नेप्से परिसूचक लगातार तेस्रो दिन पनि घट्यो
काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ४० अङ्कले घटेर २८ दशमलव ४० अङ्कमा कायम भएको हो । नेप्से परिसूचक आइतबार ३८ दशमलव ३७ र सोमबार तीन दशमलव २१ अङ्कले घटेको थियो ।
विभिन्न कम्पनीका दुई सय ६५ कम्पनीको ४८ लाख ६० हजार सात सय ४१ कित्ता शेयर ७४ हजार दुई सय ५७ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ७३ करोड ७० लाख १४ हजार पाँच सय बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ ।
सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ९६ दशमलव ०१ र निर्जीवन बीमा समूहको उपसूचक एक सय १२ दशमलव २५ अङ्कले घटेको छ । बैंकिङ १३ दशमलव २५, विकास बैंक ६६ दशमलव ६८, वित्त ४८ दशमलव ०१, होटल तथा पर्यटन ८४ दशमलव ३६ र जलविद्युत् समूह ३८ दशमलव ५२ अङ्कले घटेको छ ।
त्यस्तै, लगानी समूह शून्य दशमलव ५१, उत्पादन तथा प्रशोधन ७३ दशमलव ६१, लघुवित्त ६० दशमलव ९८, म्युचुअल फन्ड शून्य दशमलव १०, व्यापार ७७ दशमलव ३५ र अन्य समूह २६ दशमलव ७९ अङ्कले घटेको छ ।
स्वरोजगार लघुवित्त विकास बैंकको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने ग्लोबल आइएमई बैंक डिबेन्चर २०८०/८१ को शेयर मूल्य प्रतिकित्ता नौ प्रतिशतका दरले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आइएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रू १७ करोड ८९ लाख ३२ हजार दुई सय दुई बराबरको दुई लाख ९९ हजार पाँच सय ९७ कित्ता शेयर किनबेच भएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












