महासङ्घका अध्यक्ष ढकाल र चिनियाँ राजदूत छन सोङ्बीच भेटवार्ता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि चिनिया राजदूत छन सोंगबीच मंगलबार औपचारिक भेटवार्ता भएको छ ।
भेटमा नेपालमा चिनिया बैंक आउन सक्ने सम्भावनातर्फ अध्यक्ष ढकालले राजदूत सोंगको ध्यानाकर्षण गराएका छन् ।
लामो समयदेखि वन्द रहेको तातोपानी नाकाको प्रभावकारी संचालनका लागि पनि चीन सरकारले पहल गर्नुपर्नेमा अध्यक्ष ढकालले जोड दिए ।
भेटमा महासंघ अध्यक्ष ढकालले नेपाल चिनिया लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्ने बताए । नेपालको उत्पादनमूलक क्षेत्र, उर्जा, पर्यटन पूर्वाधारलगायत क्षेत्रमा विदेशी लगानीको राम्रो सम्भावना रहेको भन्दै अध्यक्ष ढकालले राजदूत सोंगको ध्यानाकर्षणसमेत गराएका छन् ।
पर्यटन प्रवर्द्धनका लागि चीनका मुख्य सहरबाट नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थलहरुमा सिधा उडान आवश्यक रहेको समेत वताए । साथै अध्यक्ष ढकालले चिनिया पर्यटकहरुको मुख्य गन्तव्य सूचीमा नेपाललाई प्राथमिकतासाथ समावेश गर्न आग्रह गरे ।
महासंघले साना उद्यमशीलता प्रवर्द्धनमा काम गरिरहेको र ती उद्यमीलाई चीनको अवलोकन भ्रमणका लागि राजदूतावासले सहयोग गर्न पनि आग्रह गरे । भेटका क्रममा राजदूत सोंगले नेपालमा लगानी गर्न चिनिया लगानीकर्ता उत्सुक रहेको र नेपालले आवश्यक लगानीको वातावरण बनाउनुपर्ने बताए । उत्पादनमूलक उद्योग, कृषि, उर्जालगायत क्षेत्रमा चिनिया लगानीकर्ता आकर्षित रहेको पनि जानकारी दिए ।
तर, नेपालले विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउनु पर्ने र प्रतिफल सहजै लान सक्ने व्यवस्था गरिनुपर्ने राजदूत सोंगको भनाइ थियो । चीनमा पनि सुरुमा विदेशी लगानीसँग नीति निर्माता सशंकित भए पनि पछि सुधार गर्दै गएको बताए ।
लगानीकर्तालाई नीतिगत स्थायित्व सहज व्यवहार आवश्यक रहने पनि उनले वताए । चीन विदेशी लगानीकै कारण अहिले संसारकै मुख्य उत्पादक वन्न सकेको उदाहरण राजदूत सोंगले प्रस्तुत गरे ।
यसैगरी तातोपानी नाका खोल्ने र नेपालमा चिनिया बैंक आउनेबारेमा छलफल भैरहेको जानकारी पनि राजदूत सोंगले दिए ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












