भइन्छ भन्नेमा छन् । तर, समय सापेक्षता र कार्यकर्ताको माग/समस्यासँग जुध्नु सक्नुपर्छ । सक्षम एव्म कुसल नेतृत्वले सधैं यसलाई केन्द्रमा राख्नुपर्छ । हाम्रो प्यानको मुख्य आदर्श नै यही हो ।
पार्टीमा संस्थापन ६० र देउवा पक्षीय ४० प्रतिशतको भागवण्डाले त गुट सधैं रहिरहने देखिन्छ नि ?
- अब त्यस्तो हुँदैन् । नेतृत्वले पनि पार्टी फुटको पीडा भोगिसकेको छ । महाधिवेशनका लागि चुनावी प्यानल भएपनि परिणामपछि चुनाव जित्नेले सबैलाई मिलाएर लैजान कुरा सार्वजिक रुपमै नेताहरुले घोषणा गरिसकेका छन् । जुन नेतृत्व आएपनि कांग्रेसकै हो । कार्यकर्तालाई तेरा/मेरो भन्ने पार्नुहुन्न भन्ने हो । पार्टीमा व्यक्तिगत निकटता नहुने भन्ने होइन् । तर, निकटतालाई लविङ बनाएर संगठनलाई समस्यामा पार्नु भएन् । हामी त्यसमा एकदम सचेत छौं । पार्टीलाई सेल्फ करेक्सन गरेर अघि वढनुपर्ने अहिलेको मुख्य आवश्यकता र कार्यकर्ताको माग हो । यस्तो नेतृत्व हाम्रा वरिष्ठ नेता देउवा जीले मात्रै दिन सक्नु हुन्छ भन्ने मेरो बुझाई छ ।
तपाईले जनजातिबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिनुभएको छ,कस्तो छ चुनावी माहौल ?
- परिणाम त निर्वाचन पछाडिमात्र आउँछ । मेरो विचारमा समावेशी सधैका लागि होइन् । एक पल्टका लागि मात्र हुनुपर्छ । यसमा म प्रष्ट छु । मैदानमा गएपछि हार/जित हुन्छ । हार्दैमा नेतृत्व गुम्छ भन्ने होइन् । हार पनि स्वीकार्न सक्नुपर्छ । अहिलेसम्म सबै साथीहरु सकारात्मक छन् । पार्टीमा योगदान र काम गरेको कुरालाई सबैले सम्मान गर्ने विश्वास लिएको छु ।
मुलुककै पुरानो र अहिलेको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले विपीको समाजवाद र उनको मार्ग बिर्सेको भन्ने आरोप लाग्ने गरेको छ ? तपाईलाई कस्तो लाग्छ ?
- हो, पार्टीमा ‘सुकिला–मुकिला’ वढदै गएका छन् । त्यसको अर्थ पुरानै परम्परागत शैली र ढर्रालाई मान्नुपर्छ भन्ने पनि होइन् । १०४ वर्षे जहानियाँ राणाशासनका विरुद्ध लडेको पार्टीका एकथरी नेतागणहरु अहिलेपनि विपीको समाजवादलाई २००७ सालकै परिवेशमा बुझने र बुझाउने गरिरहेका छन । म यसमा विमति राख्छु । विपीले २०२६/०२७ सालमा एउटा किसान परिवारको आधाभूत आवश्यकता एक हल गोरु÷घर खेत घर÷बिजुली बत्ती भन्नुभएको छ । यसको अर्थ अहिलेपनि नेपालीको आधारभूत आवश्यकता यही नै हो भन्ने कदापी होइन् । समय र विश्वपरिवेश फेरिएको छ, आवश्कता परिवर्तन भएका छन् । त्यसैले समय अनुसार समाजलाई नेतृत्व गरिनुपर्छ भन्ने मेरो मान्यता छ । कांग्रेसमा अहिले एकथरी अतिवादले काम गरिरहेको मैले पनि अनुभुत गरेको छु । विपीको तस्वीरलाई ती ‘दारीवाल’ बुढा को हुन भन्ने व्यक्तिसमेत यो महाधिवेशनमा प्रतिनिधि बनेर आएको अवस्था छ । यसले पार्टीलाई कदापी हित गर्दैन् । युवा व्यक्ति पार्टीमा आउनु एकदमै सकारात्क हो । तर उनीहरुलाई प्रशिक्षित र पार्टीका मुल्यमान्यता तथा आदर्शमा हिडाउन पार्टीले रणनीति बनाउनु पर्छ । यो पार्टीको कर्तव्य हुन आउछ । अब पुरानै स्कूल अफ थोटबाट चल्ने होइन् ।
१३ औं महाधिवेशनबाट निर्वाचित नेतृत्वले पार्टीलाई कसरी हाक्ला ?
- यो एमदम महत्वपूर्ण सवाल हो । अहिले विभिन्न प्यानलमा कार्यकर्ता विभाजन भएको अवस्था छ । तल्लो तहबाटै पक्ष/विपक्ष देखिएको अवस्था छ । यसलाई एक ढिक्का बनाउने कार्य त्यतिसजिलो छैन् । हुन त मैले अघि नै भनिसके नेताहरुले सबैलाई अटाउने गरी अघि बढने भनेका छन् । तर,यो भने जति सजिलो र सहज छैन् । सानो चित्त भएकाले कुनैपनि हालतमा पार्टी मिलाए लैजान सक्दैनन् । त्यसैले यसका लागि स्पष्ट भिजन र फराकिलो क्षाति भएका वरिष्ठ नेता देउवाले चुनाव जित्नु अपरिहार्य छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...













